युरोकपमा इटलीको विजयी सुरुवात, टर्की पराजित


appharu

२९ जेष्ठ २०७८, शनिबार ०७:१२ मा प्रकाशित

एजेन्सी ।
युरोकप फुटबलको उद्घाटन खेलमा इटलीले टर्कीलाई ३–० गोलले हराएको छ । गएरातिदेखि सुरु भएको प्रतियोगितामा युरोकपकै दाबेदार मानिएको इटलीले टर्कीलाई ३–० गोलले सहजै हराउन सफल भयो ।

टर्कीका मेरिह डेमिरलले आत्मघाती गोल गरेपछि अग्रता बनाएको इटलीका लागि इमोबाइल र लोरेन्जोले एकरएक गोल गरे ।

इटली रहेको समूहमा स्वीट्जरल्याण्ड, वेल्स र टर्की रहेका छन् । प्रतियोगितामा युरोपका २४ देशले प्रतिस्पर्धा गरिरहेका छन् ।

जुलाई १२ गतेसम्म हुने खेल विभिन्न ११ सहरमा सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्