नेपाल मानव धर्म सेवा समितीमा गुरुपुजा महोत्सव


appharu

३० असार २०७९, बिहीबार ११:०७ मा प्रकाशित

पालिकापत्र,बुटवल । नेपाल मानव धर्म सेवा समिती श्री हंसयोग आश्रमले आफ्ना ईस्ट्देव लाई सम्झना गर्दै गुरुपुजा महोत्सव सम्पन्न गरेको छ ।
बिहानै पुजा हवन बाट स्टदेव लाई सम्झना गर्दै दिउँसो १२ बजे देखि भजन सत्सङ्ग तथा सास्कृतिक सहित कार्यक्रम सुरु भएको थियो । नेपाल मानव धर्म सेवा समिती, बुट्वल को प्रमुख महात्मा अम्बिका बाईजिको अध्यक्षता एवम बुट्वल उप महानगरपालिका का प्रमुख खेलराज पाण्डेको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा महात्मा गोबर्धन बाईजी, मन्जुला बाईजिले गुरु शिष्यको महत्त्व दर्शाउनु भएको थियो .। नगर प्रमुख पाण्डेले मानव धर्म ले गर्ने सबै समाजिक तथा धार्मिक कार्यहरु उत्कृष्ट रहेको र यस आश्रमले सन्चालन गर्दै आएको योगा कार्यक्रम एव शिक्षा अभियान बुटवल नगरले समेत समन्वय गरि सन्चालन गर्ने सकिने बताए । कार्यक्रममा समितिका उपाध्यक्ष कबिन्द्रमान श्रेष्ठ, पुर्व अध्यक्ष चेतनारायण गौतमले पनि बोलेका थिए । कार्यक्रममा भानु जयन्ती को अवसर मा आयोजना गरेको अन्तरविद्यालय कविता वाचनका बिजय छात्रा छात्र हरुलाई पुरस्कारकार वितरण समेत गरेको उक्त समितिका मिडिया संयोजक शिवराज गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्