लुम्बिनीका मुख्यमन्त्री गिरीले पाएनन् विश्वासको मत, ढल्यो एमाले नेतृत्वको सरकार


पालिका पत्र

११ बैशाख २०८०, सोमबार १४:०९ मा प्रकाशित

कपिलवस्तु, ११ वैशाख । लुम्बिनी प्रदेशको सरकार ढलेको छ। मुख्यमन्त्री लीला गिरीले विश्वासको मत नपाएसँगै लुम्बिनीमा नेकपा एमाले नेतृत्वको प्रदेश सरकार ढलेको हो।

सोमबार प्रदेश सभामा भएको मतदानमा गिरीले ३३ मत मात्रै प्राप्त गरेका थिए। उनको विपक्षमा ५३ जना सांसद उभिएका थिए। गत पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका गिरी नेतृत्वको सरकार १०३ दिनमै ढलेको हो।

यस्तै, गण्डकी प्रदेशमा पनि एमाले नेतृत्वको सरकारले विश्वासको मत नपाएर शनिबार ​खगराज अधिकारीको नेतृत्वको सरकार ढलिसकेको छ।

प्रतिक्रिया दिनुहोस्