बाढीले डाइभर्सन बगाएपछि बुटवल–सुनवल सडक अवरुद्ध


appharu

३ असार २०७९, शुक्रबार ०९:५५ मा प्रकाशित

पालिकापत्र,सुवलल । बाढीले डाइभर्सन बगाएपछि पुर्व पश्चिम राजमार्ग अन्तर्गत बुटवल–सुनवल खण्ड अवरुद्ध भएको छ । सुनवल नगरपािलकामा पर्ने तुरिया खोलाको डाइभर्सन बिहीबार राति परेको भारी वर्षापछि आएको बाढीले पुरै बगाएपछि राति देखि नै सवारी आवागमन रोकिकएको हो । लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार अवरुद्ध सडक सुचारु हुन केही घण्टा लाग्ने छ । गत वर्ष तुरिया खोलाको फलामे पुल भांचिएपछि डाइभर्सन बनाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्