पालिकापत्र,बुटवल । लोक दोहोरी गायक बद्री पंगेनीले नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल र भोजप्रसाद श्रेष्ठ दुबैजनाले विकासे नेताको छवि बनाएको बताएका छन् । रुपन्देही क्षेत्र नं. २ को बुटवलमा एमालेले आयोजना गरेको चुनावी कार्यक्रममा पंगेनीले देशभरमै पौडेल विकासे नेतामध्ये पहिलो भएको दावी गरे । मुलुकको अहिलेको आवश्यकता विकास र समृद्धि नै भएकोमा पंगेनीले जोड दिए । ‘विकास र समृद्धि अहिलेको आवश्यकता हो, त्यसका लागि तपाईहरुले विष्णु पौडेल जस्तो नेता पाउनुभएको छ’–पंगेनीले भने–‘काठमाडौं र नेपालभरि नै विकासे नेता को भन्यो भने विष्णु पौडेलको नाम सबभन्दा पहिला आउंछ ।’
पौडेलको नेतृत्वमा विशेषगरी रुपन्देही र लुम्बिनी प्रदेशमा भएका विकास निर्माणका कामहरुको अथाह प्रमाणहरु खोज्न सकिने गायक पंगेनीले उल्लेख गरे । ‘उहांले ल्याएका वजेटहरु,योजनाहरु,भिजनहरु, वजेट कार्यान्वयन गर्ने कार्यक्षमता शायदै अरु नेताहरुमा हुनसक्ला’–पंगेनीले भने–‘स्थानीय तहका वडा वडासम्म समन्वय गरेर वजेट कार्यान्वयन गर्ने क्षमता उहांमा धेरै छ ।’
पंगेनीसंगै गायिका पूर्णकला बीसीले पनि नेकपा एमालेका उम्मेदवार विष्णु पौडेल र प्रदेश सभा सदस्य उम्मेदवार भोजप्रसाद श्रेष्ठको पक्षमा गीत गाएका थिए ।