केपी ओली एक नम्बर गफाडी : माधव नेपाल,वृद्ध भत्ताको सुरुवात आफूहरुले गरेको दाबी


appharu

१५ बैशाख २०७९, बिहीबार १४:४३ मा प्रकाशित

पालिकापत्र ।
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओली एक नम्बर गफाडी भएको बताएका छन् ।

बिहीबार राजधानीमा आयोजित पार्टी एकीकरण कार्यक्रममा नेपालले ओलीलाई १ नम्बर गफाडीको संज्ञा दिए । उनले ओली गफ अगाडि आफूहरु काममा अगाडि भएको दावी गरे ।

हामी इमान्दारिता र निष्ठाको राजनीति गर्ने मान्छे, उनी बेमानी र जालझेलको राजनीति गर्ने मान्छे नेपालले भने । वृद्ध भत्ता लगायतका सामाजिक सुरक्षा भत्ताको सुरुवात आफूहरुले गरेको माधव नेपालले दाबी गरेका छन् ।

२०५१ सालमा केपी ओलीले नभई आफूहरुले सामाजिक सुरक्षा भत्ताको सुरुवात गरेको दाबी गरे ।

ओली सरकारमा हुँदा भ्रष्टाचार गर्ने काम मात्र गरेको उनको दाबी छ । ‘केपी ओलीले यति ग्रुपसँग मिलेर भ्रष्टाचारमा मिलेमतो गरेका, ओम्नी प्रकरणमा जनतालाई लुट्ने काम गरेका नेपालले बताए ।

प्रतिक्रिया दिनुहोस्