बुटवल उपमहानगरको नीति तथा कार्यक्रम : तिनाउ नदीमा स्टिमर र आरती केन्द्र, सेमलार–मोतिपुर ग्रीन सिटी (पूर्णपाठसहित)


appharu

८ असार २०७९, बुधबार १७:२४ मा प्रकाशित

पालिकापत्र,बुटवल । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९÷०८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
बुधबार नगरसभाको एघारौं अधिवेशनमा नगरप्रमुख खेलराज पाण्डेले आर्थिक विकासको गतिलाई निरन्तरता दिदै उपलब्ध श्रोत साधन, क्षमता र अवसरको उच्चतम परिचालन गरी रोजगारीको अवसर सिर्जना गर्ने उदेश्यसहितको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
एक वडा एक पहिचान, नगर अस्पताल निर्माण, स्पोर्टस् जोन निर्माणजस्ता नीति अघि सार्दै सामाजिक, आर्थिक र भौतिक पूर्वाधार विकास मार्फत नगरबासीको जीवनस्तर माथि उकास्न संघ र प्रदेश सरकारसँग समन्वय र सहकार्यलाई जोड दिने भनेको छ ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पाण्डेले बेरोजगारी न्यून गर्ने, स्वरोजगारिता वृद्धि गर्ने, सीप सिकाउने र उद्यम विकास गर्न गृहणी महिलालाई उत्पादनसँग जोड्ने गरी सीप विकास कार्यक्रम सञ्चालन गर्ने, श्रम बैक र श्रम डेक्स सञ्चालन गरी श्रमिकहरुलाई रोजगारी र सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने नीति लिएको बताए ।
‘सहकारीका माध्यमबाट रोजगारीका अवसर सिर्जना गर्दै स्वरोजगारिता अभिवृद्धि गर्ने, सहकारीलाई कृषि तथा पशुपालनका क्षेत्रमा आबद्ध गर्ने र सर्वसाधारणको बचतको ठूलो हिस्साको अपचलन हुनबाट रोक्न नियमन कार्यलाई थप व्यवस्थित गर्दै सहकारीको संस्थागत क्षमता बढाउन जोड दिईनेछ । उत्पादक सहकारीको बजारीकरणमा सहयोग र बहुउद्देश्यीय सहकारीहरुलाई प्रोत्साहन गरिनेछ’–नीति तथा कार्यक्रममा भनिएको छ–‘युवा बेरोजगारी समस्यालाई न्यून गर्न विदेश पलायन हुनबाट रोक्न र स्वदेश मै काम गर्ने वातावरण सिर्जना गर्दै युवा वर्गलाई कृषि, पशुपालन क्षेत्रमा आकर्षित गरिनेछ । सीप दक्षता अभिवृद्धि गर्न उद्यम विकास कार्यक्रमलाई थप प्रभावकारी रुपमा सञ्चालन गरिनेछ ।’
आधारभुत स्वास्थ्य सेवा निःशुल्क बनाउन स्वास्थ्य संस्थाको स्तरोन्नति, सबै वडामा स्वास्थ्य संस्था स्थापना तथा स्वास्थ्य सेवा प्रवाह गर्दै सुविधा सम्पन्न १५ बेडको नगर अस्पताल सञ्चालन गर्न सम्भाव्यता अध्ययन गरी प्रक्रिया अघि बढाउने नगरप्रमुख पाण्डेले बताए ।
आयुवेदिक अस्पताल स्थापना, ज्येष्ठ नागरिकको स्वास्थ्य चेकजाँच, मधुमेह, उच्च रक्तचाप, नियमित सेवनका औषधिहरु वितरण, चौमासिक परामर्शका लागि जनतासँग प्रमुख कार्यक्रम, नवजात शिशु, आमा र बालबालिकाको पोषणलक्षित उपप्रमुख सुरक्षित मातृत्व कार्यक्रम सञ्चालन गर्ने नीति नगरले लिने भएको छ ।
यस्तै, सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दालाई प्रमुख अस्पतालको रुपमा विकास गर्ने, आइसीयुसहितको एम्बुलेन्स सञ्चालन गर्ने, एक स्वास्थ्य केन्द्रलाई १५ बेडको अस्पताल बनाउने र लुम्बिनी प्रादेशिक अस्पतालको पूर्वाधार र गुणस्तर सुधारका लागि प्रदेशसँग सहयोग र समन्वय गर्ने नीति नगरले लिने भएको छ ।
विद्यालयहरुमा विषयगत सिकाई उपलब्धि अभिवृद्धिका लागि विषय विभाग गठन गर्ने, सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा डिप्लोमा तहको प्यारामेडिकलका विषयहरु अध्यापन गराउन प्रक्रिया अघि बढाउने, बुटवल टेक्निकल इन्स्टिच्युटमा स्नातक तहको अध्ययनका लागि पहल गर्ने, अटो भिलेजमा डिप्लोमा तहको अटो इन्जिनियरिङ कलेज सञ्चालनका लागि सहकार्य गर्ने नीति लिने प्रमुख पाण्डेले बताए ।
लुम्बिनी वाणिज्य क्याम्पसलाई मानित विश्वविद्यालयको रुपमा विकास गर्ने, माध्यमिक तहका विद्यालयमा विज्ञान प्रयोगशाला, कम्प्युटर ल्याब स्थापना गर्ने, सामुदायिक विद्यालयहरुको एकीकृत वेभसाइट निर्माण गर्ने, नगरभित्रका सामुदायिक विद्यालयहरुमा निशुल्क सेनेटरी प्याड वितरण गर्ने नीति नगरले अघि सारेको छ ।
नीति तथा कार्यक्रममा नगरभित्रका सामुदायिक विद्यालयलाई हिलो र धुलोमुक्त बनाउन ग्राउण्ड इन्टरलक तथा दुबो लगाएर हरियालीयुक्त बनाइने उल्लेख छ ।
संस्थागत विद्यालयले लिने शुल्कलाई निश्चित मापदण्डका आधारमा निर्धारण गरी न्यायोचित बनाइने, बुटवलको उपयुक्त स्थानमा ई लाइब्रेरी स्थापना गर्ने उल्लेख छ ।
यस्तै, खेलकुदतर्फ नगरले एन्फा टेक्निकल सेन्टरसँगैको क्षेत्रलाई स्पोर्टस् जोनका रुपमा विकास गर्ने, वडा नं १३ जबईमा राष्ट्रिय स्तरको फुटवल रंगशाला र वडा नं १६ डहरगाउँमा राष्ट्रिय क्रिकेट रंगशाला, निर्माण गर्ने नीति अघि सारेको छ ।
एक वडा एक ज्येष्ठ नागरिक चौतारी निर्माण, एक वडा एक पहिचान, एक वन एक पोखरी, एक पार्क, चुरे पहाडको पहिरो नियन्त्रण गर्दै पार्क निर्माण गर्न सहकार्य गर्ने नीति नगरले अघि सारेको छ ।
पार्किङ व्यवस्थापनका लागि स्मार्ट पार्किङ कार्यक्रम अघि सारेको नगरले निजी क्षेत्रसँग सहकार्य गरी सार्वजनिक निजी साझेदारी परियोजना सञ्चालन गर्ने नीति लिने भनेको छ ।
खानेपानी समस्या दीर्घकालीन समाधानका लागि एकीकृत खानेपानी तथा सरसफाई बोर्ड गठन गर्ने, झुम्सा खानेपानी आयोजना सञ्चालनका लागि पहल गर्ने, रात्रीकालीन बजार सञ्चालन गर्नेजस्ता नीति नगरले अघि सारेको छ ।
किसानलाई उत्पादनका आधारमा अनुदान दिने, अत्याधुनिक डाइग्नोष्टिक ल्याब सञ्चालन, नगरभित्र इ लाइब्रेरी स्थापनाको नीति नगरले अघि सारेको छ ।
यस्तै, पत्रकारिता अनुसन्धान केन्द्र तथा सञ्चारग्राम स्थापनाको पहल, मिडिया हाउस सञ्चालनका लागि सहयोग, उपकरण खरिदमा अनुदान, स्वास्थ्य बीमा कार्यक्रम, स्व.सूर्य प्रसाद प्रधानको स्मृतिमा विकास पत्रकारिता पुरस्कार स्थापना, आर्थिक पत्रकारिता पुरस्कार स्थापना गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।
नगरले नदीजन्य पदार्थको अनावश्यक उत्खनन् र दोहन रोकी श्रोत वृद्धि गर्न नगरले आफै उत्खनन् गरेर भण्डारण गर्ने र आवश्यकताअनुसार बिक्री वितरण गर्ने नीति लिने भएको छ ।
यस्तै, बुटवलमा लगानीकर्तालाई आकर्षित गर्न लगानी सम्मेलन गर्ने, पूर्वमेयर र उपबिजेतासँग भेटघाट कार्यक्रम गर्ने, तिलोत्तमा गोल्डकप नियमित गर्ने नीति अघि सारेको छ ।
यस्तैगरी, तिनाउलाई तटबन्ध गरी ड्याम निर्माण गरेर हिउँदमा पानी संकलन गरेर स्टिमर चलाउने, साँझमा आरती गर्ने गरी तिनाउ आरती केन्द्रका रुपमा विकास गर्ने नीति तथा कार्यक्रम उल्लेख छ ।
यस्तै बुटवलको राजमार्ग चौराहादेखि चिडियाखोला र बेलबास–बेथरी सडक यथाशीघ्र निर्माण र मर्मत गर्न पहल गर्ने, बुटवल वडा नंं. १४ देखि १९ (मोतिपुर सेमलार क्षेत्र) सम्मलाई कृषि, पशुपालन, आधुनिक बसोबासको क्षेत्रका रुपमा विकास गर्दै ग्रीनसिटीमा रुपान्तरण गर्ने उल्लेख छ ।
यस्तै पुरानो बुटवललाई पुरातात्विक, ऐतिहासिक तथा पर्यटकीय शहरको क्षेत्रका रुपमा विकास गर्ने, बुटवल मण्डपलाई गिरिजाप्रसाद कोइराला बुटवल मण्डप नामाकरण गरिने र मेयर भौतिक पूर्वाधार एम्बुलेन्स सञ्चालन गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।
बुटवल १५ मा २ अर्ब लागतको अत्याधुनिक थोक कृषि बजार, बुटवल ७ मा प्रादेशिक बसपार्क निर्माण, बुटवल–१६ कर्साघाटमा शवदाह स्थल, बुटवल १ देखि नुवाकोटसम्म पैदलमार्ग निर्माण, नगरमा भएका स्वास्थ्य संस्थाको स्तरोन्नति,सबै वडामा स्वास्थ्य संस्था स्थापना र १५ बेडको सुविधा सम्पन्न नगर अस्पताल सञ्चालन गर्न प्रकृया अघि बढाइने उल्लेख छ ।
नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाई बुटवलको जीवनयापनको महत्वपूर्ण आधारका रुपमा ग्रहण गरी नवीनतम सीप तथा प्रविधिको प्रयोगमार्फत आधुनिकीकरण तथा व्यवासयिकरण गरिने उल्लेख छ । कृषि विकासमा के पाइन्छ होइन, के चाहिन्छ नीति अवलम्बन गरिने उल्लेख छ ।
यस्तै कृषि बाली उत्पादनमा आधारित अनुदान कार्यक्रम सञ्चालन, जग्गा बाँझो राख्न निरुत्साहन, बुटवल १२–१९ मा हरियाली कृषि प्रबद्र्धन कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाउने उल्लेख छ ।

पूर्णपाठ

सभाध्यक्षज्यू तथा नगरसभा सदस्यज्यूहरु
सम्पूर्ण मानवजाति कोभिड–१९ (कोरोना भाइरस) महामारीको प्रकोपमा परि विस्तारै जनजीवन सहज अवस्थामा प्रवेश गर्दै गरेको परिप्रेक्षमा स्थानीय तहको निर्वाचन २०७९ बाट बुटवल उपमहानगरपालिकाको प्रमुख पदमा निर्वाचित भई यस गरिमामय नगरसभामा बुटवल उपमहानगरपालिकाको प्रमुखको हैसियतले आगामी आर्थिक वर्ष ०७९÷०८० को लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्न उपस्थित भएको छु ।
नेपालको स्वाधीनता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, विभिन्न समयमा भएका जनआन्दोलन र लोकतान्त्रिक गणतन्त्र प्राप्ति तथा आर्थिक सामाजिक रुपान्तरणका लागि भएका सबै किसिमका आन्दोलनमा आफ्नो जीवन उत्सर्ग गर्ने महान शहिदहरु प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु ।

विगत २ वर्ष देखि विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस ९ऋयखष्म(ज्ञढ० महामारीका कारण संक्रमित भई दिवंगत हुनु भएका नेपाली नागरिक प्रति हार्दिक श्रद्धा सुमन व्यक्त गर्दछु । शोकसन्तप्त परिवारजन प्रति गहिरो समवेदना प्रकट गर्दै उपचाररत सम्पूर्ण नागरिकहरुको शीघ्र स्वास्थ्य लाभको समेत कामना गर्दछु ।
विश्व अर्थतन्त्रमा देखिएका नकारात्मक सूचकले नेपालजस्तो कमजोर अर्थतन्त्र भएको मुलुक अझ बढी प्रभावित भएको छ । यस्तो जटिल परिस्थितिमा हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचित भई बुटवल उपमहानगरपालिकाको प्रमुखको हैसियतमा आ.व. ०७९÷८० को बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्न पाउँदा अनगिन्ती चुनौतीहरुका वीचमा ति सबै चुनौतीहरुलाई पार गर्ने दृढ इच्छा र गौरवका साथ खुसी व्यक्त गर्न चाहन्छु । निर्वाचनका माध्यमबाट प्राप्त जनमतको कदर गर्दै नगरवासीबाट प्राप्त माया, साथ, सहयोग र अपेक्षा परिपूर्तिमा उपलब्ध साधन, स्रोत र क्षमताको भरपुर उपयोग गरी नगरको सम्वृद्धिमा जुट्ने प्रण गर्दछु ।

उपमहानगरपालिकाको स्थानीय सरकार प्रमुखको रुपमा यस सम्मानित सभा समक्ष आर्थिक बर्ष ०७९÷०८० को नीति सभा समक्ष प्रस्तुत गरिरहदा निर्वाचन अभियानमा संलग्न सबै बुटवलवासी आम मतदाता, सबै राजनीतिक दल लगायत राष्ट्रसेवक, सुरक्षा निकाय सबैमा हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछु । यस अवसरमा स्थापनाकाल देखि निर्वतमान प्रमुख सम्मका सबै जनप्रतिनिधिज्यूहरु प्रति उच्च सम्मान व्यक्त गर्दै अग्रजहरुले देखाएको मार्गलाई अनुसरण गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।
दिगो विकास लक्ष्य, यस अगाडि नै तयार गरेको आवधिक योजना, एकीकृत शहरी विकास गुरुयोजना, प्रदेश योजना र पन्ध्रौं राष्ट्रिय योजनाबाट समेत निर्देशित हुँदै समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा “समृद्ध प्रदेश खुशी जनता” भन्ने प्रदेशको आकांक्षाको एकीकृत विकाससँगै “सवल आर्थिक केन्द्र, समुन्नत बुटवल” मार्फत आधार तयार गरी “समानता, स्वाभिमान र अवसर–बस्नयोग्य बुटवल” को लक्ष्य प्राप्त गर्न सकिन्छ भन्ने दृढ विश्वास लिएको छु । यस अगाडि नै तयार भएका आवधिक र दीर्घकालिन गुरुयोजनाहरुको आवश्यक अध्ययन गरी थप परिमार्जन गरिनेछ ।

स्वास्थ्य, शिक्षा, खानेपानी जस्ता आधारभूत विषयलाई सम्बोधन गर्दै रोजगारीको अवसर सिर्जना गर्नु नै वर्तमानको मुख्य कार्यभार हो । बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷०८० मा उल्लेखित विषयमा नै केन्द्रित रही आफ्नो नीति तथा कार्यक्रम अघि बढाएको छ ।

सभाध्यक्ष एवं नगरसभाका सदस्यज्यूहरु
आर्थिक वर्ष ०७९÷०८० का उद्देश्य र प्राथमिकता देहाय बमोजिम रहेका छन् ।
क. उपलब्ध श्रोत साधन, क्षमता र अवसरको उच्चतम परिचालन गरी रोजगारीको अवसर सृजना गर्दै आर्थिक विकासको गतिलाई निरन्तरता दिने,
ख. दीगो विकास लक्ष्य प्राप्तिका लागि आवश्यक कार्य गर्ने र दिगो विकास लक्ष्यको स्थानीयकरण गरी कार्यान्वयन गर्ने ।
ग. सामाजिक, आर्थिक र भौतिक पूर्वाधार विकास मार्फत नगरवासीहरुको जीवनस्तर माथि उठाउने,
घ. नेपालको संविधान, स्थानीय सरकार संचालन ऐन, २०७४ अन्तर सरकारी वित्त व्यवस्थापन ऐन लगायतका नेपाल कानूनबाट स्थानीय सरकारलाई प्राप्त अधिकारलाई संस्थागत गर्दै संघ र प्रदेश सरकारसँग समन्वय र सहकार्यलाई जोड दिने,
ङ. असल शासन प्रबद्र्धन गरी स्थानीय सेवा प्रवाह जनमैत्री र प्रभावकारी बनाउने ।

