बुटवल उपमहानगरको नीति तथा कार्यक्रम आज आउंदै ,यस्ता थिए चुनावी संकल्प


appharu

८ असार २०७९, बुधबार ०९:५३ मा प्रकाशित

पालिकापत्र,बुटवल । बुटवल उपमहानगरपालिकाको नीति तथा कार्यक्रम आज आउंदै छ । गत बैसाख ३० मा भएको स्थानीय चुनावमा पांच दलीय गठबन्धनको साझा उम्मेदवार बनेर कांग्रेसका खेलराज पाण्डेय मेयरमा निर्वाचित भएका थिए । मेयर सहित १४ वडा जितेको गठबन्धनको बुटवलको कार्यपालिकामा दुई हिताई वहुमत छ । नीति तथा कार्यक्रम कस्तो आउंदैछ भन्ने प्रश्नमा मेयर खेलराज पाण्डेयले केही खुलाउन चाहेनन् । ‘अझै छलफलमै छौं,अब एकैचोटी दिउसो १ बजे नगर सभामा प्रस्तुत भएपछि थाहा पाइहाल्नुहुन्छ’–पाण्डेयले भने ।
यस्ता थिए चुनावी संकल्प
चुनावी संकल्पपत्रमा गठबन्धनले उपमहानगरले हाल लिंदै आएको पांच थरि कर र सिफारिस शुल्क घटाउने देखि सबै नगरवासीको स्वास्थ्य वीमा गर्ने प्रतिवद्धता गरेको थियो । हाल लिइंदै आएको घर बहाल कर, हाटबजार वैठकी कर, ई रिक्सा सवारी कर र सिफारिश शुल्क घटाउने संकल्प गरिएको थियो ।

उपमहानगरपालिका कार्यालय परिसरमा २४ घण्टे स्वास्थ्य सेवा कक्ष सञ्चालन तथा नगरवासीको दुर्घटना बिमाका लागि आर्थिक प्याकेजसहितको विशेष कार्यक्रम ल्याइने उल्लेख थियो । यस्तै जनप्रतिनिधिहरुले निजी तथा दलीय प्रयोजनका लागि सरकारी सवारी साधनको प्रयोग गर्ने परिपार्टी अन्त्य गर्ने, जनप्रतिनिधिहरुको एक महिनाको तलब नगरबासीहरुको स्वास्थ्य बिमा कार्यक्रमका लागि योगदान गर्ने संकल्प गरिएको छ । संकल्पपत्रमा बुटवललाई छिमेकी ५ वटा पालिकासंग जोडेर महानगर बनाउने र भविष्यमा मेगासिटी बनाउन पहल गरिने लगायत उल्लेख छ ।

मेयर्स युथ एड्भाइजरी बोर्ड र प्रबुद्ध व्यक्ति परिषद्’ गठन गरिने
नगर प्रमुखसहित जनप्रतिनिधिलाई युवाहरुबाट राय सुझाव लिन मेयर्स युथ एड्भाइजरी बोर्ड र बुटवल उपमहानगरपालिकासँग सम्बन्धित देश तथा विदेशमा रहेका बुद्धिजिवी तथा उच्च पेशागत क्षेत्रमा क्रियाशील अनुसन्धानविदहरु सम्मिलित ‘बुटवलका लागि प्रबुद्ध व्यक्ति परिषद्’ गठन गरिने संकल्प गरिएको छ । यस्तै नेपाल मेडिकल एशोसिएसन, रिजनल एन्ड अर्बन प्लानर्स सोसाइटी,नेपाल ईन्जिनियर्स एशोसिएसन जस्ता प्राविधिक पेशागत संघसंस्थासंग नियमित अन्तरक्रिया गरी आवश्यक नीति तथा कार्यक्रम निर्माण गरिने संकल्प गरिएको छ ।

फेसलेस, पेपरलेस र क्यू फ्रि
उपमहानगरपालिकाबाट प्रदान गरिने सार्वजनिक सेवाहरुलाई फेसलेस,पेपरलेस र क्यू फ्रि ९लाइन बस्न नपर्ने० बनाइने संकल्पपत्रमा उल्लेख छ । विशिष्ट सार्वजनिक सेवामा द्रुत सेवा फास्ट ट्रयाक प्रणालीे अवलम्बन गर्दै सेवाको होम डेलिभरीको व्यवस्था गर्ने र सार्वजनिक प्रशासनलाई भ्रष्टाचार र अनियमितता मुक्त बनाउन सेवा प्रवाहका आधुनिक र सफल अन्तर्राष्ट्रिय अभ्यासहरुको अध्ययन गरी अवलम्बन गरिने संकल्पपत्रमा उल्लेख छ । सार्वजनिक सेवा प्राप्त गर्न एकद्वार नीति अवलम्बन गरी सिफारिस, राजस्व सेवा, घर–नक्सा इजाजतजस्ता सेवाहरुलाई डिजिटलाइज र झन्झटमुक्त बनाइने संकल्प छ ।

