नेपाली हर्ट र टिकटक ग्रुपद्वारा निमोनियाका विरामीलाई ३० हजार सहयोग


appharu

१२ भाद्र २०७९, आईतवार ०९:२८ मा प्रकाशित

पालिकापत्र,बुटवल । निमोनिया रोगले ग्रस्त भई आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भएका एक असहाय विरामीलाई नेपाली हर्ट ग्रुप बुटवल र टिकटक ग्रुपले आर्थिक सहयोग गरेको छ । प्युठानको झिमु्रुक–४ हर्रे घर भएका अभिभावक विहीन २६ वर्षिय विवेक जीसीलाई नेपाली हर्ट ग्रुप बुटवल र टिकटक ग्रुपका पदाधिकारी र सदस्यहरुले संकलन गरेर ३० हजार रुपैयां सहयोग गरेका हुन् । जीसीको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । तिलोत्तमा –८ दीपनगरका दामोदर घिमिरेको पहलमा उक्त रकम संकलन भएको हो । सहयोग हस्तान्तरण कार्यक्रममा नेपाली हर्ट ग्रुप बुटवलका अध्यक्ष टंकप्रसाद भुसाल,कमला पन्थी घिमिरे,कुसुम ज्ञवाली,प्रकाश चापागाइृ,रुचिका पोखरेल,पदम खनाल,सावित्रा केसी लगायत उपस्थित थिए । आर्थिक सहयोग पाएपछि जीसीले उपचारमा सहयोग पुग्ने भन्दै धन्यवाद दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्