
पालिकापत्र,बुटवल । ग्यास विक्रेता संघ रुपन्देहीको दशौं बार्षिक साधारण सभा तथा पाँचौ अधिवेशनबाट प्रदीपप्रसाद पन्थ अध्यक्ष रहेको १९ सदस्यीय नयां नेतृत्व निर्विरोध चयन भएको छ ।
संघको वरिष्ठ उपाध्यक्षमा कल्पना कुंवर, उपाध्यक्षहरुमा राममिलन यादव र ज्ञानेन्द्र बन्जाडे,महासचिवमा सुर्य खनाल,सचिवमा माधव ढकाल, कोषाध्यक्षमा प्रकाश तिवारी र सहकोषाध्यक्षमा निरज कंडेल निर्वाचित भएका छन् ।
यस्तै कार्यसमिति सदस्यहरुमा शालिकराम वस्ती,टेकबहादुर क्षेत्री,गुरुप्रसाद ढकाल,अशोक लुइटेल, शिवलाल भुसाल,गणेश पाण्डे,घनश्याम भट्टराई,भागिरथ पाण्डे,गोबिन्द सापकोटा,सीता पोखरेल र तोमलाल पाण्डे निर्वाचित भएका प्रमुख निर्वाचन अधिकृत अधिवक्ता खडानन्द भण्डारीले जानकारी दिए ।
यसअघि अधिवेशन उद्घाटन समारोहमा बोल्दै व्यवसायीहरुले न्यून मुनाफा हुने व्यवासय भएकाले जथाभावी डिलर बढाउन रोकेर डिलरहरु आधा घटाउनुपर्नेमा जोड दिएका थिए । प्रति सिलिण्डर ग्यास विक्रिको कमिसन ४८ रुपैयाँ मात्रै रहेकाले यसबाट व्यवसाय धान्न मुस्कील परेको व्यवसायीको गुनासो छ ।
ग्याँस उद्योगहरुका विचमा पनि मुल्य एकरुपता नभएको भन्दै यसको लागि देशभरी नै एकै मूल्य कायम गर्नुपर्ने माग पनि गरेका छन् । कार्यक्रममा बोल्दै नेपाल ग्याँस विक्रेता महासंघका केन्द्रीय अध्यक्ष ज्ञानेश्वर अर्यालले ग्यास विक्रेता डिलरहरुको संख्या आवश्यकता भन्दा बढि भएको भन्दै सरकारी नियम अनुसार काठमाडांै उपत्यका भित्र ५ सय मिटर, तराईमा १ किलोमिटर आसपासमा डिलर नदिनको लागि उद्योगसंग माग समेत गरे ।
कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँणले समयक्रममा विद्युतीय चुलो ले एलपी ग्यासलाई विस्थापन गर्नसक्ने भन्दै सोही अनुसार उद्योगी व्यवसायीले सोच्न आवश्यक रहेको बताए ।
उनले रुपन्देही ग्यास विक्रेता संघको कार्यालय भवन निर्माणको लागि जग्गा उपलब्ध गराउन सक्दो प्रयास गर्ने प्रतिवद्धता जनाए ।
कार्यक्रममा अध्यक्ष प्रदिप प्रसाद पन्थले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष दुर्गा न्यौपानले आर्थिक प्रतिवेदन पेश गरेका थिए । कार्यक्रममा संस्थापक जिल्ला अध्यक्ष तथा पुर्व केन्द्रीय उपाध्यक्ष सहदेव श्रेष्ठ, लुम्बिनी प्रदेश अध्यक्ष राम प्रसाद गैरे, बुटवल उद्योग बाणिज्य संघका महासचिव विमलराज भट्राई, रुपन्देही व्यापार संघका वरिष्ठ उपाध्यक्ष डिल्लीराज भण्डारी, तिलोत्तमा वडा नम्बर ३ का अध्यक्ष कल्याण पौडेल, पञ्चमहालक्ष्मी ग्यास उद्योगका महेश पोखरेल, सिद्धार्थ ग्यासका शुसिल नेपाल, गुणस्तर तथा नापतौल कार्यालय बुटवलका निरिक्षक दिपेन्द्र कुमार रोका, ग्लोबल आईएमइ बैंक प्रदेश कार्यालयका प्रतिनिधी लोक नारायण न्यौपाने लगायतले मत्व्य राखेका थिए ।