हेल्लो मेयर डेस्क स्थापना
कर्मचारी नियुक्तिलाई राजनीतिक हस्तक्षेप र दलीय प्रभाव–दवावरहित बनाउने,सेवाग्राहीको गुनासो तथा समस्या सुनुवाई गर्न हेल्लो मेयर डेस्क स्थापना गरिने छ । चौमासिक कार्यप्रगती विवरणसहित सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन, आर्किटेक इन्जिनियर, शहरी योजनाविद्लगायत उच्च प्राविधिक जनशक्तिको आवश्यक दरबन्दी सिर्जना गरी भवन तथा पूर्वाधार निर्माणमा विशेषज्ञ परामर्श सेवा उपलब्ध गराउने गरिने संकल्पपत्रमा उल्लेख छ ।

महानगर हुंदै मेगासिटी बनाइने
पांच दलीय गठबन्धनको संकल्पपत्रमा बुटवल उपमहानगरपालिकालाई छिमेकी ५ वटा पालिकाहरु जोडेर महानगर बनाउन प्राथमिकताका साथ पहल गर्ने प्रतिवद्धता जनाइएको छ । संकल्पपत्र अनुसार सैनामैना,तिलोत्तमा,देवदह र सिद्धार्थनगर नगरपालिका तथा शुद्धोधन गाउंपालिकालाई समेटेर महानगर बनाउन प्राथमिकताका साथ पहल गरिने छ । यस्तै नवलपरासीको बर्दघाटदेखि कपिलबस्तुको शिवपुरसम्मका उपयुक्त पालिका र क्षेत्रहरुलाई जोडेर मेगासिटी बनाउन सम्भाव्यता अध्ययन र नगरपालिकाका काम कारवाहीका सूचनालाई सहजरुपमा जनतामाझ लैजानका लागि मिडिया डेस्क स्थापना गर्ने, कर्मचारीहरुलाई कार्यसम्पादनको आधारमा पुरस्कृत गर्ने प्रतिवद्धता गरिएको छ ।

दुईवटा नगर अस्पताल,निःशुल्क एम्बुलेन्स सेवा
पांच दलको संकल्पपत्रमा उपमहानगर क्षेत्रमा दुईवटा नगर अस्पतालको निर्माण, लुम्बिनी प्रादेशिक आयुर्वेद अस्पतालको स्तरोन्नती गर्ने र नगर भित्र निःशुल्क एम्बुलेस सेवा उपलब्ध गराउने उल्लेख छ ।
यस्तै जेष्ठ नागरिक, एकल महिला एवं अपाङ्गता भएका नागरिकहरुका लागि थप आर्थिक सुविधा उपलब्ध गराउने, एक वडा एक जेष्ठ नागरिक मिलन केन्द्र स्थापना, सबै वडाको सन्तुलित विकासका लागि न्यायोचित बजेट विनियोजन गर्ने प्रतिवद्धता छ । यस्तै सहकारीलाई विकास साझेदारका रुपमा सहभागी गराउन नीति तर्जुमा, हरेक वडामा प्रयोगशाला र आकस्मिक सेवासहितको वडा स्वास्थ्य सेवा केन्द्र स्थापना गर्ने गरिने उल्लेख छ । वडा स्वास्थ्य केन्द्रमार्फत् महिलाहरुका लागि निःशुल्क सेनिटरी प्याड,स्वास्थ्य बिमामार्फत् उपचार लिएका सेवाग्राहीलाई निशुल्क औषधी दिने उल्लेख छ ।

आम्दा अस्पताललाई मेडिकल कलेज बनाइने
सिद्धार्थ बाल तथा महिला अस्पताल ९आम्दा०लाई उपमहानगरपालिकाको मातहतमा ल्याई मेडिकल कलेजका रुपमा विकास गर्न आवश्यक पहल गर्ने, मधुमेह, उच्च रक्तचाप, मुटु, मृगौला, दम, टी।बी।, क्यान्सर तथा कलेजो रोगहरुको परीक्षण तथा उपचारका लागि विशेष प्रबन्ध मिलाउने र रगतमा लाग्ने सेवा शुल्क नलिने प्रतिवद्धता छ ।

