पालुङटार नगरपालिका गोर्खाको मेयरमा जसपाको अग्रता


appharu

३१ बैशाख २०७९, शनिबार ०९:२६ मा प्रकाशित

पालिकापत्र,पालुङटार । गोरखाको पालुङटार नगरपालिकाको मेयरमा जनता समाजवादी पार्टीले अग्रता लिएको छ ।

कुल ७०० मत गणना हुँदा जसपाका मेयरका उम्मेदवार प्रेम गुरुङले २५५ मत पाएका छन् । दोस्रो स्थानमा रहेका कांग्रेस उम्मेदवार दीपकबाबु कँडेलले १९१, नेकपा माओवादी केन्द्रका उम्मेदवार विवश चिन्तनले १६४ मत पाएका छन् । मेयरमा एमालेका उम्मेदवार हरि भट्टले ४४ मत पाएका छन् । पालुङटारमा जसपाले नेकपा एमालेसँग तालमेल गरेको छ ।

उपमेयरमा नेपाली कांग्रेसकी चेतकुमारी श्रेष्ठले १८८ मत पाएकी छन् भने माओवादी केन्द्रकी उपमेयर उम्मेदवार बन्दना पाण्डेले १६९ र एमाले उम्मेदवार पार्वती पाठकले ५२ मत पाएकी छन् ।

प्रतिक्रिया दिनुहोस्