चाइनिज ताइपेईमाथि नेपालको जित


appharu

२१ जेष्ठ २०७८, शुक्रबार ०६:०६ मा प्रकाशित

बुटवल ।
नेपाली राष्ट्रिय फुटबल टोलीले कतार विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनोट चरणअन्तर्गत नेपालले दोस्रो जित निकालेको छ । बिहीबार राति नेपालले चाइनिज ताइपेईमाथि २-० गोलको जित निकालेको हो ।

कुवेतस्थित जबर अल अहमद अन्तर्राष्ट्रिय रङ्गशालामा नेपालको जितमा अञ्जन विष्ट र नवयुग श्रेष्ठले समान एक–एक गोल गरे ।

खेलको तेस्रो मिनेटमा नेपालले पेनाल्टीको मौका पाएको थियो । सन्तोष तामाङको फ्रिकिकमा ताइपेईका खेलाडी चेङ हाउले पेनाल्टी क्षेत्रभित्र ह्यान्डबल गरेपछि नेपालले पेनाल्टी पाएको थियो । जसमा अञ्जनले सहजै गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाए ।

खेलको ८१औँ मिनेटमा सुमन अर्यालको पासमा नवयुगले गोल गर्दै नेपाललाई २–० गोलको जित दिलाए ।

जितसँगै छनोटको समूह ‘बी’ को चौथो स्थानमा रहेको नेपालले ६ खेलमा ६ अङ्क जोडेको छ । अङ्कविहीन ताईपे तालिकाको पुछारमा छ ।

प्रतिक्रिया दिनुहोस्