सभाध्यक्ष एवं सदस्यज्यूहरु
अब म बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष ०७९÷०८० मा उल्लेखित उद्देश्य र प्राथमिकता कार्यान्वयन गर्न नेपाल सरकार, प्रदेश सरकार, सुदृढ ९ल्ग्च्ए० परियोजना सहितका सबै विकास साझेदारहरु, सहकारी तथा निजी क्षेत्रसँगको समेत सहकार्य र जनसहभागितामा कार्यान्वयन गर्ने गरी देहाय बमोजिमका मूलभूत नीतिहरु प्रस्तुत गर्दछु ।

नगरवासीहरुको आधारभूत स्वास्थ्य सेवाको पहुँचमा वृद्धि गर्दै स्वास्थ्य संस्थाहरुको स्तरोन्नती सुविधा विस्तार र स्वास्थ्य कर्मीहरुको क्षमता र मनोवललाई समेत बृद्धि गर्दै लगिने छ ।
अति जटिल र संवेदनशिल रोगहरु मुटु, मृगौला, क्यान्सर, अटिजम, अल्जाइमर, हेड इन्जुरी, स्पाइनल इन्जुरी र सिकलसेल ऐनिमियाका विरामीहरुलाई औषधि उपचार खर्चमा तोकिए बमोजिम अनुदान दिने नीति लिईनेछ ।

गुणस्तरीय शिक्षामा समतामूलक अवसर सृजना गर्दै विद्यालयको भौतिक पूर्वाधार तथा शैक्षिक गुणस्तर सुधार गर्ने र सिकाई उपलब्धीलाई मापन योग्य बनाउदै लगिने छ । प्राविधिक र व्यवसायिक शिक्षामा जोड दिने नीति अवलम्वन गरिनेछ ।
शिक्षण सेवामा सर्मपित शिक्षकको आत्मसम्मान र गरिमालाई अभिवृद्धि गर्ने नीति लिइने छ । शिक्षण पेशालाई थप मर्यादित बनाइने छ ।
सबै विद्यालयलाई प्रविधि मैत्री बनाउन जोड दिइनेछ ।
। सम्पत्ती माथि महिलाको अधिकारलाई मजबुद बनाउदै लैजान र महिला शशक्तिकरणका लागि सम्पत्ती कर र व्यवसाय करमा विशेष छुट दिने नीति अवलम्बन गरिनेछ । यो विशेष छुट सुविधा अपाङ्गता भएका व्यक्ति र यौनिक अल्पसंख्यकहरुका लागि समेत लागू गरिनेछ ।
जेष्ठ नागरिकहरुको ज्ञानसीप अनुभव, नयाँ पुस्तामा हस्तान्तरण गर्दै र जेष्ठ नागरिकहरुको उत्तरार्धलाई सजिलो बनाउन विगत देखि संचालित कार्यक्रमहरुलाई थप प्रभावकारी बनाइनेछ ।

लैंगिक उत्तरदायी बजेटमा जोड दिदै महिला, बालबालिका, अपाङ्गता भएका, दलित, अल्पसंख्यक, मुस्लिम, जनजाति आदिवासी, जेष्ठ नागरिक र पछि परेका र पछाडि पारिएका वर्ग क्षेत्रलाई मूलप्रवाहमा ल्याउने नीतिलाई अवलम्वन गरिनेछ । वेसाहारा आश्रयहिन अविभावकविहिन सडक आश्रित मानवहरुलाई व्यवस्थापन गर्ने नीतिलाई निरन्तरता दिइने छ ।

फोहरमैला उत्पादनको श्रोत व्यक्ति, घर परिवार, समाज, उद्योग कलकारखाना, स्वास्थ्य संस्था तथा सबै किसिमका संघ संस्था कार्यालय हो भन्ने यथार्थतालाई मनन गरी फोहरको उत्पादन मै कमि ल्याउने र मैले गरेको फोहरको व्यवस्थापन म आफैले गर्नु पर्दछ भन्ने भावनाको विकास नभए सम्म सुन्दर शहरको कल्पना गर्न सकिदैन । त्यसका लागि फोहरको उत्पादन मै कमि ल्याउने र सरसफाई गर्ने कार्यमा आम नगरवासीलाई परिचालन गर्दै अन्तिम व्यवस्थापन क्षेत्रगत रुपमा गर्ने नीति अवलम्बन गरिनेछ । फोहर व्यवस्थापनमा छिमेकी पालिकाहरुसंग सहकार्य गरिनेछ ।

राष्ट्रपति चुरे संरक्षण कार्यक्रम सँग सहकार्य गर्दै चुरे संरक्षण बाढी पहिरो र कटान समस्याको समाधान गर्न पहल गरिनेछ ।
वेरोजगारी न्यून गर्ने, स्वरोजगारिता वृद्धि गर्ने, सीप सिकाउने र उद्यम विकास गर्ने कार्यका लागि विभिन्न संघसंस्था दातृनिकायसंग समन्वय सहकार्य गर्ने नीति अनुरुप गृहणी महिलालाई उत्पादनसँग जोड्ने गरी सीप विकास कार्यक्रम सञ्चालन गरिनेछ ।

श्रम बैक र श्रम डेक्स सञ्चालन गरी श्रमिकहरुलाई रोजगारी र सामाजिक सुरक्षा कोषमा आबद्ध गरिनेछ । रोजगार मेला सञ्चालन गरिनेछ ।
सुदृढ nurp परियोजनाको सहयोगमा तयार भएको समावेशी स्थानीय आर्थिक विकास रणनीति तथा कार्ययोजना लाई समेत आधार बनाई वातावरण संरक्षण, हरित आर्थिक वृद्धि, न्यून कार्वन आर्थिक विकास, जलवायु परिवर्तन प्रभाव न्यूनीकरण तथा अनुकूलन र प्रकृति तथा सम्पदा संरक्षण अदि विषयवस्तुमा केन्द्रित वा लक्ष्यित कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्दै लगिनेछ ।

सहकारीका माध्यमबाट रोजगारीका अवसर सृजना गर्दै स्वरोजगारिता अभिवृद्धि गर्ने, सहकारीलाई कृषि तथा पशुपालनका क्षेत्रमा आवद्ध गर्ने र सर्वसाधारणको बचतको ठूलो हिस्साको अपचलन हुनबाट रोक्न नियमन कार्यलाई थप व्यवस्थित गर्दै सहकारीको संस्थागत क्षमता बढाउन जोड दिईनेछ । उत्पादक सहकारीको बजारीकरणमा सहयोग र बहुउद्देश्यीय सहकारीहरुलाई प्रोत्साहन गरिनेछ ।

युवा बेरोजगारी समस्यालाई न्यून गर्न विदेश पलायन हुनबाट रोक्न र स्वदेश मै काम गर्ने वातावरण सृजना गर्दै युवा वर्गलाई कृषि, पशुपालन क्षेत्रमा आकर्षित गरिनेछ । सीप दक्षता अभिवृद्धि गर्न उद्यम विकास कार्यक्रमलाई थप प्रभावकारी रुपमा संचालन गरिनेछ । यस क्रममा, हरित उद्यमशीलता विकास (जस्तै गैरकाष्ठ वन्य उत्पादन , सम्पदा संरक्षण, प्लाष्टिकजन्य पदार्थको क्रमिक विस्थापन, शहरी हरियाली विकास, सार्वजनिक विद्युतीय परिवहन सेवा विस्तार, हरित औद्योगिक संरचना निर्माण, न्यून–प्रदुषण उद्याम विकास, औद्योगिक क्षेत्रमा न्यून कार्बन उत्सर्जनसम्बन्धी नियमन तथा नियन्त्रण, सडक पेटीमा वृक्षारोपण, दिगो तथा हरित शहरी पूर्वाधार विकास, जलस्रोत सम्पदा संरक्षण, सरसफाई तथा स्वच्छता, वातावरणमैत्री ढंगबाट फोहरमैला तथा ढलको व्यवस्थापन, ूएयििगतभचक एबथू को मान्यतामा आधारित प्रदुषण शुल्क संकलन तथा व्यवस्थापन, कौसीखेती प्रवद्र्धन आदि विषय–क्षेत्रमा आवश्यक नीतिगत, कानूनी तथा नियमनकारी व्यवस्थापनजस्ता कार्यक्रम तथा क्रियाकलापहरुलाई प्रोत्साहन तथा प्रवद्र्धन गरी योजनावद्ध ढंगबाट क्रमशः कार्यान्वयन गर्दै लगिनेछ ।

संक्रामक रोग, आगजनी, बाढी पहिरो, कटान र भूस्खलन जस्ता प्रकोपहरुको न्यूनीकरण रोकथाम, राहत, पुर्नस्थापना जस्ता कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन प्रकोप व्यवस्थापन कोषलाई थप मजवुद बनाइनेछ ।
सूचना र प्रविधिको प्रयोगमा जोड दिदै संचारकर्मी र संचार माध्यमहरुसंग सहकार्य गर्दै सकारात्मक परिवर्तन तथा विकासका लागि स्थानीय सूचना नीति तर्जुमा गर्ने नीति लिइनेछ ।

किसानलाई उत्पादनमा आधारित अनुदान दिने नीति लिइनेछ ।
विकासका पूर्वाधार निर्माण कार्यमा संभावना भएका आयोजनाहरुको निर्माण एवं संचालनमा सार्वजनिक निजी साझेदारीलाई प्रवद्र्धन गरिनेछ ।

कोभिड लगायत विभिन्न कारणबाट नक्सापास प्रक्रियामा नआएका तर अन्य मापदण्ड पुरा भएका संरचनाको नक्सा पास गर्ने र कोभिड लगायत विभिन्न कारणले संरचना निर्माण भैसकेको तर प्रक्रियागत जटिलता भई अभिलेखिकरण गर्न रोकिएका घर नक्साहरुको निश्चित मापदण्ड तोकी नक्सापास÷अभिलेखिकरण गरिनेछ ।

वडा कार्यालय मुख्य सेवा प्रवाहको केन्द्र भएको हुँदा वडा कार्यालयहरुको भवन निर्माण स्तरोन्नती र वडालाई भौतिक रुपले सुविधा सम्पन्न गरी सेवा प्रवाहको गुणस्तर वृद्धि गरिनेछ ।
भ्रष्टाचार विरुद्ध शुन्य सहनशिलताको नीति अवलम्बन गरिनेछ

भूमि आयोगसंगको सहकार्य र समन्वयमा भुमिहिन, दलित, अव्यवस्थित तथा सुकुम्वासीसंग सम्बन्धित समस्या समाधान गर्न आवश्यक पहल गरिनेछ ।
घघ। नगरपालिकाको खर्च व्यवस्थापनलाई योजना र कार्यक्रमहरुको प्राथमिकीकरण र स्रोत सुनिश्चितताका आधारमा व्यवस्थित, अनुमानयोग्य ९एचभमष्अतबदभि० र भरपर्दो बनाउन मध्यमकालीन खर्च संरचना यस सभाबाट पारित गरी कार्यान्वयन गरिनेछ ।

नगरसभा सदस्यज्यूहरु,
उल्लेख भए बमोजिमका उद्देश्य, प्राथमिकता र मुलभुत नीतिहरुका अलावा देहाय बमोजिमका क्षेत्रगत नीतिहरु प्रस्तुत गरेको छु ।

जनस्वास्थ्य तर्फ
“नगरबासीलाई आधारभुत स्वास्थ्य सेवा निस्शुल्क” को अवधारणा लिदै आधारभुत स्वास्थ्य सेवा निःशुल्क पाउने नगरबासीहरुको मौलिकहकलाई सुनिश्चिथत गर्ने साथै नगरमा भएका स्वास्थ्य संस्थाको स्तरोन्नत्ती, गुणस्तरीय, प्रभावकारी रुपले सञ्चालन गर्न थप ब्यवस्थित गरी सम्पूर्ण वडामा स्वास्थ्य संस्था स्थापना तथा स्वास्थ्य सेवा प्रवाह गरिनेछ । साथै एक सुविधा सम्पन्न १५ बेडको नगर अस्पताल सञ्चालन गर्न सम्भाब्यता अध्ययन गरी प्रक्रिया अगाडि बढाईने छ ।

समानता, अवसर र स्वाभिमान स्वस्थ्य बुटवलवासीको पहिचान को नारालाई कार्यान्वयनमा लिइनेछ ।
“स्वस्थ्य शिशु देखि ज्येष्ठ नागरिकसम्म नगरप्रमुख” कार्यक्रमलाई प्रभावकारी कार्यान्वयनको लागि स्वास्थ्यका विशेष कार्यक्रम ल्याइनेछ ।

बुटवल उपमहानगरबाट प्रवाह हुने जनस्वास्थ्य सम्बन्धी सेवालाई प्रभावकारी बनाउन नगरको दीर्घकालिन जनस्वास्थ्य नीति र विशेष कार्य मुलक योजना तयार गरी कार्यान्वयन गरिनेछ ।
छ। स्वास्थ्य सम्बन्धी सन्देश एवंम सूचना प्रवाहलाई “बैज्ञानिक र प्रविधिमैत्री स्वास्थ्य सूचना” बनाई स्वास्थ्य प्रवर्धनका साथै नागरिक स्वास्थ्य सम्बन्धी सूचना पाउने मौलिकहकलाई सुनिश्चित गदै विद्यालय तथा समुदायस्तरमा स्वास्थ्य प्रर्वध्दन, किशोर किशोरी लक्षित प्रजनन स्वास्थ्य तथा विभिन्न स्वास्थ्य शिक्षा मुलक कार्यक्रमलाई बिशेष जोड दिइने छ ।
“जनतासँग प्रमुख कार्यक्रम ”अन्तर्गत नगर प्रमुख जेष्ठ नागरिक घरदैलो कार्यक्रमलाई प्रभावकारी बनाउदै स्वास्थ्य चेक जाँच, मधुमेह, उच्च रक्तचाप तथा नियमित सेवनका ‌औषधिहरु वितरण, परामर्श चौमासिक रुपले गरिनेछ। साथै नगरबासिलाई बिभिन्न आठ प्रकारका जटिलरोगहरु ९मुटुरोग, मृगौलारोग, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड ईन्जुरी र सिकलसेल एनेमिया० को उपचारमा थप आर्थिक राहत होस भनि प्रदान गरिदै आएको जटिल रोगहरुको उपचार ब्यवस्थापनका लागि वार्षिक रुपमा सहयोग उपलब्ध गराइनेछ ।

“उप प्रमुख सुरक्षित मातृत्व कार्यक्रम ”लाई थप प्रभावकारी रुपले सञ्चालन गरी नतिजामुखी बनाउदै नवजात शिशु, आमा र बालबालिकाको पोषण स्थितिलाई विशेष जोड दिइने छ । नगरभित्रकासरकारी कार्यालय परिसरमा सहजताको निमित्त सेवाग्राही आमाहरुलाई स्तनपान कक्ष निमार्णको लागि आवश्यक ब्यवस्था गरिनेछ ।
ड। बुटवल उपमहानगरपालिका भित्रका स्थायी बासिन्दाहरुलाई सेमलार स्वास्थ्य चौकी, आम्दा अस्पताल र प्रादेशिक अस्पतालमा प्रसुति भई २ सन्तान सम्म बच्चा जन्माउने आमाहरुको लागि पोषण खर्च उपलब्ध गराईनेछ ।

सामुदायमा लुकेर रहेका कुपोषित बालबालिकाहरुलाई खोज तलास गरी उपचारको दायरामा ल्याउन आवश्यक कार्यक्रम सञ्चालन गरिने छ । साथै एच।आई।भि। सक्रमित १८ बर्ष मुनिका बालबालिकालाई पोषण स्थिति सुधारका लागि प्रोत्साहन रकम उपलब्ध गराईनेछ ।

विश्वतभरि फैलिएको कोभिड १९ को जोखिम अझै रहेको हुदा नगरबासीको जीवन रक्षाका लागि उपमहानगरपालिकाले हरसम्भव कार्य गर्नेछ । यस क्रममा विगतबाट सञ्चालित आईसोलेसन, पि।सि।आर। परीक्षण, कन्ट्रयाक ट्रेसिङ, एम्बुलेन्स सेवा, आयुर्वेदिक औषधि वितरण लगायतका कार्यकमलाई आवश्यकता अनुसार सञ्चालन गरिने छ । कोभिड(१९ नियन्त्रणमा पहिलो र दोस्रो लहरको सिकाईको आधारमा तेस्रो लहर समेत आउन सक्ने अवस्थाको आकलन गरी पूर्व तयारी गरिनेछ ।
ज्ञज्ञ। बालबालिकाको खोप कार्यक्रमलाई प्रभावकारी रुपले सञ्चालन गरी प्रत्येक बर्ष पूर्णखोप सुनिश्चितता निरन्तरता दिईनेछ । साथै खोप क्लिनिक, कोल्ड चेनसेन्टर थप ब्यवस्थित गदै बढी चाप हुने केन्द्रमा ए।सि। सहितको खोप केन्द्र बनाईने छ । साथै कोभिड १९ को बुष्टर खोप र ५ बर्षमाथिका वालवालिकालाई कोभिड विरुद्धको खोप अभियान संचालन गरिनेछ ।

सेटलाईट क्लिनिक अवधारणालाई अवलम्बन गदै विशेषज्ञ चिकित्सक विभिन्न वडामा भिडियो एक्सरे सहित सेवा प्रदान गरिनेछ । आवश्यकता अनुसार स्वास्थ्य शिविर सञ्चालन गरिनेछ ।

