बजेट तथा कार्यक्रम तर्जुमा समितिको गठन र काम


appharu

२८ जेष्ठ २०७९, शनिबार १६:५९ मा प्रकाशित

पालिकापत्र ।
– (क) गाउँपालिकाको उपाध्यक्ष वा नगरपालिकाको उपप्रमुख – संयोजक

– (ख) विषयगत क्षेत्र हेर्ने गाउँ कार्यपालिका तथा नगर कार्यपालिकाका सदस्यहरू – सदस्य

– (ग) प्रमुख प्रशासकीय अधिकृत – सदस्य

– (घ) योजना महाशाखा, विभाग वा शाखा प्रमुख – सदस्य सचिव

बजेट तथा कार्यक्रम तर्जुमा समितिको काम, कर्तव्य र अधिकार

– आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको प्रस्ताव तयार गर्ने,

– स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिले दिएको बजेट सीमाभित्र रही बजेट तथा कार्यक्रमको प्राथमिकीकरण गर्ने,

– बजेट तथा कार्यक्रमको प्रस्तावलाई विषयक्षेत्रगत रूपमा छलफल गर्ने व्यवस्था मिलाई अन्तिम प्रस्ताव तयार गरी कार्यपालिकामा पेस गर्ने,

– योजना तथा कार्यक्रममा दोहोरोपना हुन नदिने व्यवस्था मिलाउने,

– योजना कार्यक्रमबीच आपसी तादात्म्यता तथा परिपूरकता कायम गर्ने,

– बजेट तथा कार्यक्रम तर्जुमासम्बन्धी स्थानीय तहको आवश्यकता बमोजिमका अन्य कार्य गर्ने ।

प्रतिक्रिया दिनुहोस्