पालिकापत्र,बुटवल । अर्घाखांची ठुलापोखरा सम्पर्क समाज रुपन्देहीले सरकारी विद्यालयमा अध्ययनरत गरीब तथा जेहेन्दार विद्यार्थीलाई स्वीटर बितरण गरेको छ । समाजले बुटवल उपमहानगरपालिका १५ मा स्थित दुर्गा भवानी आधारभूत बिद्यालयका ८१ जना छात्र छात्राहरूलाई जाडोमा न्यानो दिलाउन स्वीटर वितरण गरेको हो । बुटवल १५ का वडा अध्यक्ष शिव रानाको प्रमुख आतिथयता, नेत्र प्रसाद पान्डेको अध्यक्षता, लक्ष्मण रेग्मीको स्वागत र रिषिराम भट्टराईको संचालनमा भएको कार्यक्रममा समाजका ज्ञान प्रसाद पौडेल,कमल पौडेल लगायतले समाजले सामाजिक काममा क्रियाशील हुनुपर्ने सुझाव राखेका थिए ।