“क्षयरोग मुक्त बुटवल अभियान” सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरी समुदायमा रहेका विरामीहरुको खोजि गरी उपचार गरिनेछ साथै माईक्रोस्कपिक क्याम्प कार्यक्रम सञ्चालन गरिनेछ ।
ज्ञद्ध। बुटवल उपमहानगरपालिकाबाट सञ्चालित स्वास्थ्य संस्थाको सेवाको गुणस्तरमा सुधार ल्याउन भौतिक पुर्वाधार निर्माण, उपकरण खरिद, औषधि एवम औषधिजन्य सामग्री सहज आपुर्ति र उपलब्धता सुनिश्चित,जनशक्ति ब्यवस्थापन, स्वास्थ्य संस्थामा न्यूनतम स्वास्थ्य मापदण्डको कार्यान्वयन लगाएत प्रयोगशाला सेवा थप ब्यवस्थापन तथा आवश्यकता अनुसार प्रयोगशाला सेवालाई विस्तार गरी सेवाप्रवाह गरिनेछ । साथै उत्कृष्ट सेवा सम्पादन गर्ने स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीलाई पुरस्कृत गर्दै लगिने छ ।
“स्वस्थ जीवनशैलिका लागी योग” भन्ने नीति अवलम्बन गरि सन्तुलित आहार, शारीरिक ब्यायाम, स्वस्थकर खानपान, योग,ध्यान र प्रणायम जस्ता कार्यक्रमलाई प्राथमिकतामा राखि कार्यक्रम सञ्चालन गरिने छ । साथै स्तनपायी आमाहरुका लागि दुग्धवर्धक जडिवुटी तथा जेष्ठ नागरिकहरुलाई शक्ति वर्धक आयुर्वेदिक औषधि वितरण गरिनेछ ।

सेमलार स्वास्थ्य चौकीलाई किशोर किशोरीमैत्री स्वास्थ्य संस्थाका रुपमा स्थापना गर्ने तथा सुरक्षित गर्भपतन सेवा विस्तार एवम बर्थिङ सेन्टर र एम्वुलेन्स ब्यवस्थापनको लागि आवश्यक ब्यवस्था तथा कार्यक्रम सञ्चालन गरिने छ ।

बुटवल उपमहानगरपालिका भित्रका स्थायी नगरबासीलाई उपचारार्थ रगतमा लाग्ने रकममा अनुदान दिन आवश्यक ब्यवस्थापन मिलाईने छ ।

बुटवल उपमहानगरपालिकाका लागि क्ष्ऋग् सहितको एम्वुलेन्स उपलब्ध हुन सम्बन्धित निकायहरुमा पहल गरिनेछ ।

गुणस्तरीय स्वास्थ्यसेवा पाउने नागरिकको हकलाई सुनिश्चित गदै यस बुटवल उपमहानगरपालिका भित्र सञ्चालित सरकारी, निजी, सामुदायिक अस्पताल तथा मेडिकलबाट प्रदान गदै आएको स्वास्थ्य सेवालाई गुणस्तर नियमन तथा अनुगमनको सस्थागत ब्यवस्था मिलाईनेछ साथै प्रदान गदै आएको सेवाको अनलाइन इन्ट्री रिपोर्टिङ गर्ने ब्यवस्था गरिनेछ ।

स्वास्थ्य संस्थाजन्य जोखिमयुक्त फोहोर ब्यवस्थापन तथा निर्मलिकरणका लागि नगर भित्र सञ्चालित स्वास्थ्य सस्था, अस्पताल, मेडिकल, ल्यावहरुबाट निस्कने फोहोरको उचित ब्यवस्थापन तथा आवश्यक ब्यवस्था गरिनेछ ।

बुटवलमा रहेका प्राइभेट अस्पताल, क्लिनिक, मेडिकल, प्रयोगशाला र स्वास्थ्य सम्बन्धी सम्पूर्ण व्यवसायिक संस्थाहरुलाई करको दायरमा ल्याई आवश्यक अनुगमन र नियमन गरिनेछ ।

महिला सामुदायिक स्वास्थ्य स्वयंमसेविका कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गरिने छ । साथै मासिक रुपमा सञ्चार, यातायात खर्च तथा उत्कृष्ट सेवा प्रदान गर्ने महिला स्वास्थ्य स्वयंमसेविकालाई पुरस्कृत गरिने छ साथै सेवा अवधि पुरा गरी अवकास हुने राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंमसेविकालाई सम्मानजनक विदाई कार्यक्रमलाई निरन्तरता दिईने छ ।

विभिन्न नसर्ने रोग रोकथाम गर्न समुदायस्तरमा प्रर्वध्दनात्मक तथा स्वास्थ्य शिक्षाका जनचेतनामुलक कार्यक्रम सञ्चालन गरी स्कृनिङ सेवा कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गरिनेछ । साथै आपतकालिन रुपमा आइपर्ने महामारी रोग नियन्त्रणका लागि आवश्यक तयारी गरिनेछ ।

एच।आइ।भि र एड्स, क्षयरोग, कुष्ठरोग सहितका कार्यक्रमहरुलाई थप प्रभावकारी रुपमा सञ्चालन गरिनेछ । साथै औलो, कालाजार, हात्तिपाईले, डेगु, स्क्रब टाइफस लगाएतका रोगहरुको रोकथाम, नियन्त्रण, तथा निवारणका लागि कार्यक्रमहरु सञ्चालन गरिनेछ ।

आयुर्वेदिक, प्राकृतिक चिकित्सा, युनानी तथा होमियोप्याथिक लगायतका वैकल्पिक चिकित्सा सेवाको विकाश तथा विस्तारमा प्रोत्साहन गरी आयुर्वेदिक औषधालय र ब्यायामशाला निमार्ण गरिनेछ । साथै औषाधिको अनुचित प्रयोगलाई निरुत्साहित गर्दै लगिने छ ।

यस उपमहानगरपालिकामा गर्भवति जाँच, प्रसुति जाँचलाई प्रभावकारी रुपले सञ्चालन गरिनेछ। पोषण झोला, आईरन, फोलिक एसिड, क्याल्सियम लगाएत आवश्यक पर्ने औषधि उपलब्ध गराई आवश्यकता अनुसार प्रयोगशाला सेवा निस्शुल्क गरिने छ ।

मनोसामाजिक र मनोविमर्श कार्यक्रम लागु गरिनेछ । साथै समुदाय स्तरमा स्वास्थ्य सेवा प्रदान गर्ने महिला स्वास्थ्य स्वयंमसेविकालाई मनोसामाजिक परामर्श तालिमको आवश्यक ब्यवस्था मिलाईनेछ ।

बुटवल उपमहानगरपालिकाको क्षेत्रमा सर्पको विगविगी रहेकोले समुदायस्तरमा सर्पदंश उपचार रेफेरल मेकानिजम तथा प्राथमिक उपचारको लागि स्वास्थ्यकर्मीहरुलाई आवश्यक क्षमता अभिबृद्धि तालिम ब्यवस्थापन गरिनेछ ।

संघीय सरकारबाट बुटवल उपमहानगरपालिकाको वडा नं ७, ११ र १२ मा निर्माण हुने खुल्ला योग तथा व्यायामशालालाई निर्माण संचालनमा सहयोग र सहकार्य गरिने छ । साथै उक्त स्थानहरुमा स्थानीय तहबाट आयुर्वेद औषाधालय संचालन गरिनेछ ।
नगरक्षेत्रभित्र सार्वजनिक निजी साझेदारी अवधारणामा अत्याधुनिक डाइनोष्टिक ल्याव सञ्चालन गरिनेछ ।

बुटवल भित्रका सम्भाव्य कुनै एक स्वास्थ्य केन्द्रलाई १५ वेडको अस्पतालका रुपमा विकास गरिनेछ ।

शिद्धार्थ वाल तथा महिला अस्पताल (आम्दा) अस्पताललाई यस क्षेत्रकै प्रमुख अस्पतालको रुपमा विकास गरिनेछ ।

प्रदेश सरकारसँगको समन्वयमा लुम्बिनी प्रादेशिक अस्पतालको पूर्वाधार र गुणस्तर सुधारका लागि आवश्यक सहयोग र समन्वय गरिनेछ ।
शिक्षा तर्फ
सबै बालबालिकाहरुलाई गुणस्तरीय शिक्षाको समान अवसर उपलब्ध गराउन “ विषयगत विभाग गठन गरी सबै विद्यालयहरुमा विषगत सिकाई उपलब्धि अभिवृद्धिका लागि सम्बन्धित विषय विभाग मार्फत कार्यक्रम सञ्चालन गरिनेछ ।

बालबिकास केन्द्रलाई बालबिकास सम्बन्धी न्यूनतम मापदण्ड निर्धारण गरी बाल मनोविज्ञान अनुरुप सुरक्षित र सुविधामूलक बनाइनेछ ।
बालबिकास शिक्षक र विद्यालय कर्मचारीहरुका लागि नेपाल सरकारले तोके बमोजिको न्यूनतम तलव सुविधा उपलब्ध गराइने छ ।

सबै आधारभूत तथा माध्यमिक विद्यालयहरुलाई न्यूनतम मापदण्ड अनुरुप भौतिक तथा शैक्षिक पूर्वाधार सम्पन्न बनाइने छ ।
छ। विद्यालय परिसरलाई हिलो र धुलोमुक्त बनाउन ग्राउण्ड इन्टरलग गर्ने तथा दुवो लगाई हरियाली बनाइने छ ।

रङ रोगन गर्न बांकी विद्यालयहरुलाई रङरोगन गरिने छ । बाउण्ड्री गर्न बांकी विद्यालयहरुलाई बाउण्ड्री गरी सुरक्षित बनाउने कार्यक्रमलाई निरन्तरता दिइने छ ।

संचालित कक्षा र विद्यार्थी संख्याका आधारमा शिक्षक दरवन्दी मिलान गरी कक्षा शिक्षक अनुपात र विद्यार्थी शिक्षक अनुपात व्यवस्थित गरिनेछ ।

बुटवल उपमहानगरपालिका क्षेत्रभित्रका वेसहारा एवं अनाथ बालबालिकाहरुको लागि सामुदायिक विद्यालयमा छात्रावासमा बसी अध्ययन गर्ने अवसर उपलब्ध गराउन विद्यालयसँग सहकार्य गरिनेछ ।

निजी शिक्षण संस्थाबाट प्रदान गरिदै आएको छात्रवृत्तिलाई पारदर्शि बनाई नियमन गरिनेछ ।
सबै निजी र सरकारी विद्यालयहरुमा स्थानीय तहको पठन पाठनमा बुटवलको इतिहास र पहिचान नैतिक शिक्षा, योगा र आयुर्वेद जस्ता विषयहरुलाई समावेश गरी पठनपाठन गराइनेछ ।

बुटवल ७ मा रहेको शिद्धार्थ वाल तथा महिला अस्पताल (आम्दा) मा म्ष्उयिmब तहको प्यारा मेडिकल लगायतका विषयहरु अध्यापन गराउनका लागि आवश्यक प्रकिृया अगाडि बढाइनेछ ।

विभिन्न विषयको स्नातक तहको अध्ययन, अध्यापनका लागि आवश्यक पहल कदमी लिईनेछ ।

बुटवल–२ को अटोभिलेजमा डिप्लोमा तहको अटो इन्जिनियरिङ्ग कलेज सञ्चालनका लागि सहकार्य गरिनेछ ।

बुटवलको सेमलारमा रहेको उच्च मा.वि.मा विएस्सी.एजी. तहको अध्ययन अध्यापनको लागि आवश्यक पहल गरिनेछ ।
लुम्बिनी वाणिज्य क्याम्पसलाई मानित विश्वविद्यालयको रुपमा विकास गर्न प्रस्तावित चारपाला सामुदायिक वन क्षेत्रको पूर्वाधार विकासमा सहकार्य गरिनेछ ।

बालबिकास तथा पूर्व प्राथमिक तहका शिक्षकहरुका लागि मन्टेश्वरी विधिमा आधारित तालिम र आधारभूत तथा माध्यमिक तहका शिक्षकका लागि आवश्यकतामा आधारित तालिम दिइनेछ ।

आधारभूत शिक्षालाई विद्यार्थी प्रतिभा पहिचान र माध्यमिक शिक्षालाई विद्यार्थी प्रतिभा विकासको शिक्षाको अवधारणा अनुरुप शिक्षालाई व्यवस्थित गरिने छ ।

सबै माध्यमिक विद्यालयमा विज्ञान प्रयोगशाला, कम्प्यूटर ल्याव र आवश्यक संख्यामा सन्दर्भ सामग्री सहितको पुस्तकालयको व्यवस्था गरिने छ । शिक्षण सिकाईमा सूचना प्रविधिको प्रयोगलाई प्रोत्साहन गरी व्यावसायिक र नैतिक शिक्षालाई महत्व दिइनेछ ।
उच्च माध्यमिक विद्यालयमा प्राविधिक तथा व्यवसायिक शिक्षाको पहुंचमा विस्तार गरी स्वरोजगार सिर्जना गर्न सक्ने जनशक्ति उत्पादनमा जोड दिइनेछ ।
द्दण्। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदबाट सम्बन्धन प्राप्त सरकारी सामुदायिक तथा निजी शिक्षण संस्थाहरुसंग समन्वय गरी आधारभूत तथा माध्यमिक तहको शिक्षा पश्चात औपचारिक शिक्षालाई निरन्तरता दिन नसकेका युवाहरुको लागि उनिहरुको प्रतिभा र रुचीको क्षेत्र पहिचान गरी उपयुक्त हुने छोटो अवधिको सीपमूलक प्राविधिक तथा व्यावसायिक तालिम प्रदान गरी स्वरोजगार जनशक्ति निर्माण गरिने छ ।

आधारभूत तहको स्थानीय पाठ्यक्रममा आधारित हाम्रो बुटवल (कक्षा १– ५) पाठ्यपुस्तकको संशोधित दोस्रो संस्करण प्रकाशन गरिने छ ।

विद्यालयहरुमा बालमैत्री, अपाङ्गमैत्री एवं छात्रामैत्री पूर्वाधार बिकास गरिनेछ ।

आधारभूत तहमा विद्यार्थी प्रतिभा पहिचानका कार्यक्रम सञ्चालन गरिनेछ । विद्यार्थी प्रतिभा विकासका माध्यमिक तहमा ललितकला विषय शिक्षाको व्यवस्थाका लागि प्रक्रिया अगाडि बढाइने छ ।
उच्च सिकाई उपलब्धि हांसिल गराउने विद्यालय तथा शिक्षकहरुलाई पुरस्कार तथा सम्मानबाट प्रोत्साहन गरिनेछ ।

न्यूनतम मापदण्डका आधारमा सामुदायिक तथा संस्थागत विद्यालयहरुको वर्गीकरण गरी सोही मापदण्ड बमोजिम संचालन गर्न व्यवस्था मिलाइनेछ ।

विद्यालय अनुगमन तथा निरीक्षण प्रक्रियालाई व्यवस्थित गरिनेछ । अनुगमन प्रतिवेदनका आधारमा मात्र विद्यालयमा शैक्षिक गुणस्तर सुधारका लागि भौतिक तथा शैक्षिक पूर्वाधार बिकासका कार्यक्रमहरु प्रवाह गरिनेछ ।

सबै विद्यालयमा शिक्षकहरुको आपसि सहकार्य र अनुभव आदान प्रदानको माध्यमबाट समान गुणस्तरको शिक्षाको बिकासका लागि कार्य व्यवस्थापन गरिनेछ ।
संस्थागत विद्यालयहरुले उठाउने शुल्कलाई निश्चित मापदण्डका आधारमा निर्धारण गरी न्यायोचित बनाइनेछ ।
विद्यालयतहको परीक्षाको नतिजा विश्लेषण र सिकाई उपलब्धि परीक्षण गरी बुटवल उपमहानगरपालिकाको शिक्षाको गुणस्तरको स्थिति पहिचान गरिनेछ ।