झुम्सा खोला खानेपानी परियोजना यथाशिघ्र सम्पन्न गर्ने तथा सामुदायिक भवन, पार्क, यात्रु प्रतीक्षालय जस्ता सार्वजनिक स्थानमा स्वच्छ खानेपानी व्यवस्था गर्ने , तिनाउ नदीलाई प्रदूषणमुक्त बनाई नदी क्षेत्रको सौन्दर्यकरण गर्दै अन्तर्राष्ट्रिय पर्यटक समेत आकर्षित गर्ने, सरोकारवाला निकाय र विभागहरुसँगको समन्वयमा राष्ट्रिय गौरवको एकीकृत विकास परियोजना तयार गरी कार्यान्वयन प्रकृया अगाडि बढाइने संकलपपत्रमा उल्लेख छ । ५ आर अवधारणा अन्तर्गत फोहोर व्यवस्थापन गर्दै अन्य पालिकाहरु समेतको समन्वयमा अत्याधुनिक फोहोर प्रशोधन केन्द्र स्थापना गर्ने, फोहोरको प्रकृति अनुसार घरेलु फोहोर संकलन कार्यलाई सहज बनाउन टोल विकास समितिहरुसंगको सहकार्यमा टोलस्तरमा रंगीन डस्टविनहरु राखिने छ । घरेलु फोहोर संकलन वापत लिइदै आएको दस्तुर घटाइने छ ।
बुटवलका प्रमुख बजार एवम् केन्द्रहरुमा स्तरीय, सुविधाजनक र अपांगतामैत्री सार्वजनिक शौचालय निर्माण गरिने छ । शौचालयको सरसफाइ र सञ्चालनका लागि आवश्यक स्रोतको व्यवस्था गर्न कोष खडा गरिने छ ।
वार्षिक तीनसय घर हस्तान्तरण
यस्तै बाढी तथा पहिरोबाट प्रभावित एवम् अल्पसंख्यक, सीमान्तकृत, न्यून आय भएका, पिछडिएका, एकल महिला तथा अपाङ्गता भएका नागरिकलाई लक्षित गरी नगर आवास कार्यक्रममार्फत वार्षिक तीनसय घर निर्माण गरी हस्तान्तरण गर्ने संकल्प पत्रमा छ । भूउपयोग नीतिमार्फत् थोरै क्षेत्रफल भएका जग्गाको उचित व्यवस्थापन गर्ने उल्लेख छ ।
युवा स्वरोजगार केन्द्रको स्थापना गरी ‘एक घर एक उद्यमी’ कार्यक्रम सञ्चालन गर्ने र वैदेशिक रोजगारीबाट फर्किएकाहरुको ज्ञान, सीप र प्राविधिक ज्ञानको उपयोग गर्न विशेष कार्यक्रम ल्याइने उल्लेख छ ।

पुरानो बुटवल सम्पदा क्षेत्र स् पुरानो बुटवल पारी बटौली को ऐतिहासिकतालाई जगेर्ना गर्दै सम्पदा क्षेत्रका रुपमा विकास गर्ने, ऐतिहासिक जीतगढी किल्लाको संरक्षण तथा सम्वद्र्धन र अन्तर्राष्ट्रिय स्तरमा प्रचार गरी पर्यटक आकर्षित गर्ने, आदिमानव रामापिथेकस पार्क, हिलपार्क, मणिमुकुन्द सेन पार्क, पिसपार्क, मिलनपार्कलगायत विभिन्न पार्कहरुको विस्तार तथा स्तरोन्नति गर्ने, सेमलार र मोतीपुर क्षेत्रमा एम्युजमेन्ट पार्क निर्माण गर्ने संकल्पपत्रमा उल्लेख छ
सिद्धार्थ राजमार्गअन्तर्गत चौराहा चिडियाखोला सडकखण्डको धुलो धुँवा नियन्त्रण गर्दै तत्काल कालोपत्रे गर्न पहल गर्ने, तिनाउ–दानव कोरिडोर निर्माण कार्यलाई अघि बढाउन पीडित नागरिकहरुका लागि बुटवल उपमहानगरभित्र जग्गा व्यवस्था गरी संघ र प्रदेश सरकारको सहयोगमा क्षतिपूर्ति सहित पुनस्र्थापना गर्ने संकल्प छ ।
बुटवल–भैरहवा विकास प्राधिकरण स्थापना
बुटवल, सैनामैना, तिलोत्तमा, देवदह, सिद्धार्थनगर, शुद्धोधन, तिनाउलगायत छिमेकी पालिकाहरुको एकीकृत विकासका लागि बुटवल–भैरहवा विकास प्राधिकरण स्थापनाको पहल गर्ने, सार्वजनिक भवन एवम् पूर्वाधारहरु अपाङ्गतामैत्री बनाउने ,सार्वजनिक पार्कहरुलाई पर्खालरहित बनाइने, अव्यवस्थित ट्रान्समिसन लाइन र दूरसञ्चारका तारहरुलाई उचित व्यवस्थापन गर्ने, महत्वपूर्ण शहरी पूर्वाधारहरुको नक्सा डिजाइन एवं योजना अवधारणा खरिद गर्न सहभागितामूलक डिजाइन प्रतिस्पर्धाको नीति अवलम्बन, अन्तर्राष्ट्रिय स्तरको एकीकृत डेटा सेन्टरको स्थापना गर्ने संकल्पपत्रमा छ ।

