गृहमन्त्री खांणले एसपीपी पत्रबारे संसदलाई नै ढांटेको खुलासा


appharu

१९ असार २०७९, आईतवार २३:०६ मा प्रकाशित

पालिकापत्र,काठमाडौं । अमेरिकी सैन्य परियोजना स्टेट पार्टनरसीप प्रोग्राम एसपीपीबारे गृहमन्त्री बालकृष्ण खाँणले संसदमै झुट बोलेको पुष्टी भएको छ । केही दिनअघि संसद वैठकमा बोल्दै गृहमन्त्री खांणले एसपीपीमा सहभागी नहुने सरकारको निर्णयसहित अमेरिकालाई लिखित पत्र पठाइसकेको बताएका थिए । तर परराष्ट्र मन्त्रालयले अमेरिकी सेनाको एसपीपीमा सहभागी नहुने विषयमा अमेरिकालाई पत्र पठाउन बाँकी नै रहेको बताएको छ । मन्त्रालयले आइतबार पत्रकार सम्मेलन गर्दै एसपीपीमा सहभागी नहुने सरकारको निर्णय अमेरिकालाई पठाउन बाँकी नै रहेको प्रवक्ता सेवा लम्सालले जनाएकी हुन । प्रवक्ताले सरकारको उक्त निर्णयमाथि अध्ययन भइरहेको जानकारी दिइन । संसदमा झुठ कुरा बोल्नुलाई राजनीतिक हिसाबले ज्यादै खराब प्रवृत्ति मानिन्छ ।
सरकारले असार ६ गते एसपीपी कार्यक्रममा संलग्न नहुने निर्णय गरेपनि पत्र भने अहिलेसम्म पठाएको छैन । मन्त्रालयले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण अपेक्षित रहेको पनि जानकारी दिएको छ । भ्रमणको अन्तिम टुंगो लागेपछि विवरण सार्वजनिक गर्ने प्रवक्ता लम्सालले बताइन ।

प्रतिक्रिया दिनुहोस्