शिक्षाका राम्रा अभ्यासहरुको अनुसरणका लागि शिक्षकहरुलाई शैक्षिक अवलोकन भ्रमण गराइनेछ
वैकल्पिक, धार्मिक तथा विशेष विद्यालयहरुलाई उपलब्ध गराउदै आएको अनुदानलाई आवश्यकता अनुसार पुनरावलोकन गरी निरन्तरता दिइनेछ ।
शरीरिक तथा मानसिक अशक्त बालबालिकाको सिकाई र पढाईका लागि बुटवल नगरभित्र छुट्टै विद्यालय (सिकाई केन्द्र) स्थापनाका लागि संघीय र प्रदेश सरकार समक्ष पहल गरिनेछ ।
विद्यार्थीसँग मेयर भेटघाट र अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिनेछ ।
नगरस्तरीय सबै जाति, समुदाय लक्षित भाषा र सांस्कृतिक कार्यक्रमलाई बजेट छुट्याइनेछ । तथा प्रतिस्पर्धात्मक मेयर कप सांस्कृतिक कार्यक्रम सञ्चालन गरिनेछ ।
घछ। सामुदायिक विद्यालयको एकीकृत वेभसाइट निर्माण गरी सञ्चालन गरिने छ ।
घट। नगरभिका सामुदायिक विद्यालयहरुमा ीभबमभचकजष्उ क्पष्ििक को विकास गरी नेतृत्व क्षमतामा विकास गरिनेछ ।
घठ। नगरक्षेत्र भित्रका सामुदायिक विद्यालयहरुमा सेनेटरी प्याड निःशुल्क वितरण गरिनेछ ।
घड। बुटवल ीभबचलष्लन ऋभलतभचरद्यीऋ० को स्थापना गरी युवा विकासका लागि आवश्यक तालिमको व्यवस्था मिलाइनेछ ।
घढ। नगरको उपयुक्त स्थानमा सुविधायुक्त भ्(ीष्दचबचथ को व्यवस्था मिलाइनेछ ।
द्धण्। विद्यालयमा अध्ययनरत छात्राहरुलाई आत्मरक्षाका लागि आवश्यक तालिम सञ्चालन गरिनेछ ।
द्धज्ञ। संस्थागत विद्यालयद्धारा प्रदान गरिने छात्रवृत्तिलाई एकद्धार प्रणालीमा पारदर्शी छनौट विधि अवलम्वन गरी गरिव तथा जेहेन्दार विद्यार्थीको पहुँच स्थापित गरिनेछ ।
युवा, खेलकुद तथा अतिरिक्त क्रियाकलाप तर्फ
ज्ञ। खेलकुदका लागि पूर्वाधार विकास गर्नुका साथै खेलाडीहरुलाई उत्साहित र क्रियाशिल बनाउने खालका विभिन्न खेलकुद कार्यक्रम संचालन गरिनेछ ।
द्द। राष्ट्र र समाजका लागि उल्लेखनीय योगदान दिने व्यक्तिको सम्मानमा स्थापना गरिएका विभिन्न खेलकुद कार्यक्रम संञ्चालनमा सहयोग गरिनेछ ।
घ। युवावर्गलाई खेलकुदको माध्यमबाट स्वस्थ जीवनशैली निर्माण, सिर्जनात्मक क्षमताको विकास र समाजको प्रतिष्ठा अभिवृद्धि गर्न प्रेरित गरिनेछ ।
द्ध। संघसस्था क्लवहरुसँगको सहकार्यमा प्रत्येक वडामा बहुउद्देश्यीय कवर्डहल÷खुला सामुदायिक शारीरिक व्यायमशाला निर्माण गरिनेछ ।
छ। बुटवल उपमहानगरपालिकामा परापूर्वदेखि संचालनमा रहेका परम्परागत खेलहरु आर्चरी, डण्डीबियो आदिलाई प्रबद्र्धन गर्न विशेष कार्यक्रम ल्याईनेछ ।
ट। विद्मालय तहमा विभिन्न खेल विधामा खेलाडीहरुको उत्पादन गर्न तथा खेलकुद शिक्षक÷प्रशिक्षकहरुमा क्षमता विकास गर्न प्रशिक्षण कार्यक्रम संचालन गरिनेछ ।
ठ। विभिन्न खेल विधाका खेलकुद तथा सांस्कृतिक विभाग गठन गरी संचालन गरिनेछ ।
ड। बुटवल उपमहानगरमा रहेका विभिन्न खेल मैदानहरुलाई वर्गीकरण गरी स्तरोन्नती गरिनेछ ।
ढ। मेयर कप जिल्ला स्तरीय फुटवल प्रतियोगिता कार्यक्रम संचालन गरिनेछ ।
ज्ञण्। तिलोत्तमा गोल्डकप प्रतियोगिता कार्यक्रमलाई नियमित र भव्य रुपमा संचालन गरिनेछ ।
ज्ञज्ञ। वडा नं.१३ मा अवस्थित जवईमा राष्ट्रिय स्तरको फुटवल रंगशाला निर्माण गरिनेछ ।
ज्ञद्द। वडा नं ११ मा रहेको एन्फा टेक्निकल सेन्टरसंग रहेको खुला क्षेत्रलाई अल्पकालिन र दीर्घकालिन कार्ययोजना बनाई स्पोटर््स जोनको रुपमा विकास गरिनेछ ।
ज्ञघ। वडा नं १६ डहरगांउ स्थित खेलमैदानमा राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माण गरिनेछ ।
ज्ञद्ध। मेयर कप लन टेनिस,व्याडमिन्टन,तेक्वान्दो,क्रिकेट,फुटवल प्रतियोगिताहरुलाई भव्य रुपमा संचालन गरिनेछ ।
ज्ञछ। किशोर अवस्थाका युवा विद्यार्थी वर्गलाई लक्षित गरी लागु पदार्थ दुव्र्यसनी सम्बन्धमा सचेतीकरण कार्यक्रम सञ्चालन गरिनेछ । साथै दुव्र्यसनीको समस्याबाट मुक्त गर्न विभिन्न स्थानहरुमा गोप्य रुपमा खोजी एवंम निगरानी गरी सुधारात्मक कार्यक्रमहरु संचालन गरिनेछ ।
ज्ञट। स्थानीय तहका हरेक विकासका गतिबिधिहरुमा युवाहरुको अर्थपूुर्ण सहभागिताद्धारा क्षमता विकास गर्दै उनीहरुलाई आत्मनिर्भर तर्फ उन्मुख बनाइनेछ ।
ज्ञठ। युवा समितिको सहकार्यमा युवावर्गमा रहेका सिर्जनशिल सीप, क्षमताको पहिचान गर्दै सीप तथा क्षमता विकासको माध्यमबाट युवा उद्यमशिलता विकास तथा प्रोत्साहन कार्यक्रमहरु संचालन गरिनेछ ।
ज्ञड। युवाक्लव गठन, नमुना युवासंसद स्थापना र अभ्यास कार्यक्रमद्धारा युवाहरुको क्षमता विकास गर्दै हरेक वडास्तरको विकासमा भएका प्रयासहरुलाई द्रुत गतिमा अगाडि बढाइनेछ ।
ज्ञढ। राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद ,सबैका लागि खेलकुद कार्यक्रमलाई मूर्तरुप दिन बुटवल नगरवासीहरुका लागि खेलकुद कार्यक्रम संचालन गर्न सवै वडाहरुमा खेलकुद कार्यक्रमको लागि पहल गरिनेछ ।
द्दण्। छिमेकी पालिकाहरुसंगको सहभागितामा विभिन्न अन्तरपालिका स्तरीय खेलकुद तथा अतिरिक्त क्रियाकलाप कार्यक्रमहरु संचालन गरिनेछ ।
द्दज्ञ। जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने विद्यार्थीका लागि ५० प्रतिशत सहुलियतपूर्ण छात्रवृत्तिको व्यवस्था गरिनेछ ।
द्दद्द। बुटवल नगर स्तरीय जि.पी. कोईराला महिला भलिवल प्रतियोगिता स्ांचालन गरिनेछ ।
द्दघ। बुटवलको चिनारी झल्किने नगर गीत र बुटवलको मायाको चिनोलाई स्थापित गरिनेछ ।
द्दद्ध। बुटवलबाट राष्ट्रिय खेलाडी हुने व्यक्तिलाई प्रोत्साहन गरिने नीति लिइनेछ ।
लैंगिक समानता, समावेशिता र सामाजिक परिचालन तर्फ
ज्ञ। मानवीय मूल्य र मान्यतालाई आत्मसाथ गरी मानव सभ्यता र संस्कृतिको प्रवर्धन गर्दै ूमानवताको शहर बुटवल उपमहानगर ९ऋष्तथ धष्तज ज्गmबलष्तथ०ू बनाउने लक्ष्यका साथ संचालन गरिदै आएका अभियानहरुलाई निरन्तरता दिइनेछ।
९क० लैगिंकहिंसामुक्त बुटवल उपमहानगर तथा विभेद मुक्त,लैगिकमैत्री, बालमैत्री, अपांगमैत्री, युवामैत्री, जेष्ठ नागरिकमैत्री शहर बनाउने महत्वपूर्ण अभियानहरु संचालन गरिनेछन् ।
९ख० महिला, आदिवासी, जनजाति, थारु, मुस्लिम, दलित, यौनिक अल्पसंख्यक, अपांगता भएका व्यक्ति अशक्त तथा विपन्न समुदायलाई लक्षित गरी उनीहरुको क्षमता विकास, शसक्तिकरण र उत्थानमा सहयोग पुग्ने कार्यक्रमहरु संचालन गरी मुलप्रवाहमा ल्याइनेछ।
द्द। सबै किसिमका सामाजिक विभेद ९लैगिक, जातिय, क्षेत्रीय, धार्मिक, भाषिक सांस्कृतिक आर्थिक जस्ता०, र शोषणहरुलाई निषेध एवं निरुत्साहित गरिनेछ।
घ। टोल विकास संस्थाहरुलाई उपमहानगरपालिकाको आधारभुत र समुदाय तहको सहयोगी संरचना र वडाको अगंको रूपमा थप स्थापित गर्दै विकास निर्माण, समुदाय परिचालन, सामाजिक परिचालन, सामाजिक अभियान संचालन, बातावरण संरक्षण र राजश्व संकलन समेतमा परिचालन गरी थप सुदृढ बनाउदै लगिनेछ।
द्ध। लैगिंक तथा घरेलु हिंसा, यौनशोषण, दुर्व्यवहार, बालविवाह लगायत जोखिममा परेका बालबालिका, अपागंता भएका व्यक्ति, एकल महिला तथा यौनिक अल्पसंख्यकहरुलाई दृष्टिगत गरी अवसर सहित हित प्रवर्धन सम्बन्धी विशेष कार्यक्रम संचालन गरिनेछ ।
छ। लैंगिक समानता तथा सामाजिक समावेशिकरण न्भ्क्क्ष् बजेट विश्‍लेषण र तर्जुमा प्रणाली क्रमश अवलम्बन गर्दै कार्यान्वयनमा ल्याइनेछ।
ट। गैरसरकारी संस्थाको दर्ता, नवीकरण, विघटन, खारेजी तथा नियमन कार्यलाई व्यवस्थित गरिनेछ । कार्यक्रममा दोहोरोपना नहुने गरी उद्देश्य, गतिविधि र अनुभव समेतलाई दृष्टिगत गरी प्रस्तावको माध्यमबाट सहकार्य गरिनेछ ।
ठ। नगरका ठुला र सार्वजनिक पूर्वाधार विकास आयोजनाहरुलाई क्रमशः वातावरणमैत्री, अपाङ्गमैत्री, बालमैत्री तथा लैगिकमैत्री बनाउनका लागि सुनिश्चित गर्दै लगिनेछ ।
ड। आश्रय आवश्यक पर्ने पीडित महिला तथा बालबालिकाहरु र असहाय अशक्तहरुका लागि सुरक्षित आवास आश्रमको व्यवस्था विभिन्न संघ संस्थासंगको सहकार्यमा मिलाइनेछ। निकृष्ट प्रकारको बालश्रमलाई निषेध गरिएकोछ ।
ढ। विगत देखि संचालनमा आएको महिला शिल्पकलालाई पुर्नसंरचना गरी महिला उद्ममविकासका कार्यक्रमसँग आबद्ध गरिनेछ ।
ज्ञण्। समाजका अग्रज सम्मानित जेष्ठ नागरिकहरुको भुमिका,अनुभब र योगदानलाई उच्च महत्व दिइनेछ । जेष्ठ नागरिकहरुको दिनचर्यालाई सहज र सक्रिय बनाउन “एक वडा, एक जेष्ठ नागरिक चौतारीरकेन्द्रू संचालनका लागि विभिन्न संघसंस्थाहरुसंग सहकार्य गरिनेछ ।
ज्ञज्ञ। सामाजिक सुरक्षा तथा पंजीकरणका कार्यहरुलाई एम। आइ। एस। प्रणालीमा अद्यावधिक गरी प्रभावकारी बनाउन आबश्यक समन्वय गरिनेछ ।
ज्ञद्द। अपांगता परिचयपत्र वितरण अभिलेख कार्यलाई बिद्दुतीय प्रणालीमा तथा अपांगता भएका व्यक्ति र निजका परिवारलाई सीप विकास सम्बन्धी तालिम संचालन गरी आयआर्जनको क्षेत्रमा टेवा पुर्याइनेछ।
ज्ञघ। महिला जनप्रतिनिधिहरु लगायत सबै जनप्रतिनिधिहरु र कर्मचारीहरुको क्रमश क्षमता विकास गर्दै लगिनेछ ।
ज्ञद्ध। स्वास्थ्य ,शिक्षा, योजना पूर्बाधार, विपद, बाताबरण तथा सबै क्षेत्रमा लैङ्गिक तथा सामाजिक समाबेसिकरणको सवाललाई सुनिश्चित गर्दै लगिनेछ ।
ज्ञछ। परम्परागत पेशा, सीप र व्यवसायलाई प्रोत्साहित गरिनेछ । गरिवी न्यूनीकरण एवं समावेशी विकासबाट सामाजिक विभेद कम गर्दै लगिनेछ।
ज्ञट। नगरबाट प्रदान गरिने सेवाहरुमा असहाय, अपागंता भएका व्यक्ति, जेष्ठ नागरिक, गर्भवती सुत्केरी र अशक्तलाई सेवामा अग्राधिकार दिइनेछ ।
ज्ञठ। कोभिड(१९ तथा अन्य महामारीको नकारात्मक प्रभाव न्यूनीकरणका लागि किशोर, किशोरी महिला तथा जेष्ठ नागरिकहरुलाई मनोसामाजिक परामर्श उपलब्ध गराइनेछ ।
ज्ञड। स्थानीय बालमैत्री शासन कार्यक्रमलाई क्रमशः कार्यान्वयनमा ल्याइनेछ ।
ज्ञढ। किशोरी जागरण जीबन उपयोगी सीप सम्बन्धी कार्यक्रमलाई प्रोत्साहन गरिनेछ ।
द्दण्। योग ब्यायाम र साधनाको अभ्यास मार्फत महिला, बालबालिका, बिशेष अवस्थाको वर्ग को अरोग्यता प्रबर्धन गरिनेछ ।
द्दज्ञ। टोलबिकास संस्थाहरुको संस्थागत सुदृढीकरण सहित अधिबेशन, बार्षिक साधारणसभा, अडिट लगायतका बिषयहरु नियमित गर्दै ब्यबस्थित परिचालन गरिनेछ ।
द्दद्द। लैङ्गिक तथा यौनिक अल्पसंख्यकहरुका लागि सम्पर्क सेवा सहित आबश्यक कार्यक्रमको व्यवस्था गरिनेछ।
द्दघ। विभिन्न जातजाति समूह बर्गहरुको परम्परा, संस्कृति पहिचानको संरक्षण र प्रबर्धन गरिदै लगिनेछ।
द्दद्ध। महिला तथा लक्षित समुहहरुलाई क्रमशः नगरपालिकाका संरचनाहरुमा सहभागिता वृद्धि गर्दै लगिनेछ।
द्दछ। बुटवल भरिका सबै गृहणी आमा, दिदी, बहिनीहरुलाई रोजगारसँग जोड्न गृहणी रोजगार कार्यक्रम ल्याइनेछ ।
(क) पहिलो तहमा तालिमको व्यवस्था गरिनेछ ।
(ख) सबै उपयुक्त उत्पादनमा बुटवल उपमहानगरपालिकाको उत्पादन चिन्ह लगाई कोशेली भवन मार्फत विक्री वितरण गरिनेछ ।
द्दट। बुटवलमा रहेका सबै संघसंस्था, क्लवहरुसँग साझेदारी मोडेलमा सहकार्य गरिनेछ ।
द्दठ। बाल क्लवहरुलाई नैतिक शिक्षा, स्वास्थ्य, खेलकुद, सांस्कृतिक कार्यक्रमसँग जोडिनेछ ।
द्दड। टोल विकास समितिको समय २ बर्षमा अधिवेशन हुने गरी कायम गरिनेछ । अडिट रिपोर्ट अनिवार्य गरिनेछ । समयमै अधिवेशन नगर्ने समितिको म्याद स्वतः समाप्त हुनेछ । म्याद समाप्त भएका ठाउँमा ६ महिनाको लागि सामाजिक शाखाबाट तदर्थ समिति गठन गरी अधिवेशन गराउन सकिनेछ ।
द्दढ। बुटवलका सबै जातिका भाषा र संस्कृति जोगाउन मेयर भाषा, संस्कृति कार्यक्रम संचालन गरी सबै भाषाको तालिम र सांस्कृतिक कार्यक्रमको तालिम उहाहरुमार्फत गरिनेछ ।
घण्। बुटवल बहुजाति, बहुभाषी एवं बहुसांस्कृतिक नगर भएकाले यहाँको भाषा, कला र संस्कृतिको संरक्षण, संवद्र्धन गर्नका लागि विशेष कार्यक्रमहरु ल्याइनेछ ।
घज्ञ। विभिन्न जातजातिका भाषा, कला र संस्कृति सम्बन्धी डकुमेन्ट्री निर्माण गरिनेछ ।
घद्द। सांस्कृतिक संग्रहालयका लागि आवश्यक कदम अगाडि बढाइनेछ ।

फोहोरमैला एवं सरसफाई व्यवस्थापन तर्फ
ज्ञ। फोहोरको वर्गीकरण गरी नगर सरसफाई युक्त बनाईनेछ।
द्द। नगरभित्रको फोहोरको ब्यवस्थित तरिकाले संकलन र विसर्जन गरिनेछ ।
घ। मेडिकलजन्य फोहोरको दीगो ब्यवस्थापनको लागि सार्वजनिक निजी साझेदारी नीति अवलम्बन गरिनेछ ।
द्ध। नगरभित्रका सम्पूर्ण बेवारिसे लासहरुको सम्बन्धित निकायसँगको सहकार्यमा ब्यवस्थान गरिनेछ ।
छ। सार्वजनिक विदाका दिनमा समेत नगर सरसफाईमा खटिने सरसफाई तथा फोहर ब्यवस्थापन कर्मचारीहरुलाई प्रोत्साहन गरिनेछ ।
ट। नगर भित्रका मुख्य नाला तथा खोल्सीहरुको सरसफाई गर्ने नीति लिईनेछ ।
ठ। नगर सरसफाईका लागि विभिन्न सार्वजनिक स्थलहरुमा सूचना मूलक सामग्रीहरुको प्रयोगगरी सचेतना जगाईनेछ ।
ड। नगरको सरसफाई ब्यवस्थापनमा सामुदायिक संघसंस्था, स्वयमसेवी अभियन्ताहरु एवं निजी क्षेत्रलाई उत्प्रेरित गर्ने नीति लिईनेछ ।
ढ। सरसफाई क्षेत्रमा काम गर्ने कर्मचारीहरुलाई सुरक्षित रुपमा काम गराउन सुरक्षाका सामाग्रीहरुको ब्यवस्था गरिनेछ ।
ज्ञण्। वडा तहमा वा क्षेत्र तहमा ९वडाहरु मिलि० सामुदायिक कम्पोष्ट प्लान्ट बनाउनेर सञ्चालन गर्ने कार्यलाई प्रोत्साहन गरिनेछ ।
ज्ञज्ञ। नगर क्षेत्र भित्र निजी क्षेत्रसँगको सहकार्यमा सार्वजनिक सौचालयको निर्माण तथा सञ्चालन गर्ने प्रावधान मिलाईनेछ ।

