परियार सेवा समाज रुपन्देहीको भवन उद्घाटन हुदै


appharu

१४ असार २०७९, मंगलवार १७:५१ मा प्रकाशित

पालिकापत्र,बुटवल । परियार सेवा समाज रुपन्देहीको भवन बुधबार उद्घाटन हुने भएको छ। बुटवल ६ सुन्दरनगरमा निर्माण सम्पन्न भएको परियार सेवा समाज रुपन्देहीको भवन उद्घाटन गर्न लागिएको समाज रुपन्देहीले पत्रकार सम्मेलन गरि जानकारी गराएको हो।
पत्रकार सम्मेलनमा बोल्दै समाजका रुपन्देही अध्यक्ष लोक बहादुर नेपालीले समाजको ७७ जिल्लामा शाखा भएपनि पहिलो भवन रुपन्देहीमा उद्घाटन गर्न लागिएको बताए।
२०७५ पुस ९ गते शिलान्यास गरिएको करिब ९ धुरमा बनेको १ तले पक्की भवन उद्घाटन गर्न लागिएको हो। ३० लाख लागतमा निर्माण भएको भवनको अप्रभा मेजर एव तेस्रो महाधिवेशन अध्यक्ष बल बहादुर सुन्दासले उद्घाटन गर्ने जानकारी दिए।
बुटवल उपमहानगरपालिकाले प्रदान गरेको जग्गामा निर्माण गरिएको भवनमा जन समुदायबाट १५ लाख, बुटवल उपमहानगरपालिकाबाट ५ लाख र केन्द्रिय अध्यक्षबाट साढे ५ लाख आर्थिक सहयोग भएको उनले बताए ।
भवन निर्माण समिती संयोजक एवं समाजका सल्लाहकार राम कुमार रणपालले २ तले भवन निर्माण गर्ने योजना भएपछि कोरोनाको कारणले १ तले भवन निर्माण गरिएको बताउदै आगामी दिनमा तल्ला थप्ने काम गरिने बताए।
पत्रकार सम्मेलनमा बोल्दै समाजका सचिव लक्ष्मण परियार, जिल्ला सदस्य रमेश आब्जु परियार र कृष्ण बहादुर बुढाथोकीलगायतले नौमती पन्छे बाजा तथा सीप बिकासको लागि काम गर्ने बताउदै सहकारीको अवधारणा समेत ल्याएको बताए। समाजको रुपन्देही शाखामा २७ सय सदस्यहरु रहेका छन।

प्रतिक्रिया दिनुहोस्