तिलोत्तमाको दीपनगरमा विद्युत पोल जीर्ण बनेर दुर्घटनाको जोखिम, विद्युत प्राधिकरण रमिते


appharu

२६ असार २०७९, आईतवार ११:४८ मा प्रकाशित

पालिकापत्र,तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका ८ दीपनगरमा वर्षौं पुराना काठका विद्युत पोल जर्णि भएर ढल्ने अवस्थामा पुगेका छन् । विद्युतका पोदसंगै रहेका ती पोलमा इन्टरनेट र केबलका तारहरु तानिएको छ । पोल ढल्केर ढल्ने अवस्थामा पुग्दा विद्यार्थी बोक्ने बस लगायत अनय सवारी साधनसंग छोइने अवस्था छ । यदि बस ट्रकहरु यी पोलमा छोइएमा आगलागी हुने जोखिम छ । तर सम्बन्धित निकाय विद्युत प्राधिकरण रमिते बनेर बस्दा स्थानीय सर्वसाधारण चिन्तित बनेका छन् । ‘कुन दिन स्कुले विद्यार्थी बोकेको बस तारमा छोइने हो र आगलागी हुने हो डर छ’–स्थानीय दामोदर घिमिरे भन्छन्–‘हामीले विद्युत प्राधिकरणलाई पटक पटक पोल हटाउन वा सिधा गर्न भन्यौं तर सुन्दैन, टेर्दैन, यदि कुनै घटना भएमा प्राधिकरणका कर्मचारीलाई गाउंलेले जनकारवाही गर्नेवाला छन् ।’
दीपनगरकै जनभावना मावि अगाडिदेखि शिवपुरसम्म विद्युतको हाइटेन्सन लाइन पनि भूमिगत (अण्डरग्राउण्ड) गर्नुपर्नेमा नगर्दा आगलागीको जोखिम छ । पोलहरु बांगोटिंगो भएर ढल्केका छन् । कतिपय पोलहरु ढल्केर व्यक्तिको घरमा अडेस लाएका छन् । उक्त हाइटेन्सन लाइनलाई तत्काल अण्डरग्राउण्ड गर्नुपर्ने अनयथा स्थानीय आन्दोलनमा उत्रिन वाध्य हुने स्थानीय बुद्धिजिवी डिल्लीराज भण्डारीले बताए । सयौं विद्यार्थी आवतजावत गर्ने क्षेत्रमा यसरी हाइटेन्सन लाइन राखिनु र पोल समेत राम्ररी नगाड्दा ढल्केर जोखिम बढ्दा समेत तिलोत्तमा नगरपालिका र वडाको धयान जान नसकेको स्थानीयको गुनासो छ ।

( हामी नयां छौं, हामीलाई तपाई सबैको साथको खांचो छ, त्यसैले पालिकापत्रको फेसबुकमा जोडिएर ताजा खबरसंग अपडेट भइरहनु हुन अनुरोध छ ।)

प्रतिक्रिया दिनुहोस्