स्थानीय सेवा, जनशक्ति विकास व्यवस्थापन तथा सुशासन प्रबद्र्धन तर्फ
ज्ञ। स्थानीय सरकार संचालन ऐन, २०७४ बमोजिम स्थानीय तहले सम्पादन गर्नुपर्ने कार्यहरु कार्यान्वयनका लागि आवश्यक पर्ने थप ऐन कानूनहरु विभिन्न सरोकारवाला र विज्ञ समेतको राय परामर्शमा तर्जुमा गर्ने र आवश्यकता अनुसार परिमार्जन गरिनेछ ।
द्द। मौजुदा जनशक्ति र संगठन संरचनाको परिमार्जन गरिनेछ । यसका लागि संगठन अध्ययन तथा विकास ९इ७ः० सर्वेक्षण गरिनेछ ।
घ। इ७ः सर्वेक्षणको आधारमा दरवन्दी पुनरावलोकन गरिने र नगरपालिकाको क्षमता विकास योजना ९ऋबउबअष्तथ म्भखभयिऊभलत उबिल० तयार गरी लागू गरिनेछ ।
द्ध। सार्वजनिक सेवाप्रवाहलाई पारदर्शि, जवाफदेही, जनमुखी, गुणस्तरीय र पहुँचयूक्त बनाउनुका साथै संगठनलाई अनुशाशित, मर्यादित तथा जवाफदेही, मितव्ययि, कार्यकुशल र चुस्त दुरुस्त राख्न कार्यसम्पादनमा आधारित मापनयोग्य सूचक वनाउनुका साथै आचारसहिंतालाई कडाइका साथ पालना गर्देै दण्ड र पुरस्कारको व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गरिनेछ ।
छ। जनप्रतिनिधि तथा कर्मचारीहरुका लागि क्षमता विकास सम्बन्धी समयसापेक्ष उपयुक्त कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
ट। कार्यालय एवं अन्र्तगतका वडा कार्यालयहरुवाट प्रदान हुने सार्वजनिक सेवाप्रवाहलाई विद्युतीय प्रणालीमा आधारित डिजिटल प्रविधि अवलम्वन गर्न जनप्रतिनिधि तथा कर्मचारीहरुलाई आवश्यकतानुसार समय सापेक्ष तालिम प्रदान गरिनेछ ।
ठ। सवै वडाहरुमा नेपाल टेलिकमसंगको सहकार्यमा सूचना तथा संचारको पहुँच पुरयाईनेछ ।
ड। राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा विभिन्न नगरसंगको भगिनी सम्वन्ध कायम गर्दै ज्ञान,सीप, पूँजी र प्रविधिलाई सामाजिक, आर्थिक, मानव संशाधन तथा भौतिक विकासमा उपयोग गर्न प्रोत्साहित गर्नेतर्फ जोड दिईनेछ ।
ढ। कार्यालय परिसरको आन्तरिक सुरक्षा व्यवस्थालाई थप कडाईका साथ व्यवस्थित बनाईनेछ ।
ज्ञण्। वडा कार्यालयबाट हुने सेवा प्रवाहलाई अझै व्यवस्थित गर्न स्रोत, साधन र पर्याप्त जनशक्तिको व्यवस्था गरी पारदर्शी एवं सेवाग्राहीमैत्री बनाईनेछ ।
ज्ञज्ञ। उपमहानगरपालिकाबाट प्रदान हुने नक्सा पास सम्बन्धी सेवा तथा अन्य शाखाबाट प्रदान हुने सेवा प्रवाहलाई सरल सहज र गुनासो रहित बनाउन नयाँ कार्ययोजनाका साथ कार्यसम्पादन प्रणाली व्यवस्थित गर्दै निश्चित क्षेत्रफल सम्मको नक्सापास गर्ने अन्तिम विन्दु वडा कार्यालय नै बनाइनेछ ।
ज्ञद्द। वडा कार्यालयहरुबाट प्रवाह हुने सेवालाई व्यवस्थित बनाउनका लागि समसामयिक विषयमा छलफल गर्ने गरी प्रत्येक महिना १÷१ वडा कार्यालयहरुको अनुगमनको व्यवस्थापन मिलाईनेछ ।
ज्ञघ। सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोगलाई अभिवृद्धि गरी ई–गभर्नेन्सलाई क्रमश सेवाप्रवाहमा जोदिडै लगिनेछ ।
ज्ञद्ध। उपमहानगरपालिकामा संचालनमा आएको हेल्पडेस्क ९ज्भउि मभकप० लाई थप प्रभावकारी एवं सुविधा सम्पन्न बनाई सेवा लिन आउने नगरवासीसँग शिष्ट, नम्र, हार्दिकता प्रदान गर्न सक्ने जनशक्ति व्यवस्थापन गरिनेछ ।
ज्ञछ। बुटवल उपमहानगर क्षेत्रभित्र शान्ति सुरक्षा र सुव्यवस्थाका साथै आवागमनमा सहज हुने गरी नगरप्रहरीलाई चुस्त दुरुस्त र प्रविधियुक्त वनाउदै सुरक्षा निकायसंग सहकार्य र समन्वयमा जोड दिईनेछ ।
ज्ञट। नगरप्रहरी तथा वारुणयन्त्र तर्फका कर्मचारीहरुको क्षमता अभिबृद्धिका लागि सुरक्षा निकायसंगको सहकार्यमा प्रशिक्षण गराईनेछ ।
ज्ञठ। नगरपालिकाबाट संचालन गरिने सभा, समारोह, बैठक आदि तोकिएको समयमा शुरु गर्ने संस्कृतिको विकास गरिनेछ ।
ज्ञड। कार्यरत कर्मचारीहरुलाई थप जिम्मेवार र जवाफदेही बनाईनेछ । आफुले सम्पादन गरेको काम कारवाहीहरुको स्वमूल्यांकन समेत हुनेगरी सम्बन्धित कर्मचारीबाट मासिक कार्य प्रगति रिपोर्ट कार्यालय प्रमुख समक्ष पेश गर्ने व्यवस्था मिलाईनेछ ।
ज्ञढ। वडा कार्यालयहरुबाट प्रवाह हुने सेवालाई थप जिम्मेवार र जवाफदेही बनाउन एवं कमिकमजोरीमा सुधार ल्याउन सबै वडा कार्यालयहरुले प्रत्येक ४ महिनामा १ पटक वडावासीसँग अन्तरकृया गर्नुपर्ने प्रक्रियाको शुरुवात गरिनेछ ।
द्दण्। नागरिक वडापत्र तयार गरी लागु गरिनेछ । नागरिक वडापत्र राष्ट्रभाषाका अतिरिक्त जनसांख्यिक रुपमा प्रमुख थप दुई भाषामा राखिनेछ ।
द्दज्ञ। निश्चित वर्ग फुटसम्मको घरनक्साको डिजाइन पालिकाले न्यूनतम शुल्कमा गर्ने व्यवस्थालाई थप प्रभावकारी बनाइनेछ ।
द्दद्द। आफ्नोे पालिका÷वडा सिमानाभित्र जुनसुकै सरकार, निकाय वा संघसंस्थाले गर्ने योजना तथा कार्यक्रमको अनुगमन, नियमन र समन्वय गर्ने कार्यलाई प्रभावकारी बनाइनेछ ।
द्दघ। भ्रष्टाचार शुन्य सहनशिलताको नीति अवलम्बन गरी सुशासन प्रवद्र्धन गरिनेछ ।
द्दद्ध। वडा नं.१७ लगायतका साविक मोतीपुर क्षेत्रमा सुरक्षा व्यवस्था कायम गर्न प्रहरी चौकी स्थापनाका लागि पहल गरिनेछ ।
द्दछ। बुटवलका सबै राजनैतिक दल, पूर्व प्रमुख तथा प्रमुखका उपविजेताहरुसँग नियमित भेट तथा अनुभव आदानप्रदान गर्न र विकासका साझा सवालमा सहकार्य गर्न अनुकुल वातावरण निर्माण गरिनेछ ।
द्दट। बुटवल उपमहानगरपालिका कम्पाउण्डभित्र रहेका भवनमा १ गेष्ट हाउस, १ अत्याधुनिक क्यान्टिन निर्माण गरी कार्यक्रम हुँदा कार्यालयकै हल प्रयोगमा ल्याई कार्यालयकै क्यान्टिनमा खाना नास्ताको व्यवस्था गरी वाहिर हुने अनावश्यक खर्च घटाइनेछ ।
द्दठ। हाल कायम वडास्तरबाट संचालन हुने योजना कार्यक्रमको ल.ई.तयार गर्ने, स्वीकृत तथा मूल्यांकन गर्ने गरी प्रदान गरिदै आएको बजेट सीमालाई वृद्धि गरी अधिकांश योजना कार्यक्रम वडा तहबाटै सम्पादन हुने व्यवस्था मिलाउनका साथै पालिकाबाट संचालन हुने भनी निर्धारण गरिएका योजना कार्यक्रमको सम्बन्धित वडातहले स्वामित्व ग्रहण गर्ने वातावरणका लागि अनुगमन गर्ने, मूल्यांकन गर्ने जस्ता कार्य वडाबाटै गर्ने व्यवस्था मिलाइनेछ । यो नीति कार्यान्वयनमा लैजादा वडा स्तरमा प्राविधिक जनशक्तिको आकर्षण बढ्ने विश्वास लिइएको छ ।
द्दड। बुटवल उपमहानगरपालिका र अन्तर्गतका वडा कार्यालयहरुबाट प्रवाह भएका सेवाहरुको अवस्था र स्तरको एकिन गरी आगामी दिनमा थप सुझाव सहित व्यवस्थित गरी सेवालाई प्रभावकारी बनाउने प्रयोजनका लागि नागरिक मत सर्वेक्षण कार्यक्रम लागु गर्ने नीति लिइनेछ ।
द्दढ। उपमहानगरपालिका प्रवाह भएका गतिविधिका वारेमा नगरवासी र प्रमुखवीच मोवाइल एप्सका माध्यमबाट सूचना आदान प्रदान गर्ने निती लिइनेछ ।

