पार्टीका पालिकाका जनप्रतिनिधिलाई कांग्रेसले २ दिने प्रशिक्षण चलाउंदै


appharu

३० श्रावण २०७९, सोमबार ०८:१५ मा प्रकाशित

पालिकापत्र,काठमाडौं । नेपाली कांग्रेसले गत वैशाख ३० गतेको चुनावमा आफ्नो दलबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई आजदेखि अभिमुखीकरण एवं प्रशिक्षण दिंदै छ ।

कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले देशभरका पालिका प्रमुख(उपप्रमुखदेखि जिसस प्रमुख(उपप्रमुखलाई काठमाडौंमा आज र भोलि दुई दिन प्रशिक्षण दिन लागेको हो ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले बिहान ११ बजे हेरिटेज होटलमा प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्ने बताइएको छ ।

प्रशिक्षण स्थानीय तहमा जनप्रतिनिधिका काम कारबाही साथै आसन्न मंसिर ४ को निर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउन रणनीतिमा केन्द्रित हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्