गोकुल बास्कोटा धोकेबाज भन्दै बनेपाका मेयरले छाडे एमाले


appharu

१७ बैशाख २०७९, शनिबार १९:३४ मा प्रकाशित

पालिकापत्र, काठमाडौं । एमाले नेता एवं पुर्व मन्त्री गोकुल बास्कोटा धोकेबाज भन्दै काभ्रेको बनेपा नगरपालिकाका मेयर लक्ष्मीनरसिंह बादेले एमाले परित्याग गरेका छन्। एमाले केन्द्रीय सदस्य गोकुल बाँस्कोटाको निर्वाचन क्षेत्रसमेत रहेको बनेपाको मेयरमा ०७४ को निर्वाचनमा एमालेबाटै मेयरमा निर्वाचित भएका बादे अहिले पनि मेयरमा उठ्ने आकांक्षा राखेका थिए। तर, पार्टीले अर्कैलाई उम्मेदवार बनाएपछि असन्तुष्ट बादेले शनिबार पत्रकार सम्मेलन गर्दै पार्टी परित्यागको घोषणा गरेका छन्।
बाँस्कोटाले आफूलाई मेयरको टिकट दिलाउने वचन दिएर पनि धोका दिएको उनले बताए।

‘पार्टीभित्र मनलाग्दी र धोका दिने काम भएको उनको गुनासो छ । उनले बाँस्कोटाले आफूलाई मेयरको टिकट दिने वचन पटकपटक दिएर पनि धोका दिएको बताए। बादेले पार्टी छाडेपछि तयहां एमालेललाई अप्ठेरो पर्ने बनेपावासी बताउंछन् ।

प्रतिक्रिया दिनुहोस्