पालिकापत्र, बुटवल ।
बुटवल उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा टेकराज पन्थी आउने भएका छन् । पन्थी राजपत्रांकित प्रथम श्रेणीका नेपाल सरकारका उपसचिव हुन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पन्थीसहित ३४ जना उपसचिवको सरुवा गर्दा उनी बुटवल उपमहानगरको प्रमुख प्रशासकीय अधिकृतका रुपमा जिम्मेवारी पाएका हुन् ।
मन्त्रालयले आर्थिक वर्ष सकिएपछि नियमित रुपमा कर्मचारीको सरुवा तथा पदस्थापन गर्छ । यसअघि पन्थी बाणगंगा नगरपालिका र त्यसअघि सैनामैनामा कार्यरत थिए । त्यसअघि उनले देशका ४५ वटा भन्दा धेरै पालिकामा काम गरेका छन् ।
सेवाग्राहीका फाइल ५ मिनेट भन्दा धेरै समय नरोक्ने प्रमुख प्रशासकीय अधिकृतकारुपमा प्रशंसा कमाएर उनले आफ्नो बेग्लै छवि बनाएका छन् । पन्थी बुटवल लक्ष्मीनगर निवासी हुन् ।