जसपाबाट मन्त्री, कांग्रेसबाट उम्मेदवार !


appharu

२९ आश्विन २०७९, शनिबार ०९:५८ मा प्रकाशित

बुटवल ।
जनता समाजवादी पार्टी (जसपा) नेपालबाट मन्त्री भएका सहसराम यादवले पदबाट अझै राजीनामा दिएका छैनन् ।

जसपा परित्याग गरी नेपाली कांग्रेसबाट चुनाव लडेका यादव लुम्बिनी प्रदेशको भौतिक पूर्वाधार मन्त्री छन् ।

जसपा लुम्बिनी प्रदेश सभाका संसदीय दलका नेता समेत रहेका यादव हाल उक्त पार्टीमा छैनन् ।

मंसिर ४ को प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा यादव जसपा परित्याग गर्दै सत्ता गठबन्धनमा प्रवेश गरी रुख चिह्न लिएर चुनावी मैदानमा छन् ।

यादव मंसिर २३ गते जसपा परित्याग गरी कांग्रेस प्रवेश गरेपनि अझै पार्टीबाट राजीनामा दिएर नैतिकता प्रदर्शन गर्न नसकेको जसपा कपिलवस्तुका अध्यक्ष शैलेन्द्र कुमार यादवले बताए ।

‘जसपाबाट मन्त्री हुने तर अर्कै पार्टीबाट चुनाव लड्ने यो कस्तो प्रकारको राजनीतिक संस्कार हो रु अध्यक्ष यादवले प्रश्न गर्दै भने, ‘सहसराम जि ले नैतिकताको आधारमा मन्त्रीबाट राजीनामा दिनुपर्छ ।’

यादवलाई जसपाले आसन्न निर्वाचनमा पनि उम्मेदवार बनाउन चाहन्थ्यो । सोही अनुसार केन्द्रबाट एमाले–जसपा तालमेलमा कपिलवस्तु–१ को प्रदेश सभा ‘क’ जसपाको भागमा परेको थियो ।

यही क्षेत्रबाट चुनाव लड्ने गरी यादवलाई जसपाले उम्मेदवार बनाएको थियो । मंसिर २३ गते जसपाबाट मनोनयन दर्ता गर्ने गरी निर्वाचन अधिकृतको कार्यालय गजेहडा आएका यादव एकाएक मोडिएर रुख चिह्नका उम्मेदवार बन्न पुगेका थिए ।

जसपाका नेता तथा कार्यकर्तासंगै तालमाझको साथ मनोनयन दर्ता गराउन आएका उनी एकाएक मोडिएर कांग्रेस उम्मेदवार भएपछि कार्यकर्ता आक्रोशित बनेका थिए ।

यादवले पार्टी छाडेको एक हप्ता वित्न लाग्दा पनि मन्त्रीबाट हटाइएको छैन् । सत्ता गठबन्धनको लुम्बिनी प्रदेश सरकार रहेको कारण यादवलाई मन्त्रीबाट नहटाइएको हुन सक्ने जसपाका नेताको आशंका छ ।

‘हाम्रो प्रदेशमा विचित्रको राजनीति देखियो । मन्त्री एउटा पार्टीबाट हुने, उम्मेदवार अर्कोबाट । एक नेताले भने, ‘अझै मन्त्रीबाट राजनीतिमा दिन नसक्ने, यो कस्तो प्रकारको राजनीतिक चरित्र हो ।’

प्रतिक्रिया दिनुहोस्