एक शिक्षक एक ल्याप्टप’ कार्यक्रम सञ्चालन
कक्षा १२ सम्मको शिक्षा निःशुल्क,निजी शैक्षिक प्रतिष्ठानहरुको लगानीको ग्यारेन्टी गर्ने, निजी शिक्षण संस्थामा विपन्न, दलित, एकलमहिला परिवारका जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था,सबै सामुदायिक विद्यालयमा न्यायोचित भौतिक सुविधा र पूर्वाधारको विकास, स्थानीय रोजगार र सिपमूलक व्यावसायिक पठनपाठनको व्यवस्था, बुटवल बहुमुखी क्याम्पसलाई प्रदेशकै उच्चस्तरीय शैक्षिक प्रतिष्ठान,‘एक कक्षाकोठा एक स्मार्ट बोर्ड’ र ‘एक शिक्षक एक ल्याप्टप’ कार्यक्रम सञ्चालन गरिने उल्लेख छ ।
तिनाउ नदीलाई सम्पदा नदीका रुपमा विकास गरी सन्ध्याकालीन आरती र छठ पूजा गर्ने व्यवस्था मिलाउने, नयां उद्यमका लागि इन्नोभेसन सेन्टर स्थापना, सास्कृतिक संग्रहालय स्थापना,सामाजिक, शैक्षिक, स्वास्थ्य, खेलकूद, प्रविधिलगायतका क्षेत्रहरुमा विशिष्ट योगदान पु¥याएका व्यक्तिहरुलाई ‘बुटवल रत्न’का रुपमा सम्मान गर्ने संकल्पपत्रमा छ ।

रात्रिकालीन सार्वजनिक यातायात सेवा
अन्तर्राष्ट्रिय विमानस्थल सेवालाई मध्यनजर गर्दै रात्रिकालीन सार्वजनिक यातायात सेवा सञ्चालन, हाट बजारलाई व्यवसायी र उपभोक्ता मैत्री बनाउने,सहायक सडकहरुमा साना व्यावसायीहरुलाई निश्चित समयमा व्यवसाय सञ्चालन गर्न दिने, आईटी पार्क निर्माण गरी सूचना प्रविधि क्षेत्रमा अन्तर्राष्ट्रिय लगानी आकर्षित गर्ने,स्थानीय तथा राष्ट्रिय उत्पादनलाई प्रोत्साहन गर्न विशिष्टीकृत मेला महोत्सवको आयोजना,बहुतले पार्किङ् भवन निर्माण, ‘एक गृहिणी एक उत्पादन, बुटवलको स्वाभिमान’ कार्यक्रम सञ्चालन,उत्पादित वस्तुलाई आर्थिक अनुदानसहित बजारीकरणको व्यवस्था गर्ने उल्लेख छ ।
पशुपालक कृषकलाई लक्षित गरी पशुबिमा कार्यक्रम र भेटेरिनरी सेवासहित निःशुल्क औषधी उपलब्धता, वडा नंं १४ देखि १९ वडासम्मका मोतिपुर÷सेमलार क्षेत्रलाई कृषि जोनका रुपमा विकास गर्ने र सुविधा सम्पन्न कोल्ड स्टोर स्थापना गर्ने,सहुलियतपूर्ण कृषि कर्जा,प्राङ्गारिक कृषि उत्पादनलाई प्राथमिकता,आधुनिक कृषि थोक बजार स्थापना गर्ने प्रतिवद्धता छ । प्रत्येक वडामा एक बहुउद्देश्यीय कभर्ड हल र सामुदायिक व्यायामशाला निर्माण,परम्परागत खेललाई प्रबद्र्धन गर्न विशेष कार्यक्रम, सामुदायिक विद्यालयमा खेल प्रशिक्षकको व्यवस्था,खेल मैदानहरुलाई वर्गीकरण र स्तरोन्नती,उजिरसिंह रंगशाला यथाशिघ्र निर्माण,एन्फा टेक्निकल सेन्टर परिसरको क्षेत्रलाई अल्पकालीन र दीर्घकालीन कार्ययोजना बनाई स्पोटर््स भिलेजका रुपमा विकास,वडा नं। १६ डहरगाउँस्थित खेल मैदानमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रङ्गशाला निर्माण गर्ने संकल्प छ ।

प्रतिक्रिया दिनुहोस्