लायन्स बुटवल देउरालीमा पद हस्तान्तरण, ज्ञानप्रसादको कार्यकाल उत्कृष्ट


appharu

१६ असार २०७९, बिहीबार ०९:१५ मा प्रकाशित

पालिकापत्र, बुटवल । लायन्स क्लव अफ बुटवल देउरालीको पांंचौं पद हस्तान्तरण भएको छ ।

क्लबको वर्ष २०२१–२२ का अध्यक्ष एमजेएफ लायन ज्ञानप्रसाद पौडेल नेतृत्वको कार्यसमितिले छैठौ अधिवेशनबाट बर्ष २०२२–२३ का लागि निर्वाचित रमेश पाण्डे अध्यक्ष रहेको नयां कार्यसमितिलाई बुधबार एक औपचारिक समारोहका बीच पद हस्तान्तरण गरेको हो ।

सो अवसरमा क्लबको निवर्तमान अध्यक्ष ज्ञानप्रसाद पौडेलले आफनो कार्यकालमा १४ वटा नयां क्लबहरु स्पोन्सर गरी गठन गरेर नयां रेकर्ड कायम गर्दै लायन्स इन्टरनेसनलबाट पुरस्कृत समेत भएको, माइ लायन्स भिलेज स्थापनासहित ४० भन्दा बढी सामाजिक काम गरेर क्लबको पहिचान उच्च बनाएको बताए । उनले नयां कार्यसमितिलाई पनि निस्वार्थ सेवा भावले सामाजिक काममा सक्रिय हुन सुझाव दिए ।

कार्यक्रममा क्लबका गाइडलाइनर लायन योगेश घिमिरे, डिस्ट्रिक्ट डेपुटी चिफ गणेश भट्टराई,एक्सटेन्सन चेयर पर्सन भोजराज पाण्डे, क्लबका चार्टर्ड प्रेसिडेन्ट टिकाराम बन्जाडे लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

क्लबका अध्यक्ष ज्ञानप्रसाद पौडेलको अध्यक्षता, कार्यक्रम संयोजक अर्जुन पाण्डेको स्वागतमा भएको कार्यक्रममा कोषाध्यक्ष माधवराज पाण्डेले आर्थिक प्रतिवेदन पेश गरेका थिए भने सञ्चालन सचिव कृष्णप्रसाद भण्डारीले गरेका थिए ।

क्लबको नयां कार्यसमितिमा अध्यक्ष रमेश पाण्डे, निवर्तमान अध्यक्षमा ज्ञानप्रसाद पौडेल, प्रथम उपाध्यक्षमा दिपक पन्थी, द्वितीय उपाध्यक्षमा कृष्णप्रसाद भण्डारी,तृतिय उपाध्यक्षमा माधवराज पोख्रेल,सचिवमा मोहनीलाल रिजाल, कोषाध्यक्षमा यमप्रसाद बस्याल, सहसचिव अर्जुन पाण्डे र सह–कोषाध्यक्षमा लालप्रसाद बस्याल रहेका छन् ।

यस्तै मेम्बरसिप डाइरेक्टरमा राजकुमार गुप्ता, टेल टुइस्टरमा ललित पाण्डे, टेमरमा खगेन्द्र पाण्डे, पिआरओमा मनिराम पौडेल,डाइरेक्टरहरुमा मनोहर न्यौपाने, मात्रिकाप्रसाद अधिकारी, केशव शर्मा बन्जाडे,बिष्णुप्रसाद पाण्डे, देवु प्रसाद खनाल चयन भएका छन् । नयां समितिको कार्यकाल जुलाई १ बाट शुरू हुनेछ ।

प्रतिक्रिया दिनुहोस्