कानून, न्याय तथा मानव अधिकार प्रवद्र्धन तर्फ
ज्ञ। बुटवल उपमहानगरपालिकामा रहेको न्यायिक समितिको प्रयास र आपसी समझदारीमा मेलमिलापको माध्यमबाट विवाद निरुपण गराई विवादित पक्षहरु अदालत धाउने क्रममा हुने आर्थिक व्ययभार, अनुत्पादक खर्च, दुःख हैरानीलाई कम गर्दै सामाजिक सद्भाव र सहिष्णुता कायम राखिनेछ ।
द्द। न्यायमा सर्वसाधारणको पहँुच स्थापना गराउन र विवादरहित, हिसांरहित न्यायोचित समाज निर्माण गर्न सवै वडामा मेलमिलाप केन्द्र स्थापना गरी वडा तहबाटै विवाद समाधान गर्न आवश्यक पहल गरिनेछ ।
घ। न्यायिक प्रक्रियालाई छिटो, छरितो, पारदर्शी र सरल बनाउदै कानूनको शासन तथा न्याय प्रतिको जनविश्वास कायम राख्न न्यायिक समिति र मेलमिलाप केन्द्रहरुको कामकारवाहीहरुलाई थप प्रभावकारी बनाउदै लगिनेछ ।
द्ध। सामाजिक, आर्थिक रुपले बञ्चितिकरणमा परेका समुदायलाई कानूनी साक्षरताको अभियान सञ्चालन गरी उक्त समुदायको सशक्तिकरण गरिनेछ ।
छ। सामुदायिक मेलमिलापकर्ताहरुलाई कानूनी साक्षरता अभिवृद्घिका लागि सामाजिक अभियान्ताको रुपमा विकास गरिनेछ ।
ट। सञ्चार माध्यमबाट कानूनी सचेतना सम्बन्धी नियमित कार्यक्रम सञ्चालन गरी नगरवासीहरुलाई आफ्ना हक अधिकार प्रति जागरुक गराईनेछ ।
ठ। न्यायिक समितिका पदाधिकारी, मेलमिलाप केन्द्र तथा संलग्न कर्मचारीहरुको क्षमता अभिवृद्धि गराउदैै लगिनेछ ।
शहरी पूर्वाधार विकास तर्फ ः–
ज्ञ। बहुवर्षिय योजनाहरु आवश्यकताका आधारमा मात्र कार्यान्वयन गरिनेछ ।
द्द। जनताको प्रत्यक्ष सरोकार र सम्बोधन हुने, स्थानीय श्रम, सीप र स्रोतको प्रयोग हुने आयोजनालाई प्राथमिकतामा राखिनेछ ।
घ। एक वडा एक पहिचान कार्यक्रमलाई प्राथमिकतामा राखि कार्यान्वयन गरिने छ ।
द्ध। सामुदायिक बन समुहको सहकार्यमा एक वन एक पोखरी एक पार्क निर्माण कार्यलाई प्राथमिकता दिइनेछ ।
छ। ज्योतिनगर, लक्ष्मीनगर चुरे पहाडको भू–क्षय भएको क्षेत्रबाट माटो कटान गरी पार्क र खेलकुद क्षेत्र बनाउन प्राथमिकताका साथ संघीय तथा प्रदेश सरकारसंग सहकार्य गरिनेछ ।
ट। संघ तथा प्रदेश सरकारबाट नगर क्षेत्रभित्र सञ्चालित विकास आयोजनाहरुको कार्यान्वयनमा सहजीकरण गरिनेछ ।
ठ। नगरको पहिचानसँग सम्बन्धित एवं बजार व्यवस्थापन, ट्राफिक व्यवस्थापन, पर्यटकीय पूर्वाधार र स्रोत परिचालनसँग सम्बन्धित पूर्वाधार विकासका आयोजनाहरुलाई विशेष प्राथमिकतामा राखि कार्यान्वयन गरिनेछ ।
ड। पूर्वाधार विकाससँग सम्बन्धित सडक यातायात, कृषि, सिंचाई, खेल पूर्वाधार, खानेपानी, ढल निकास, पर्यटन पूर्वाधार, सरकारी विद्यालय, क्याम्पस शैक्षिक पूर्वाधार, स्वास्थ्य पूर्वाधार, फोहोर व्यवस्थापन पूर्वाधार कार्यक्रमलाई प्राथमिकताका साथ कार्यान्वयन गर्ने नीति लिईनेछ ।
ढ। बसपार्क, सार्वजनिक शौचालयहरु, व्यवसायिक भवनहरु, विभिन्न हाटबजारहरुको स्तरउन्नति गरी सुविधा सम्पन्न बनाइनेछ ।
ज्ञण्। पार्किङ्ग स्थल÷पार्किङ्ग बिल्डिङ्ग, सपिङ्ग कम्प्लेक्स, जस्ता सम्भावित क्षेत्रहरुमा निजी क्षेत्रसँग सहकार्य गरी सार्वजनिक निजी साझेदारी परियोजनाहरु सञ्चालन गर्ने नीति लिइनेछ । स्मार्ट पार्किङ्ग कार्यक्रम सञ्चालनमा ल्याइनेछ ।
ज्ञज्ञ। पूर्वाधार विकासमा निजी तथा वैदेशिक लगानी भित्र्याउनका लागि आवश्यक सम्पर्क र समन्वय तथा सहजीकरण गरिनेछ ।
ज्ञद्द। मुख्य बजार क्षेत्रमा फुटपाथ निर्माणलाई प्राथमकितामा राखिनेछ र अब निर्माण गरिने ३० फिट फराकिला सडकहरुमा नाली सहितको फुटपाथ निर्माण गर्ने नीति लिइनेछ ।
ज्ञघ। वडा नं.१४–१९ मा कृषि, पशुपालन तथा हरियाली प्रवद्र्धनसँग सम्बन्धित पूर्वाधार विकासका कार्यक्रम संचालन गरी ग्रीनसिटी अवधारणामा जोड दिइनेछ ।
ज्ञद्ध। नगर क्षेत्रभित्रका सार्वजनिक सडकहरुको नियमित एवं शीघ्र मर्मत सम्भार गर्नका लागि उपयुक्त कदम चालिनेछ । नगर प्रमुख पूर्वाधार विकास कार्यक्रम अन्तर्गत पूर्वाधार विकास एम्वुलेन्स सञ्चालनमा ल्याइनेछ ।
ज्ञछ। जग्गा व्यवस्था भएका वडाहरुमा वडा कार्यालय र स्वास्थ्य केन्द्रको भवन व्रmमशः प्राथमिकतामा राखी निर्माण गरिनेछ ।
ज्ञट। नगरमा ठुला पूर्वाधार विकास दीगो, वातावरणमैत्री, अपाङ्गमैत्री, बालमैत्री, लैगिंक मैत्री बनाइनेछ ।
ज्ञठ। खेलकुद विकासका लागि वडा नं. ७ को सिद्धेश्वर खेल मैदान,वडा नं. ११ को फिफा टेक्निकल स्टेडियम, वडा नं. १२ मा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला र वडा नं १३ को उजिरसिंह जवई रंगशालाको स्तरोन्नतिको लागि संघीय तथा प्रदेश सरकारसंगको सहयोग र समन्वयमा निर्माण गर्न पहल गरिनेछ ।
ज्ञड। चुरे पहाडबाट बग्ने खहरे खोला, खोल्सीबाट हुने भू–क्षय र बाढी नियन्त्रणको लागि आवश्यक व्यवस्था मिलाईनेछ ।
ज्ञढ। छाडा चौपायाहरुको व्यवस्थापनको लागि छिमेकी पालिकाहरुसँगको सहकार्य र समन्वयमा एकीकृत गौशाला निर्माण गर्न आवश्यक जग्गा प्रािप्तको लागि संघीय सरकारसँग पहल गरिनेछ ।
द्दण्। सहर उन्मुख वडाहरुमा विद्युतीकरण, सडक स्तरउन्नति कार्यलाई प्राथमिकता दिइनेछ ।
द्दज्ञ। वडा नंं ११ स्थित देवीनगरमा स्व.वि.पि. कोई्राला,स्व.पुष्पलाल श्रेष्ठ र स्व.सूर्य प्रसाद प्रधानको स्मृतिमा शालिक सहित पार्क निर्माण गरिनेछ ।
द्दद्द। वडा न.. ११ प्रगतिनगरमा आयुर्वेदिक अस्पताल निर्माणका लागि आवश्यक पहल गरिने छ ।
द्दघ। विभिन्न जातजाति, धर्म संस्कृतिको जगेर्नाका लागि धार्मिक आस्थाका धरोहरहरु मठ, मन्दिर, गुम्बा, मस्जिद, चर्चको निर्माण, संंरक्षण तथा सम्वद्र्धन गरिनेछ ।
द्दद्ध। वडा नं.३,४,६,७ र ८ हुँदै बग्ने सुखौरा खोला व्यवस्थित गीि हरियाली सहित पैदल मार्ग निर्माणका लागि सम्बन्धित क्षेत्रका बासिन्दाहरुको समन्वय र संघीय तथा प्रदेश सरकारको सहकार्यमा कार्यान्वयन गर्न पहल गरिने छ ।
द्दछ। नगर क्षेत्र भित्रका अति व्यस्त सडकहरु (श्रवणपथ, मैत्रीपथ, अमरपथ, राम मन्दिर लाइन, संगमपथ ) मा ट्राफिक व्यवस्थापनका लागि सम्बन्धित क्षेत्रका नगरबासी , व्यवसायी संगठनहरु र ट्राफिक कार्यालयको समन्वयमा इल्भ् ध्ब्थ् गर्न पहल गरिने छ ।
द्दट। वडा नं. १२ स्थित चारपाला सामुदायिक वन उपभोक्ता समुहको क्षेत्रमा स्थापना हुने मानिक विश्व विद्यालय भवन निर्माण स्थल सम्मको पहँुच सडक, खानेपानी, विद्युत जस्ता पूर्वाधार निर्माण कार्यमा आवश्यक सहयोग गरिनेछ ।
द्दठ। लुम्विनी प्रदेश स्तरीय राष्ट्रसेवक कर्मचारीहरुका लागि अस्पताल निर्माण गर्न आवश्यक जग्गा प्राप्तिका लागि पहल गरिनेछ ।
द्दड। टोल विकास संस्थाहरुको समन्वयमा सडक बत्ती व्यवस्थापन गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।
द्दढ। नेपाल विद्युत प्राधिकरणको समन्वय र सहकार्यमा हाईवे सडकको दुवै तर्फको सर्भिस लाइन, कालिकापथ, अभियानपथ, रंगशालामार्ग र देवीपथमा स्मार्ट स्ट्रिट लाईटको व्यवस्था मिलाइनेछ ।
घण्। नगर क्षेत्रभित्र चक्रपथका लागि अति आवश्यकीय पूर्वाधार तयार गरी नगर बस सेवा सञ्चालनका लागि समन्वय गरिनेछ ।
घज्ञ। ढल निर्माणका लागि गुरुयोजना बमोजिम संघ तथा प्रदेश सरकार तथा विकास साझेदारहरु सँगको सहकार्यमा क्रमशः कार्यान्वयन गरिनेछ ।
घद्द। खानेपानीको क्षेत्रमा रहेका विभिन्न निकायको सेवालाई एकीकृत तथा नियमन गर्न एकीकृत खानेपानी तथा सरसफाई बोर्डको गठन गर्ने विषयलाई अघि बढाइनेछ ।
घघ। बुटवलको खानेपानी आपूर्ति सम्बन्धी समस्यालाई दीर्घकालिन रुपमा सम्बोधन गर्ने गरी अगाडि बढाइएको बुटवल (झुम्सा) खानेपानी आयोजना सञ्चालनमा देखा परेका समस्या समाधान गरी सुचारु गर्न आवश्यक सहजीकरण गरिनेछ ।
घद्ध। सहज खानेपानी आपूर्ति व्यवस्थापनका लागि वडा नं. ६, ७ र ८ मा रहेका वोरिङ्गहरुलाई एकीकृत गरी हिलपार्कमा ओभरहेड टंकी निर्माण गर्ने र वितरण गर्ने व्यवस्था मिलाउन पहल गरिनेछ ।
घछ। वडा नं. ०३ मा रहेको नेपाल खानेपानी संस्थानबाट स्वच्छ खानेपानीे वितरण गर्न च्भाष्लभ अभलतचभ जडानको व्यवस्था मिलाई खानेपानी आपुर्ति तथा वितरण प्रणालीलाई व्यवस्थित गर्न पहल गरिनेछ ।
घट। ऐतिहासिक बटौली क्षेत्रमा रहेका परम्परागत धार्मिक एवं पुरातात्विक सम्पदाहरुको संरक्षणका लागि विकास साझेदारहरुसँगको सहकार्यमा गुरुयोजना तयार गरी संघीय तथा प्रदेश सरकारको सहकार्यमा कार्यान्वयन प्रक्रिया अघि वढाइनेछ ।
घठ। संघीय तथा प्रदेश सरकारसँग सहकार्यमा तिनाउ तथा दानव नदीमा तटबन्ध गर्ने र तिनाउ जलाधार क्षेत्रको गुरुयोजना तयार गरी द्ययबतष्लन गर्ने र दुवैतर्फ रात्रीकालीन बजार तथा ध्बपिष्लन धबथ निर्माण गर्न पहल गरिनेछ ।
घड। बुटवलको समग्र विकासका अग्रणी क्षेत्र शिक्षा, स्वास्थ्य, सञ्चार, यातायात, पर्यटन, कृषि, उद्योग र व्यापार उन्मुख कार्यक्रम सञ्चालन गर्न विषयगत क्षेत्रसँग सम्बन्धित संघ सस्था र निजी क्षेत्रसँग समन्वय र सहकार्य गरी सार्वजनिक निजी साझेदारीलाई प्रवद्र्धन गर्ने नीति लिइनेछ ।
घढ। वडा भेला तथा वडा कार्यालयहरुबाट सिफारिस भई आएका सबै योजनाहरुको एचयवभअत द्यबलप बनाई प्राथमिकताका आधारमा कार्यान्वयन गर्न अधिकतम पहल गर्ने नीति लिइनेछ ।
द्धण्। संघ÷प्रदेश सरकारको सहकार्यमा जितगढी किल्लाको संरक्षण, जितगढी युद्ध संग्रहालय निर्माण, सिद्धबाबाधाम, मुक्तिनाथ धाम, नरैनापुरधाम, निलकण्ठ बाबाधाम ,बैठौलिया तालको गुरु योजना बमोजिम कार्यान्वयनमा ल्याई पर्यटकीय स्थलको रुपमा विकास गरिनेछ ।
द्धज्ञ। अव्यवस्थित रुपमा रहेका टेलिफोन, केवल लगायतका तारहरु व्यवस्थित गर्नका लागि सम्बन्धित निकायसँग समन्वय गरिने छ ।
द्धद्द। वडा नंं ७, ११ र १२ मा योग ध्यान केन्द्र स्थापना गरिने छ ।
द्धघ। नदीजन्य पदार्थ उत्खनन र संकलनबाट प्राप्त राजश्वको रकम मध्ये तोकिए बमोजिमको रकम सम्बन्धित क्षेत्रको नदी नियन्त्रण तथा भू–क्षय नियन्त्रणका लागि वजेट विनियोजन गरी उक्त क्षेत्रमा कार्यान्वयन गरिनेछ ।
द्धद्ध। बुटवल उपमहानगरपालिका र आसपासका नगर तथा गाउँपालिकाहरुसँग समन्वय र सहकार्य गर्दै यस क्षेत्रलाई मेगा सिटीको रुपमा विकास गर्न आवश्यक आधार तयार गरिनेछ ।
द्धछ। सहभागितामा आधारित कार्यक्रमहरुको लागत सहभागिता सम्बन्धी नीतिमा समयानुकुल परिवर्तन गरी जनसहभागितामूलक कार्यक्रम संचालन गरिनेछ ।
(क)नयाँ नाली तथा पक्की सडक निर्माण कार्यका लागि तिनाउ नदी पूर्वका वडाहरुमा ३० प्रतिशत, वडा नम्वर १२ र १३ मा २५ प्रतिशत र वडा नं १, २ र ११ को तिनाउ पश्चिमको भाग तथा वडा नम्वर १४ देखि १९ सम्मका वडाहरुमा २० प्रतिशत
(ख) सडक ग्राभेल , मर्मत सम्भार तथा अन्य आयोजनाहरुमा १५ प्रतिशत
(ग) सार्वजनिक महत्वका क्षेत्रहरु धार्मिक ,शैक्षिक , खेलकुद, कृषि, विद्युत, सामुदायिक भवन, तटबन्ध, जस्ता कार्यमा १० प्रतिशत
(घ) अति विपन्न, सीमान्तकृत बस्ती भएका क्षेत्र, फोहोर व्यवस्थापन, छाडा चौपाया व्यवस्थापन, हरियाली प्रवद्र्धन, प्रकोप नियन्त्रण जस्ता कार्यमा वडा कार्यालयको सिफारिसमा न्यूनतम ५ प्रतिशतमा नघट्ने गरी पूर्वाधार विकास समितिको निर्णय सिफारिस बमोजिम हुनेछ ।
(ङ) जनसहभागिताको हकमा, सार्वजनिक जग्गा परेमा सोही अनुपातमा सहभागिता मिलान गरिनेछ ।
द्धट। नगरपालिकाको कार्यालय र अन्तर्गतका वार्ड कार्यालयबाट प्रवाह हुने सेवा तथा कार्य सम्पादनलाई छिटो छरितो तथा प्रभावकारी बनाई थप व्यवस्थित गर्न समय सान्र्दभिक र आवश्यकता समेत भएको हुँदा मौजुदा जनशक्तिलाई अधिकतम प्रयोग गरी इल्ः क्गचखभथ मार्फत सबै महाशाखा अन्तर्गत यथाशिघ्र विषयगत शाखाहरु स्थापना गरिनेछ ।
द्धठ। जनतालाई छिटो छरितो सेवा प्रवाह गर्नका लागि नगरपालिका तथा वार्ड अन्तर्गतका इन्जिनियरहरुलाई निम्न बमोजिम सेवाहरुका जिम्मेवारी सहित समस्या समाधानको व्यवस्थापन गरिनेछ ।
५०.१ खानेपानी तथा ढल निकास
५०.२ विद्युत
५०.३ सडक तथा नाली
५०.४ वातावरण तथा सरसफाई
५०.५ जग्गा तथा नापी
५०.६ भवन निर्माण तथा मर्मत
५०.७ भौतिक निर्माण प्रयोगशाला
५०.८ भुकम्प सुरक्षा तथा प्राकृतिक श्रोत व्यवस्थापन
५०.९ विपद
५०.१० मेयर भौतिक पूर्वाधार एम्बुलेन्स

द्धड। भौतिक निर्माण प्र्रयोगशालालाई थप आधुनिक र व्यवस्थित बनाउन संचालन कार्यविधि र निर्देशिका निर्माण गरिनेछ ।
द्धढ। आकस्मिक र भैपरी आउने स–साना योजनाहरुलाई मेयरसँग समन्वय गरी टोल विकास संस्थालाई रु.१०००००।– (एक लाख) सम्म सम्बन्धित प्राविधिकको प्रतिवेदन, विल भौचर र फोटोहरुको आधारमा भुक्तानीको लागि अगाडि बढाइनेछ ।
छण्। बुटवलको राजमार्ग चौराहादेखि चिडियाखोला सम्मको सडक यथासिघ्र निर्माण र मर्मत गर्न पहल गरिनेछ ।
छज्ञ। तिनाउ नदीलाई तटवन्ध गरी ड्याम निर्माण गरेर हिउदमा पानीको संकलन गरी स्टिमर चलाउने, पर्यटकीय क्षेत्र निर्माण गर्ने, माछा पालन गर्ने, हरियाली निर्माण गर्ने, साँझमा आरती गर्ने गरी तिनाउ आरती केन्द्र क्षेत्रको रुपमा विकास गरिनेछ ।
छद्द। बुटवल १४ देखि १९ सेमलार र मोतिपुर क्षेत्रलाई कृषि, पशुपालन, आधुनिक बसोवासको क्षेत्रको रुपमा विकसित गर्दै ग्रिनल्याण्ड ९न्चभभल ऋष्तथ० को रुपमा विकास गरिनेछ ।
छघ। वेलवास वेथरी सडक यथाशिघ्र निर्माण गर्न पहल गरिनेछ ।
छद्ध। पुरानो बुटवललाई पुरातात्विक, ऐतिहासिक तथा पर्यटकीय शहरको क्षेत्रका रुपमा विकासमा जोड दिइनेछ ।
छछ। पुरानो बुटवलको पहिचानको नीति ल्याइनेछ, जुन वार्ड जुन चिजको पहिचानमा पर्दछ त्यहाँ आवश्यक भौतिक पूर्वाधारको विकास गरिनेछ ।
छट। बुटवल मण्डपलाई राष्ट्रकै गौरवको क्षेत्रको रुपमा विकास गरिनेछ । उक्त जग्गा प्राप्ति गर्दा तत्कालिन प्रधानमन्त्री स्व. गिरिजा प्रसाद कोइरालाज्यूको ठूलो योगदान रहेको हुँदा उहाँको सम्मान रहने गरी यस क्षेत्रलाई गिरिजा प्रसाद कोइराला बुटवल मण्डप नामाकरण गरिनेछ ।
छठ। बुटवल–७ मा प्रादेशिक वसपार्क निर्माण गरिनेछ ।
छड। बुटवल–१६ कर्साघाटमा धार्मिक संघसंस्था समेतसँगको सहकार्यमा शवदाह स्थलको निर्माण गरिनेछ ।
छढ। लुम्बिनी बस टर्मिनलमा निजी क्षेत्रसँगको सहकार्यमा पार्किङ्ग सहितको व्यवसायिक भवन निर्माण गरिनेछ ।
टण्। बुटवल–१ देखि नुवाकोटसम्म पैदलमार्ग निर्माण गरिनेछ ।
टज्ञ। आन्तरिक सडक निर्माण तथा आवश्यकता अनुसार स्तरोन्नती गरिनेछ ।
टद्द। सुखौरा खोलामा अत्याधुनिक विधिबाट सडक निर्माण गरिनेछ ।
टघ। बुटवलमा अटो व्यवसायलाई प्रवद्र्धन गर्न नयाँ अटो भिलेजकोे लागि सम्भाव्यता अध्ययन गरिनेछ ।
टद्ध। संघीय सरकारको सहयोगमा बुटवल १५ मा अत्याधुनिक कृषि उपज केन्द्र निर्माण गरिनेछ ।
टछ। बुटवलको योगीकुटी देखि चिडियाखोलासम्म र धागो कारखाना देखि तामनगर (राजपुरसम्म) सम्मको सडकमा बुटवलको पहिचान झल्किने गरी सडक बत्तीको व्यवस्थापन मिलाइनेछ ।
टट। मोतीपुर चोकदेखि महदैया सम्मको सडकमा सडक बत्तीको व्यवस्था मिलाइनेछ ।
टठ। तिनाउ नदी किनारमा छठ पर्व मान्ने मधेशी समुदायका लागि सेड निर्माणका लागि आवश्यक प्रकिृया अगाडि बढाइनेछ ।

