पत्रकार ढेंगालाई देव पाटा स्मृति पत्रकारिता पुरस्कार


appharu

३० श्रावण २०७९, सोमबार ०८:२६ मा प्रकाशित

पालिकापत्र,बुटवल । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ रुपन्देहीले प्रदान गर्दै आइरहेको स्व. पत्रकार देवबहादुर पाटा स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार लोकनेश ढेंंगा मगरलाई सम्मान गरिएको छ ।
महासंघको २३ औं स्थापना दिवसको अवसर पारेर आइतबार पत्रकार ढेंगालाई लुम्बिनी प्रदेशका उर्जा जलश्रोत तथा सिंचाई मन्त्री वीरबहादुर रानाले ११ हजार १ सय नगदसहित दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

सोही कार्यक्रममा बोल्दै मन्त्री रानाले पत्रकारिता निष्पक्ष र विश्वासिलो हुनुपर्ने बताएका छन् ।
देशको समग्र परिवर्तनमा पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको बताउंदै पत्रकारितालाई थप शिर्जनशील बनाउनु पर्ने मन्त्री रानाको भनाइ छ ।
कार्यक्रममा पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, फोनिज केन्द्रिय उपाध्यक्ष सरु राना, फोनिज रुपन्देही पूर्व अध्यक्ष मिलन गाहा, पुरस्कृत पत्रकार लाकनेश ढेगा मगर लगायतले बोल्नुभएको थियो। फोनिज रुपन्देही अध्यक्ष सोनु थापाको अध्यक्षता, उपाध्यक्ष प्रेम थापाको सवागत र सचिव राज चौधरीको सञ्चालनमा सम्पन्न कार्यक्रममा प्रेस युनियनकी रेखा भुसाल, प्रेस चौतारीका लक्ष्मण पौडेल लगायतले बोलेका थिए । सो अवसरमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज रुपन्देहीले प्रकाशन गरेको सञ्चार डाइरेक्ट्री विमोचन गरिएको थियो । यस्तै फोनिजका पुर्व अध्यक्ष भीम गुरुङलाई पनि सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्