छविलाल र दधिराम घरदैलोमा, मतदाताबाट पाए न्यानो माया


appharu

१७ कार्तिक २०७९, बिहीबार २१:३९ मा प्रकाशित

पालिकापत्र,रोहिणी । रुपन्देही–१ का प्रतिनिधि सभा र प्रदेश सभानका उम्मेदवारहरु मतदाताको घरदैलोमा पुगेर राय सुझाव लिएका छन् । प्रतिनिधि सभाका उम्मेदवार छविलाल विश्वकर्मा र प्रदेश सभा (२) का उम्मेदवार दधिराम न्यौपाने बिहीबार रोहिणीको वडा नं १ र २ तथा ओमसतियाको वडा नंं ४ का मतदाताको घरदैलोमा पुगेका छन् । घरदैलोका क्रममा उम्मेदवारसंग मतदाताले बसन्तपुर–गणेशनगर सडक छिटो पूरा गर्न सके दक्षिणी क्षेत्रका जनतालाई पुर्व पश्चिम राजमार्ग पुग्न सहज र छिटो हुने भन्दै उम्मेदवारको ध्यानाकर्षण गराए । यस्तै मतदाताहरुले सडक, पिउने पानी र सिंचाईको राम्रो व्यवस्था गर्न माग गरे । मतदाताहरुले देशको हित, राष्ट्रियताको रक्षा र विकासका लागि फेरि पनि एमाले राप्रपा र जसपाको गठन्धनले जित्नुपर्ने भदै जितको शुभकामनासहित आशिर्वाद दिएका छन् ।
सत्ता गठबन्धनका दलहरुले जिते सबै दललाई भाग पुराउन मन्त्रीमण्डल जम्बो बनाई देशको ढुकुटी रित्ताउने काम मात्रै हुने भएकाले एमालेलाई जिताउने वचन दिएका छन् । सो अवसरमा प्रतिनिधि सभा उम्मेदवार छविलाल विश्वकर्माले एमाले सरकारले तराई मधेशमा हुलाकी राजमार्ग र सदरमुकाम जोड्ने सडकका लागि ठूलो वजेट छुट्टाएकाले मधेशको विकास हुन थालेको बताए । प्रदेश सभा उम्मेदवार दधिराम न्यौपानेले एमाले सरकारले अघि बढाएका विकास निर्माणका अधुरा योजना पुरा गर्न फेरि एमालेले जित्नुपर्ने बताए ।
राप्रपाका सहमहामन्त्री ताहिर अली भाटले रुपन्देही १ मा एमाले राप्रपा जसपा गठबन्धन विपक्षी भन्दा ठूलो मतान्तरले अगाडि रहेकाले उत्साहित भएर जनतालाई मतदाता शिक्षा दिनुपर्ने सुझाव दिए । घरदैलोमा एमाले क्षेत्रीइ संयोजक वेद गिरी,जिल्ला कमिटी सदस्य प्रदीप पाण्डे जसपाकी प्रदेश सभाका समानुपातिक उम्मेदवार मधु सिंह लगायत सहभागी थिए । मतदाताले न्यानो माया र आशिर्वाद दिएपछि एमाले उम्मेदवारहरु उत्साहित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्