नक्सापास सम्बन्धी नीति
ज्ञ। घर नक्शा पारितका लागि प्रयोगमा ल्याइएको भ्द्यएक् क्थकतझ लाई थप प्रभावकारी रुपमा कार्यान्वयन गर्दै वडा तहबाट नै नक्सा पास गर्ने व्यवस्था मिलाइनेछ ।
द्द। राष्ट्रिय भवन संंिहता अन्तर्गत ग र घ वर्गका (१००० वर्ग फिट क्षेत्रफलमा )े संरचनाको घर नक्सा नगरको डिजाइन डेस्कबाट गरिने कार्यलाई व्यापक रुपमा प्रचारप्रसार गरी थप व्यवस्थित गरिनेछ ।
घ। पार्किङ्ग व्यवस्थापनका लागि मुख्य शहरी क्षेत्रमा भवन निर्माण गर्दा अनिवार्य रुपमा ग्लमभचनचयगलम एबचपष्लन सहितको भवन निर्माण गर्ने गरी कानूनी प्रबन्ध मिलाइनेछ साथै नगरका अन्य क्षेत्रमा समेत ग्लमभचनचयगलम एबचपष्लन सहित संरचना निर्माण गर्नेलाई नक्शा पास शुल्कमा निश्चित प्रतिशतका दरले छुट दिई प्रोत्साहित गरिनेछ ।
द्ध। बहुतल्ले भवन निर्माणका लागि प्रोत्साहित गरिनेछ ।
छ। नगरको भौगोलिक सूचना प्रणाली न्क्ष्क्, ज्यगकभ ल्गmदभचष्लन ७ भ्द्यएक् लाई अद्यावधिक गर्दै प्रविधिमैत्री बनाइनेछ ।
ट। संरचना निर्माण कार्य गर्दा सडक अवरोध गर्ने गरी निर्माण सामगी्रहरु राख्ने कार्यलाई निरुत्साहित गरिने छ ।
ठ। भवन निर्माणमा संलग्न ठेकेदारहरुलाई सुचिकृत गरी आवश्यक तालिम दिने र सम्बन्धित ठेकेदारहरु र न.पा. वीच सम्झौता गर्ने व्यवस्था मिलाई भवन निर्माण प्रक्रियालाई जिम्मेवार र व्यवस्थित गर्ने गरी आवश्यक व्यवस्था मिलाइनेछ ।
भू–उपयोग तथा भूमि व्यवस्था सम्बन्धी
ज्ञ। मालपोत कार्यालय र नापी कार्यालयको सहकार्यमा बुटवल उपमहानगरपालिका क्षेत्र भित्र नापी गर्न बाँकी रहेका जग्गाहरुकोे नापी कार्य सम्पन्न गरी डिजिटल नापी नक्शा तयार गर्न पहल गरिनेछ ।
द्द। समग्र नगर क्षेत्रका सार्वजनिक जग्गाको पहिचान तथा लगत तयार गरी संरक्षण गर्न वडा समिति र समुदायलाई थप जिम्मेवार र सव्रिmय बनाइनेछ ।
घ। नगर क्षेत्र भित्रका ब्लक जग्गाको जग्गा धनी पुर्जा वितरण तथा अव्यवस्थित बसोवास प्रमाणीकरणको व्यवस्था मिलाइनेछ ।
द्ध। तिनाउ दानव करिडोर निर्माण तथा दैवीप्रकोपबाट विस्थापित भएका घरधनीहरुलाई स्थानान्तरण गर्न जग्गा पहिचान गरी जनता आवास कार्यक्रम तथा एकीकृत बस्ती विकास कार्यक्रम मार्फत् बसोवासको व्यवस्था मिलाउन पहल गरिनेछ ।
छ। नगर क्षेत्र भित्र रहेको अव्यवस्थित बसोबासमा आधारभूत सेवालाई थप व्यवस्थित गर्न पूर्वाधार विकास सेवाशुल्क राजश्व परामर्श समितिको सिफारिस बमोजिम लागू गर्ने व्यवस्था मिलाइनेछ ।
ट। नगर क्षेत्र भित्र रहेका भूमिहिन दलित ÷सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको राष्ट्रिय भूमि आयोगले तोके बमोजिम लगत संकलन,नाप नक्शांकनको प्रक्रिया अगाडि बढाई जग्गाधनी प्रमाण पूर्जा उपलब्ध गराउन पहल गरिनेछ ।
ठ। सार्वजनिक जग्गा संरक्षणलाई प्राथमिकतामा राखिनेछ ।
ड। बुटवलमा लामो समयदेखि समस्याको रुपमा रहेको सुकुम्वासी तथा अव्यवस्थित समस्या समाधानका लागि अल्पकालिन व्यवस्थाका रुपमा बसोवासको प्रमाणपत्र वितरण गरिनेछ । यस सम्बन्धी समस्या समाधानका लागि राष्ट्रिय भुमि आयोगसँग समन्वय गरी जग्गा नापजाँच गरी लालपूर्जा वितरणको काम अगाडि बढाइनेछ ।
ढ। तिनाउ दानव कोरिडोर निर्माण गर्दा विस्थापित हुने घरहरु, बुटवल–१ मस्जिद अगाडिका विस्थापित १६ घरहरु, बुटवल–११ सिरानगाउँ मजुवामा पक्की पुल निर्माण गर्दा विस्थापित भएका ७ घर, ज्योतिनगर पहिरोबाट विस्थापित हुन सक्ने बुटवल वडा नं.३ र ४ का घरहरुको व्यवस्थापन बुटवल उपमहानगरपालिका, प्रदेश सरकार तथा संघीय सरकारसँग समन्वय गरी बुटवलमै बसोवासको व्यवस्था मिलाउन पहल गरिनेछ ।
ज्ञण्। मोतीपुर औद्योगिक क्षेत्रमा त्यहाँका कृषक दाजुभाईहरुको लालपूर्जा भएको जग्गा तथा २०२६ सालदेखि हकभोग गर्दै आएको जग्गाहरु औद्योगिक क्षेत्रको नक्सामा पर्न गएको हुँदा विवाद सिर्जना भएको छ । तसर्थ त्यहाँको जनताको कुनै पनि जग्गा औद्योगिक क्षेत्रमा पर्न हुदैन । सो जग्गा तत्काल छुट्याई उहाहरुलाई नै फिर्ता गर्ने गरी बाँकी जग्गामा मात्र स्मार्ट औद्योगिक क्षेत्र निर्माण गर्नका लागि पहल गरिनेछ ।
कृषि तथा पशु विकासतर्फ
ज्ञ। कृषि विकासमा “के पाइन्छ होइन, के चाँहिन्छ” नीति अवलम्बन गरिनेछ ।
द्द। कृषि बाली उत्पादनमा आधारित प्रोत्साहन अनुदान कार्यक्रम संचालन गरिनेछ ।
घ। विषादी रहित ताजा तरकारी उत्पादनका लागि सहरी क्षेत्रमा कौसी, करेसाबारी तथा पुष्प खेती कार्यक्रम संचालन गरिनेछ ।
द्ध। कृषक, कृषक समूह, सहकारीहरुलाई कृषिमा आर्कषित गर्न मल जग्गा भाडामा लिई कृषि कार्यमा लागेकालाई प्रोत्साहन अनुदान प्रदान गरिनेछ ।
छ। कृषि क्षेत्रलाई बुटवलको जीवनयापनको महत्वपूर्ण आधारका रुपमा ग्रहण गर्दै नविनतम सीप तथा प्रविधिको प्रयोग मार्फत आधुनिकीकरण तथा व्यवसायीकरण गरी बुटवलको कृषि क्षेत्रको उत्पादन उत्पादकत्व वृद्धि गर्ने नीति लिइनेछ । कृषि क्षेत्रलाई स्वरोजगारीको आकर्षक क्षेत्र बनाइनेछ ।
ट। उर्वरा कृषिभूमि तथा सावर्जनिक जग्गालाई गैरकृषिको रुपमा प्रयोगमा ल्याउन निरुत्साहित गर्दै उचित सिंचाई, मल, बीउ तथा अन्य कृषि सामग्रीको व्यवस्थापन गरी सुहाउँदो बाली क्षेत्र विस्तार कार्यक्रम सञ्चालन गरिनेछ ।
ठ। बुटवल उपमहानगरपालिका वडा न १२ –१९ लाई हरियाली कृषि प्रवर्धन कार्यक्रम संचालनका लागि प्राथमिकताका साथ अगाडि बढाउने छ ।
ड। जग्गा बाझो राख्ने प्रवृतिलाई निरुत्साहित गरिनेछ । संभाव्यताको आधारमा एक वडा एक बाली उत्पादन कार्यक्रम गरिनुको साथै प्राङ्गारिक खेती गर्न प्रोत्साहन गरिनेछ ।
ढ। उत्पादित कृषि वस्तुको संकलन, प्रशोधन, र ढुवानी आदि कार्यका लागि प्रदेश सरकार र केन्द्र सरकारको सहकार्यमा कृषि थोक बजार नगर भित्र स्थापना गर्न आवश्यक सहयोग तथा सहजिकरण गरिने छ ।
ज्ञण्। घाँसमा आधारित पशुआहारा उत्पादनलाई प्रोत्साहन गरिनेछ ।
ड। पशुपंक्षी विकास तथा पशुस्वास्थ्य कार्यक्रमलाई निरन्तरता दिईनेछ ।ू
ढ। पशुपालनमा सूचना प्रविधिमैत्री कार्यक्रमलाई अवलम्बन गरिनेछ ।
ज्ञण्। माग तथा उत्पादनमा आधारित अनुदान कार्यक्रमलाई निरन्तरता दिईनेछ ।
ज्ञज्ञ। पशुपंक्षीजन्य पदार्थको गुणस्तर सुनिश्चितताको लागि उचित उपाय अवलम्बन गरिनेछ ।
ज्ञद्द। पशु नश्ल सुधार कार्यलाई अभियानका रुपमा अगाडि बढाईनेछ ।
ज्ञघ। पशुपंक्षीपालक कृषक पहिचान तथा पशुपंक्षीजन्य तथ्यांक उपलब्धताको लागि तथ्यांक संकलन र निरन्तर अध्यावधि गरिनेछ ।
वन वातावरण तथा विपद् व्यवस्थापन तर्फ
ज्ञ। तिनाउ जलाधार संरक्षणका लागि जलाधार संरक्षण सहकार्यकमा जोड दिईनेछ ।
द्द। नदी प्रभावित क्षेत्रलाई सुरक्षित बनाउन कार्यक्रम सञ्चालन गरिनेछ ।
घ। एक वन बहु पोखरीू निर्माणको अभियानलाई अगाडी बढाईनेछ ।
द्ध। सामुदायिक वनको सहकार्यमा गरिबसँग वन कार्यक्रम संचालन गरिनेछ ।
छ। राष्ट्रपति चुरे संरक्षण कार्यक्रमसँग सहकार्य गर्दै चुरे संरक्षण बाढी पहिरो र कटान समस्याको समाधान गर्न पहल गरिनेछ ।
ट। ज्योेतिनगर पहिरोको अल्पकालीन र दीर्घकालीन व्यवस्थापन गरी पहिरोक्षेत्रलाई आगामी दिनमा लुम्बिनी प्रदेश सरकारसँग समन्वय गरी गौरवको योजना लागु गरिनेछ ।
ठ। नगरक्षेत्रभित्र रहेका पेट्रोल पम्पहरुमा सर्वसाधारणले प्रयोग गर्न पाउने गरी सार्वजनिक शौचालयको अनिवार्य व्यवस्था गर्न सम्बन्धित व्यवसायी तथा पेट्रोलियम व्यवसायी संघसँग सहकार्य गरिनेछ ।
ड। छाडा चौपाया व्यवस्थापनका लागि बुटवल–७ स्थित शिवनगरमा रहेको गौशाला र भलुहीमा रहेको गौशालालाई थप व्यवस्थित गर्नका लागि लुम्बिनी प्रदेश सरकारसँग सहकार्य गरिनेछ ।
ढ। नवलपरासीको वर्दघाटदेखि दाङसम्मका सडकमा रहेका छाडा चौपायाहरुको व्यवस्थापनका लागि उपयुक्त स्थानको खोजी गरी २००० विगाहा जग्गा प्राप्तिका लागि सम्बन्धित निकायमा पहल गरिनेछ ।
ज्ञण्। दिसाजन्य बस्तु ब्यवस्थापन गर्ने प्रकृया अगाडि बढाईनेछ ।
ज्ञज्ञ। नमुना नर्सरी र कम्पोष्टिङ्ग सम्बन्धी कार्यलाई प्रोत्साहन गरिनेछ ।
ज्ञद्द। सामुदायिक वनको सहकार्यमा गरिबसँग वन कार्यक्रम संचालन गरिनेछ ।
ज्ञघ। वन, वातावरण, हरियाली प्रर्वद्धन, शहरी सौन्दर्यकरणमा स्थानीय जनता, उपभोक्ता र कर्पोरेट क्षेत्रसँग सहकार्य गरिनेछ ।
ज्ञद्ध। विपद न्युनीकरणका लागि पहल तालिमको आयोजना गरिनेछ ।
ज्ञछ। नगरपालिकास्तरीय आकस्मिक योजना निर्माण गरिनेछ ।
ज्ञट। वारुणयन्त्रको प्रभावकारी ब्यवस्थापन गरिनेछ ।
ज्ञठ। नगरपालिका भित्र हुने विपदजन्य कार्यहरुको ब्यवस्थापन र विपद जोखिम न्यूनीकरणका लागि प्रयास गरिनेछ ।
ज्ञड। एक घर दुई विरुवा तथा एक वडा एक हरियाली पार्क कार्यक्रमलाई निरन्तरता दिईनेछ । नगरमा नर्सरी स्थापना तथा संचालन गर्न प्रोत्साहन गरिनेछ ।
ज्ञढ। खुल्ला स्थान पार्कहरुमा पर्यापर्यटनको प्रवद्धनमा जोड दिईनेछ ।
अनुगमन तर्फ
ज्ञ। नियमित बजार अनुगमन र बजार नियमन कार्यलाई व्यवस्थित रुपमा संचालन गरी उपभोक्ता हितको प्रबर्धन गरिनेछ ।
द्द। अनुगमन कार्यका लागि मापनयोग्य सूचांक तयार गरी स्वीकृत सबै किसिमका योजना तथा कार्यक्रमहरुको अनुगमन तथा मूल्यांकन गर्ने नीति लिइनेछ ।
घ। उपभोक्ताको हित प्रबर्धन सम्बन्धी कार्यक्रम संचालन गरिनेछ ।
द्ध। उपभोक्तालाई हित प्रबर्धन, एवं खाद्य गुणस्तर मापनका लागि खाद्य प्रयोगशाला स्थापना गरिनेछ ।

उद्योग वाणिज्य तथा पर्यटन प्रवद्र्धन तर्फ
ज्ञ। लघु उद्यमको विकास र प्रबद्र्धनको माध्यमबाट गरिवी निवारणमा सहयोग गर्ने ।
द्द। युवाहरुलाई व्यवसायिक एवं उद्यमी बन्न प्रेरित गरिनेछ ।
घ। सीप विकास तथा उद्यम विकास तालिम कार्यक्रम मार्फत युवा, गृहणी महिलाहरुलाई स्वरोजगार एवं उद्यमी बनाईनेछ ।
द्ध। लघु उद्यम, व्यवसायबाट उत्पादित वस्तुको बजारीकरण एवं प्रबर्धनका लागि विशेष पहल गरिनेछ ।
छ। बुटवल उपमहानगरपालिकाको सम्पूर्ण क्षेत्रको सन्तुलित आर्थिक गतिविधि र विकासका लागि क्षेत्रगत पहिचान झल्कने गरी पेशा व्यवसायको क्षेत्र निर्धारण गरी कार्यान्वयन गरिनेछ ।
ट। बुटवलको आर्थिक गतिविधि थप चलायमान एवं गुल्जार बनाउन कालिकापथ, अमरपथ र राममन्दिरपथ लगायतको क्षेत्रमा साझेदार संस्थाहरुको सहकार्यमा रात्रीकालिन बजार सञ्चालनको व्यवस्थापन मिलाईनेछ ।
ठ। आन्तरिक पर्यटन प्रबर्धन, स्थानीय सस्कृतिको संरक्षण मार्फत आर्थिक उपार्जनमा विशेष पहल गरिनेछ ।
ड। पर्यटकीय स्थलहरुको संरक्षण, प्रबर्धन तथा प्रचार प्रसार गरी पर्यटन प्रबर्धन गरिनेछ ।
ढ। पर्यटन प्रबर्धनका लागि सरोकारवाला संस्थाहरुसंगको सहकार्यमा कार्यक्रम संचालन गरिनेछ ।
ज्ञण्। बुटवल–१ स्थित जिगतढी किल्लाको संरक्षण, प्रवर्धन एवं आधुनिकीकरणका लागि आवश्यक पहल गरिनेछ ।
ज्ञज्ञ। बुटवल–२ स्थित मणिमुकुन्द सेन पार्कमा रहेको सेनवंशीय ऐतिहासिक एवं पुरातात्विक भग्नावशेष दरवारलाई संरक्षण एवं प्रवर्धन गरी पर्यटनमा थप टेवा पु¥याउने नीति लिइनेछ ।
सहकारी तर्फ
ज्ञ। आवश्यकता अनुसार सहकारी संस्था नभएका वडाहरुमा बहुउद्देस्यीय सहकारी संस्था र बचत तथा ऋण सहकारी संस्था बाहेक अन्य सहकारी संस्था दर्ता गर्ने नीति लिइनेछ ।
द्द। स्थानीय सहकारी संस्थाका पदाधिकारी, शेयर सदस्य र कर्मचारीहरुलाई क्षमताअभिवृदि सम्बन्धी तालिम, गोष्ठी, अन्तरक्रियाहरु सञ्चालन गरी नेतृत्वदायी भुमिकालाई अगाडि बढाउने नीति लिइनेछ ।
घ। सहकारी संस्था सम्बन्धी आवस्यक पर्ने स्थानीय ऐन, नियमावली, नीति, कानुन, मापदण्ड निर्माण र संस्थाको कार्यान्वयन तथा नियमन गर्ने कार्यलाई प्रभावकारी बनाउने नीति लिइनेछ ।
द्ध। माध्यमिक स्तरका बिद्यार्थिलाई सहकारी सम्बन्धी चेतना जगाउनका लागि सचेतनामूलक कार्यक्रम संचालन गरिनेछ ।
छ। उपमहानगरपालिका भित्र कार्य क्षेत्र भएका एकै प्रकृतिका सहकारी संस्थाहरु बीच एकीकरण गर्ने नीति लिइनेछ ।
ट। सहकारी सम्बन्धी स्थानीय तथ्यांकलाई व्यवस्थित गरी व्यवस्थापन, अध्ययन,अनुुसन्धान र विश्लेषण गर्ने नीति लिइनेछ ।
ठ। सहकारी सम्बन्धी राष्ट्रिय सहकारी महासंघ, केन्द्रीय विषयगत संघ, प्रादेशिक संघ, जिल्ला सहकारी संघ, जिल्ला विषयगत संघ र स्थानीय सहकारी संस्थासग समन्वय तथा सहकार्य गरी सहकारी व्यवसायलाई विकास र प्रवद्र्धन गर्ने नीति लिइनेछ ।
ड। स्थानीय सहकारी संस्थाका पदाधिकारी, शेयर सदस्य र कर्मचारीहरुलाई क्षमता अभिवृदि सम्बन्धी तालिम, गोष्ठी अन्तरक्रियाहरु सञ्चालन गरी नेतृत्वदायी भुमिकालाई अगाडि बढाउने नीति लिइनेछ ।
ढ। सहकारी वहुउद्देश्यीय वहुुतल्ले भवन निर्माणका लागि आवश्यकतानुसार छलफल तथा अन्तरक्रिया गरिनेछ ।
ज्ञण्। स्थानीय सहकारी संस्थाका पदाधिकारी र कर्मचारीहरुलाई क्षमता अभिवृदि सम्बन्धी अध्ययन अवलोकन भ्रमण तथा अन्तरक्रियाहरु सञ्चालन गरी नेतृत्वदायी भुमिकालाई अगाडि बढाउने नीति लिइनेछ ।

