शुद्धोधन गाउंपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले विजयी


appharu

४ जेष्ठ २०७९, बुधबार ०६:३० मा प्रकाशित

पालिकापत्र,शुद्धोधन । रुपन्देहीको शुद्धोधन गाउपालिका अध्यक्षमा नेपाली कांग्रेसका बिष्णु प्रसाद बस्याल निर्वाचित भएका छन् । बस्यालले नेकपा एमालेका उम्मेदवार किशुनचन्द्र चौधरीलाई १७१३ मतको अन्तरले पराजित गरेका हुन् । बस्यालले ७९८३ मत पाएर विजयी हुंदा चौधरीले ६२७० मत पाएका छन् । चौधरी २०७४ को चुनावमा एमालेबाटै गाउंपालिका अध्यक्ष निर्वाचित भएका थिए । गाउंपालिकाको उपाध्यक्षमा भने एमालेकी शान्तादेवी ज्ञवाली निर्वाचित भएकी छन् । ज्ञवालीले ६६८२ मत पाएर निवौचित हुंदा माओवादी केन्द्रकी शारदा भुसालले ३२५५ मत पाएकी छन् । ज्ञवाली २०७४ को चुनावमा एमालेबाटै उपाध्यक्षमा निर्वाचित भएकी थिइन् । पालिकामा कांग्रेस र माओवादी केन्द्रबीच तालमेल भएको थियो । ७ वटा वडा रहेको गाउपालिकाका ५ वटा वडा नेपाली कांग्रेसले तथा जसपा र एमालेले एक–एक वडा जितेका छन् । रुपन्देहीका १६ पालिकामध्ये यसअघि कञ्चन गाउपालिका अध्यक्षमा पनि कांग्रेस विजयी भएको छ ।

प्रतिक्रिया दिनुहोस्