सात करोडको जग्गा किर्ते गरी ठगी कार्यमा संलग्न पाँच जना पक्राउ


appharu

६ असार २०७९, सोमबार १०:३२ मा प्रकाशित

पालिकापत्र, काठमाडौं । सात करोडको जग्गा किर्ते गरी ठगी कार्यमा संलग्न रहेको अभियोगमा ५ जनालाई असार १ गते प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा दार्चुला मालिकार्जुन गाउँपालिका ७ घर भई काठमाडौं टोखा नगरपालिका ८ बस्ने ५६ वर्षीय महावीर चन्द, सिन्धुपाल्चोक मेलम्ची नगरपालिका ४ भई हाल ललितपुर सुनाकोठी बस्ने ४१ वर्षीय गणेश बहादुर खनाल, सोलुखुम्बु थुलुङ दुधकोशी गाउँपालिका १ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका २ भंगाल बस्ने ४० वर्षीय बाबुराम कार्की, नुवाकोट तारकेश्वर गाउँपालिका १ घर भई काठमाडौं महानगरपालिका १६ बनस्थली बोहराटार बस्ने ४६ वर्षीय प्रेम प्रसाद खनाल र काठमाडौं तारकेश्वर नगरपालिका २ घर भई काठमाडौं महानगरपालिका १६ बनस्थली बस्ने ५८ वर्षीय ममता भन्ने डासी माया श्रेष्ठ रहेका छन् । उनीहरुमध्ये महावीर, प्रेम प्रसाद र डासी मायालाई काठमाडौंको विभिन्न स्थान तथा गणेश बहादुर र बाबुरामलाई चितवन भरतपुरबाट पक्राउ परेका हुन् ।
विगत २४ वर्षदेखि जापानमा बसोबास गर्ने शान्ता देवी लोहनीको कीर्तीपुर नगरपलिका(२ स्थित ३६१।९५ वर्गमिटर क्षेत्रफलको जग्गा शान्ता देवीको किर्ते मृत्यु दर्ता प्रमाणपत्र, नाता प्रमाणितको प्रमाणपत्र, निजको श्रीमान् तारानिधि लोहनीको नामको नक्कली नागरिकताको प्रमाणपत्र लगायतका किर्ते कागजातहरु बनाई भक्तपुर नगरपालिका ११ बस्ने सुनिता कर्माचार्यलाई ३ करोड ७० लाख रुपैयाँ विक्री गरेको भन्ने वास्तविक जग्गा धनी शान्ता देवी लोहनीले केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजमा दरखास्त दिए पश्चात थप अनुसन्धानको क्रममा किर्ते गरी ठगी गरेको खुल्न आएपछि उनीहरूलाई पक्राउ गरेको हो ।
साथै उनीहरुको साथबाट नेपाली नागरिकताको नक्कली प्रमाणपत्र ४ थान, नक्कली तारानिधी लोहनीको नामको जग्गाधनी प्रमाणपूर्जा १ थान लगायतका सामानहरू बरामद गरी प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्