रोजगार प्रवद्र्धन तर्फ ः
ज्ञ। रोजगार सेवा केन्द्रलाई थप सुद्दृढिकरण गरी श्रम बैंकको रुपमा स्थापित गरिनेछ ।
द्द। परम्परागत सीप प्रर्बद्धन मार्फत रोजगारी सृजना गर्ने, उद्यमी बन्नलाइ उत्प्रेरित गरिनेछ ।
घ। सुरक्षित बैदेशिक रोजगारमा जान इच्छुक व्यक्तिहरुका लागि सचेतना कार्यक्रम संचालन गरिनेछ।
द्ध। महिला सशक्तिकरणका लागि गृहणी महिला आयआर्जन कार्यक्रम संचालन गरी कोसेली घर निर्माणका लागि आवश्‍यक पहल गरिनेछ ।
छ। प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत संचालन हुने आयोजनामा लाग्ने निर्माण सामग्रीरऔजारहरु तथा आयोजनामा लाग्ने श्रमिकको ज्यालामा साझेदारी गरी कार्यक्रमलाई थप सशक्त गरिनेछ ।
ट। विभिन्न संघ संस्था तथा विकास साझेदारहरु समेतको सहकार्यमा वेरोजगार युवाहरुलाई लक्षित गरी रोजगारमूलक सीप प्रदान गर्न मेयर युवा इलम कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
ठ। बेरोजगार युवाहरूलाइ स्वरोजगारीमा लाग्न उत्तप्रेरित गरिनेछ ।
ड। बैदेशिक रोजगारीमा गएका परिवारहरूका लागि बित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श साथै मनोरोगीहरुको लागिउपचार तथा कक्षामा सहभागीहरूलाई उधमी बनाउने ।ू
सूचना प्रविधि तर्फ ः
ज्ञ। सूचना तथा संचार प्रविधिको प्रयोगबाट सेवा संचालनलाई व्यवस्थित गरिनेछ ।
द्द। आन्तरिक नेटवर्क व्यवस्थापन गरिनेछ ।
घ। ऋऋ अबmभचब बाट च्भब ित्ष्mभ क्गचखभष्ििबलअभ गरिनेछ ।
द्ध। विद्युतीय सुशासन कायम गर्नका लागि नीति निर्माण गरी कार्यान्वयन गरिनेछ ।
छ। पालिकाबाट प्रदान गरिने सेवाहरुलाई सूचना तथा संचार प्रविधिको माध्यमबाट प्रदान गर्न कार्य योजना बनाईनेछ ।
सूचना सञ्चार तर्फ
क.संचार नीति तर्जुमा गरी लागू गरिनेछ ।
ड्ड मिडिया हाउस संचालन गर्न सहयोग गरिनेछ ।
ड्ड पत्रकार प्रोत्साहन उपकरण खरिदमा निश्चित प्रतिशत रकम अनुदान उपलब्ध गराइनेछ ।
ड्ड पत्रकार स्वास्थ्य वीमा कार्यक्रम संचालन गरिनेछ ।
ड्ड स्व.सूर्य प्रसाद प्रधानको स्मृतिमा विकास पत्रकारिता पुरस्कार स्थापना गरिनेछ,
ड्ड वन, वातावरणको प्रवद्र्धन पत्रकारिता पुरस्कार, ज्येष्ठ पत्रकार सम्मान पुरस्कार, आर्थिक पत्रकारिता पुरस्कार स्थापना गरिनेछ ।
ड्ड पत्रकारिता, अनुसन्धान केन्द्र स्थापनाका लागि आवश्यक पहल गरिनेछ ।

राजश्व परिचालन एवं वित्त व्यवस्थापन तर्फ ः
ज्ञ। “कर तिर्नु सम्मानित नागरिक बन्नु पनि हो” भन्ने भावना जगाउन करदाता सम्मान, लगायतका प्रवद्र्धनात्मक र प्रचारात्मक कार्यव्रmमहरु सञ्चालन गरिनेछ ।
द्द। व्यवसाय करको दायरा बढाउन प्रचारात्मक कार्यक्रम सञ्चालन गरी व्यवसायीहरुलाई व्यवसाय दर्ता÷नविकरण गरी कर तिर्न प्रोत्साहित गरिनेछ । वाणिज्य कार्यालय÷घरेलु तथा साना उद्योग कार्यालय र व्यावसायिक संघ संस्थाहरुसंग समन्वय गरी नगरभित्र संचालन भएका व्यवसायको तथ्यांक यकिन गरी टोल विकास संस्थालाई परिचालन गरी व्यवसाय दर्ता अभियान संचालन सञ्चालन गरिनेछ ।
घ। कोभिड पश्चात् समेत वर्तमान आर्थिक गतिविधिमा देखिएको शिथिलताका कारण सामाजिक आर्थिक जीवनमा परेको असरलाई मध्यनजर गरी तोकिएको समयावधिभित्र कर दाखिला गर्ने करदातालाई छुट सहुलियत प्रदान गरिनेछ ।
द्ध। वढी हुनेले वढी र कम हुनेले कम कर तिर्ने प्रणालीलाई व्यवस्थित वनाउदै करको दरमा वृद्धि नगरी दायरा फराकिलो पार्न विभिन्न उपायहरु अवलम्वन गरिनेछ । यसका लागि टोल विकास संस्था र आवश्यकतानुसार स्वयंसेवक समेत परिचालन गरिनेछ ।
छ। कोभिड पश्चात्को वर्तमान आर्थिक गतिविधिमा आएको सुस्तता र वढ्दो महंगीमा करदातलाई केही भएपनि राहतको महसुस गराउन साविकमा रहेका सम्पत्ति कर, घर वहाल कर लगायत प्रत्यक्ष करदातासंग सम्वन्धित करका दर परिमार्जन गरी केही छुट दिइनेछ ।
ट। भूमिकर, सम्पत्ति कर, पेशा व्यवसाय कर र घरजग्गा बहाल कर लगायतका विभिन्न कर, शुल्क, दस्तुर सफ्टवेयरको माध्यमवाट वडाबाटै असुली भईरहकोमा सो कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाइने छ ।
ठ। कोभिड —१९ का कारण परेको मर्कालाई विचार गरी आयठेक्का अन्तर्गत वहाल वन्दोवस्ती लगाइएका पसले घर ÷सटरहरु लगायतका संरचनामा व्यवसाय गरी आएका व्यवसायीहरुले वुझाउनुपर्ने ठेक वा वहाल रकम र वस टर्मिनल तथा हाटवजार लगायतका आयठेक्कामा निश्चित छुट सुविधा उपलव्ध गराउने र २०७८ असार मसान्तमा आय ठेक्का वा सम्झौता समाप्त हुनेहरुको हकमा म्याद थप गर्ने सम्वन्धमा आवश्यक कानूनी प्रवन्ध गरिनेछ ।
ड। ऋयखष्म(ज्ञढ वा अन्य विभिन्न कारणवाट व्यवसाय दर्ता÷नवीकरण हुन छुट भएका व्यवसायी÷करदाताहरुलाई करको दायरामा ल्याउन प्रोत्साहन गरिनेछ ।
ढ। हाटवजार वैठकी शुल्कमा केही दर कम गरी साना व्यवसायीहरुलाई राहत दिइनेछ । हाटवजारहरु आय ठेक्का मार्फत् गत वर्ष नै वन्दोवस्ती भएकोले नयां दररेट २०७९ कार्तिक पछि साविकको आय ठेक्का संझौता समाप्त भएपछि लागु गरिनेछ ।
ज्ञण्। आय ठेक्का मार्फत् सटर वहालमा लिएका व्यवसायीहरुको ठेक्का अवधि २०७९ असार मसान्तमा सकिने भए तापनि वर्तमान न्यून आर्थिक गतिविधिलाई मध्यनजर गर्दै राहत महसुस गराउन २०७९ श्रावण मसान्तसम्म वाँकी वहाल वक्यौता भुक्तानी गर्ने व्यवसायीहरुलाई १ वर्षको म्याद थप गर्ने र तोकिएको समयमा वक्यौता भुक्तानी नगर्ने व्यवसायीहरुको संझौताको म्याद थप गरिनेछैन ।
ज्ञज्ञ। रिक्सा र विद्युतीय रिक्सा नवीकरण र सिफारिस प्रव्रिmयालाई व्यवस्थित गरिनेछ । उक्त साधनहरु व्यवस्थापनका लागि सम्बन्धित निकायहरुसँग समन्वय गरी नियमन गरिनेछ । ई–रिक्सा धनी तथा चालकको दुर्घटना वा अन्य कारणले गम्भिर विरामी भएमा राहतका लागि राहत कोष स्थापना गरी परिचालन गरिनेछ । ई–रिक्सामा लाग्दै आएको वार्षिक सवारी करलाई परिमार्जन गरी सहुलियत प्रदान गरिनेछ ।
ज्ञद्द। कर प्रशासनलाई व्यवस्थित बनाउन आवश्यकतानुसार कार्यविधिहरु बनाइने छ । प्रदेश सरकारसंगको समन्वयमा केबुल सञ्चालक र डिसहोम बिव्रmेता डिलरहरुबाट ग्राहक संख्याको आधारमा मासिक रुपमा मनोरञ्जन कर लिने व्यवस्था मिलाईनेछ ।
ज्ञघ। आफै वा सगोल (एकाघर सदस्य) ले नगरपालिकालाई वुझाउनुपर्ने कर शुल्क दस्तुर समयमा भुक्तान नगरी वक्यौता राख्ने करदातालाई नगरपालिकावाट वा वडावाट प्रदान गरिने कुनैपनि सिफारिश र सेवा सुविधा रोक्का गर्न सकिने व्यवस्था मिलाइनेछ ।
ज्ञद्ध। कुनैपनि योजनाहरुको संझौता गर्नु अगावै उपभोक्ता समितिका पदाधिकारीहरु र योजनावाट लाभान्वित उपभोक्ताहरुलाई आफूले वुझाउनु पर्ने भूमिकर, सम्पत्तिकर, व्यवसाय कर र वहालकर चुक्ता गर्न अनिवार्य गरिनेछ । सो योजनावाट लाभान्वित उपभोक्ताहरुलाई त्यस्ता कर शुल्क तिर्न प्रोत्साहन गरिनेछ ।
ज्ञछ। नगरको स्वामित्व वा भोगाधिकार रहेको र नगरपालिकाको संरक्षण र परिचालन गर्न सक्ने भवन, जग्गा जमिन हाटवजार तथा अन्य भौतिक सम्पत्तिको अभिलेख अध्यावधिक गरी राजश्व आम्दानी गर्ने माध्यमको रुपमा परिचालन गरिनेछ । न.पा.को सम्पत्ति वहाल व्यवस्थापन र आय ठेक्काको व्यवस्थापन कम्प्युटर सफ्टवेयर मार्फत् गरिनेछ ।
ज्ञट। नदीजन्य पदार्थ,माटो, वनजन्य लगायतका प्राकृतिक श्रोतको महत्तम उपयोग गरिनेछ । यसका लागि आवश्यकतानुसार वातावरणीय प्रभाव÷परीक्षण गरिनेछ ।
ज्ञठ। नगरको विकास निर्माण तथा सेवा सुविधा प्रवाह गर्न आवश्यक पर्ने वित्तीय श्रोतको कमीलाई पूर्ति गर्न संघीय सरकार, प्रदेश सरकार, विकास साझेदार तथा संघ–संस्था र निजी क्षेत्र एवं नागरिक समाज लगायत सबै सम्भाव्य आन्तरिक एवं बाह्य क्षेत्रसंग समन्वय गरी श्रोतको अधिकतम परिचालन गरिनेछ ।
ज्ञड। विद्युतीय भुक्तानी ९भ्( एबथmभलत० प्रणालीलाई थप प्रभावकारी र सेवाग्राहीमैत्री वनाउदै करदातालाई विद्युतीय माध्यमवाट कर तिर्ने वानीको विकास गर्दै लगिनेछ ।
ज्ञढ। नगर क्षेत्रभित्र संचालन भएका हाटवजारहरुको पूर्वाधार विकास र सुदृढिकरण गरिनेछ साथै संचालन भएका÷हुने हाटवजारहरुको व्यवस्थित संचालन र दीगो व्यवस्थापनका लागि छुट्टै कार्यविधि÷निर्देशिका तयार गरी कार्यान्वयन गरिनेछ । हाटवजारमा व्यापार गर्ने साना व्यवसायीहरुलाई राहत प्रदान गर्न हाल भैरहेको हाटवजार व्यवस्थापनको ठेक्का समाप्त भएपछि लागु हुने गरी वैठकी करमा छुट दिइनेछ ।
द्दण्। उपमहानगरपालिका क्षेत्र भित्र रहेको अव्यवस्थित बसोबासमा आधारभुत सेवालाई थप व्यवस्थित गर्न आ.व. २०७९÷०८० देखि त्यस्ता अव्यवस्थित वसोवास क्षेत्रमा वहाल विटौरी र उक्त क्षेत्रमा निर्मित संरचनामा गरिने पेशा व्यवसायमा व्यवसाय कर र संरचना वहालमा वहाल कर असुली गर्ने नीति अवलम्वन गरिनेछ ।
द्दज्ञ। खर्च प्रणालीलाई थप पारदर्शी र व्यवस्थित गरिनेछ । आन्तरिक नियन्त्रण प्रणालीलाई थप प्रभावकारी वनाइनेछ ।
द्दद्द। भुक्तानी प्रणालीलाई सेवाग्राहीमैत्री वनाउदै प्रविधिको प्रयोग मार्फत् भ्ँत् (विद्युतीय भुृक्तानी हस्तान्तरण) लागु गरिनेछ ।
द्दघ। भुक्तानी सन्तुलन कायम राख्न आवश्यक मापदण्ड तयार गरी लागु गरिनेछ ।
द्दद्ध। सार्वजनिक निजी साझेदारी कार्यक्रम संचालन गरी श्रोत परिचालन गरिनेछ ।
द्दछ। राजश्वका सवै सम्भाव्य श्रोतहरुलाई अधिकतम परिचालन गरिनेछ ।
द्दट। लुम्विनी वस टर्मिनलमा रहेको संरचनाहरुको आवश्यक मर्मत संभार गरी व्यवस्थित वनाईनेछ । यसवाट श्रोत परिचालनमा सहयोग मिल्नेछ ।
द्दठ। बुटवललाई देशकै प्रमुख आर्थिक केन्द्र निर्माण गर्नका लागि लगानी सम्मेलन गरी बुटवलमा लगानी कर्तालाई आकर्षण गरिनेछ ।
द्दड। सबै किसिमका भुक्तानीहरु अनलाईन प्रणालीबाट गरिनेछ ।
द्दढ। नदीजन्य पदार्थको अनावश्यक उत्खनन र दोहन रोकी स्रोत वृद्धि गर्न उपयुक्त हुने हुँदा उपमहानगरपालिका क्षेत्रभित्रका नदीनालाहरुबाट नदीजन्य पदार्थ न.पा. आफैले उत्खनन गरी भण्डारण गर्ने र आवश्यकता अनुसार विक्री वितरण गर्ने व्यवस्था मिलाइनेछ ।
घण्। उपमहानगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका ई–रिक्साको व्यवस्थापन र रुटका लागि आवश्यक पहल गरिनेछ ।

नगर सभा सदस्यज्यूहरु
उल्लेखित नीतिहरुको कार्यान्वयन गर्न सकिएमा हामीले लिएको आकांक्षा पूरा गर्न सकिन्छ भन्नेमा म विश्वस्त छु । यस कार्यमा सबै तहका सरकार, जनप्रतिनिधि, कर्मचारी संघ संस्था र आम नगरवासी आमा, बुवा, दाजुभाई तथा दिदी बहिनीहरुबाट उच्च स्तरको सहयोग र सहकार्य प्राप्त हुनेछ भन्ने समेत विश्वास लिएको छु ।

धन्यबाद । खेलराज पाण्डेय
प्रमुख
मिति २०७९।०३।०८

प्रतिक्रिया दिनुहोस्