बुटवलमा वाम एकताबारे बहस,एमालेका युवालाई दवाव दिन नेता चौधरीको अपील


appharu

४ असार २०७९, शनिबार १९:०४ मा प्रकाशित

पालिकापत्र,बुुटवल । नेपालमा कम्यूूनिष्ट पार्टीविच फुटको श्रृखला चलिरहेको बेला बुुटवलमा वामपन्थी एकताका बारेमा बहस शुरु भएको छ । वाम युुवा मञ्च बुुटवलले शनिबार नेपाली कम्यूूनिष्ट आन्दोलन एकता र अबको बाटोका बिषयमा छलफल गराउँदै कम्यूूनिष्ट पार्टीहरुमा देखा परेको वैचारिक, राजनैतिक र सैद्धातिक विचलनका बारेमा बहस थालेको हो ।

बहसमा नेपालमा कम्यूूनिष्टहरु विभिन्न कारणले छिन्न भिन्न हुँदा मुलुकको विकास, सामाजिक रुपान्तरण र संविधानमा लेदिएको समाजवाद उन्मूूख समाज निर्माणको संकल्प पूूरा नहुनेतर्फ केन्द्रीत भएको बताएका छन । बहसमा नेकपा एमालेका पोलिटब्यूूरो सदस्य तथा लुम्बिनी प्रदेशका पूूर्वमन्त्री बैजनाथ चौधरीले कम्यूूनिष्ट पार्टीहरुविचको एकताले मात्रै समाजवाद ल्याउन सम्भव हुने बताउँदै सैद्धान्तिक रुपमा वामपन्थी एकताको पक्षमा आफूू रहेको बताए ।

उनले अबको वामपन्थी शक्तिहरुको एकता व्यक्तिको पद र सत्ता स्वार्थलाई हेरेर गर्न नहुने तर्फ संकेत गर्दै ०७४ मा नेकपा एमाले र माओवादी एकता सत्तास्वार्थका लागि गरिएको स्मरण गरे । ‘कार्यकर्तालाई गुुम्राहमा राखेर केपि ओली र प्रचण्डलाई प्रधानमन्त्री बनाउन एकता गरिएको रहेछ, त्यो कुरा प्रधानमन्त्री हुन नपाएपछि थाहा भयो’ नेता चौधरीले भने –‘त्यसैले २/४ जनाकाृ व्यवस्थापनका लागि एकता गर्नुको कुनै औचित्य छैन ।’ उनले आर्थिक सामाजिक रुपान्तरणका लागि कम्यूूनिष्टहरुमा रुपान्तरण आवश्यक रहेको बताउँदै युवाशक्तिले वाम एकता र अबको बाटोका बारेमा चिन्तन छलफल गर्न जरुरी रहेको बताए । उनले काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेद्वार विजयी हुनुले दलहरुको असक्षमता प्रमाणित भएको बताए । उनले कम्यूूनिष्टहरुको एकताका लागि अब एमाले भित्रका युवाहरुलाई बोल्न अपिल समेत गरे ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशका अध्यक्ष एंव लुम्बिनी प्रदेशका पूर्व मन्त्री सुदर्शन बरालले विश्वमै कम्यूूनिष्टहरु बैचारिक राजनैतिक रुपमा रक्षात्मक अवस्थामा रहेको स्मरण गर्दै अब मार्ग दर्शन सहितको एकता आवश्यक रहेको बताए । उनले बैचारिक धरातलमा टेकेर मात्रै कम्यूनिष्टहरुविच एकता गर्नुपर्ने बताउँदै कसैलाई पदमा पुुर्‍याउनका लागि गरिने एकताको औचित्य नभएको बताए । उनले अहिले आफ्नै पार्टीका नेता पनि आफ्नो जस्तो लाग्न छोडेको बताउँदै बौद्धिक वर्ग विचार विहिन, विवेकहिन बन्न थालेको बताए ।

नेताले आफ्नो मनगढन्ते कुरा गर्ने बताउँदै नेपालका बुुद्धिजिविहरुले स्वतन्त्र रुपमा विचार दिन नसकेको मन्त्री बरालको भनाई छ । उनले माक्सबादी विचार र कम्यूूनिष्ट विचारलाई जनतासँग जोडेर अगाडि बढनुुुपर्ने बताए । कुनै व्यक्तिलाई मुख्यमन्त्री वा प्रधानमन्त्री बनाउनका लागि एकता गर्नुुको अर्थ छैन’ बरालले भने –‘दीर्घकालनमा वाम एकताको खाँचो छ, त्यसको लागि निरन्तर बहस जरुरी छ ।’

बहसमा अध्येता तथा विश्लेषक रामचन्द्र श्रेष्ठले नेपालका कम्यूूनिष्ट पार्टीहरुमा नवधनाढयहरुले केन्द्रीय कमिटि हाइज्याक गरेकाले त्यहाँ संगठनका बारेमा विचार बहस हुन छाडेको बताए । उनले कम्यूूनिष्ट पार्टीको महाधिवेशनमा समेत खल्तीबाट प्रतिवेदन निकाल्ने र त्यही पारित गर्नुपर्ने अवस्थाले नेपालका कम्यूूनिष्टहरुमा कम्यूूनिष्टको चरित्र नभएको बताए । ‘आफूूलाई कम्यूूनिष्ट भन्ने पार्टीका नेताहरुले उत्पादनलाई राष्ट्रियकरण गर्ने, नीजी सम्पत्तिको अन्त्य गछौं भन्नै छाडे, यतिसम्म की शब्दसम्म उच्चारण गर्दैनन्’ श्रेष्ठको प्रश्न छ । उनले नेपालका कम्यूूनिष्ट पार्टीहरुको फुट सबै गलत र एकता सबै सहि नभएको बताउँदै अबको एकता कार्यक्रमिक हुनुपर्ने बताए । उनले कम्यूनिष्ट आन्दोलनको रुपान्तरण सहितको एकता जरुरी रहेको बताए । ‘पार्टीभित्र विचारको घर्षण हुनुपर्छ, घन्टौं बहस छलफल हुनुुपर्छ, त्यसैले पार्टीमा रुपान्तरण र क्रान्तिकारी धुुव्रिकरणले मात्रै वाम एकताको सान्दर्भिकता हुुन्छ’ उनले भने ।

कार्यक्रममा पर्यवेक्षका तर्फबाट लेखक ऋषि आजादले वक्ताहरुले वामपन्थी एकता आवश्यक भएको तर, एकता विचार, सिद्धान्त र कार्यक्रमका आधारमा हुनुपर्ने निष्र्कष रहेको बताए । कार्यक्रममा वामपन्थी नेता देवेन्द्र घिमिरेले नेताहरुको स्वार्थी एकता अहिलेको आवश्यकता नभएको बताए । मत विश्लेषण गर्दै होमराज भुसालले स्थानीय तहको निर्वाचनले कम्यूूनिष्ट शक्ति बलियो हुँदा हुँदै पनि विभाजन भएकाले क्षती भोग्नुुपरेको बताए ।

उनले समुुन्नत समाज, सामाजिक न्याय सहितको नेपाल निर्माणका लागि वाम एकता जरुरी रहेको बताए । औपचारीक कार्यक्रम नगरि बहस केन्द्रीत गरि नयाँ मोडेलमा गरिएको कार्यक्रमा प्राध्यापक ऋषिराम भुसाल, लेखक विश्लेषक ऋषि आजाद र विनोद परियार पर्यवेक्षकका रुपमा थिए । कार्यक्रमको सञ्चालन वाम युुवा मञ्च बुुटवलका कृष्ण गाउँलेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्