प्रकृतिको दोहन गर्ने भेटिंदैछन् दिन-दिन
त्यही पिरले झस्किरहन्छु दुःख्दै-दुःख्दै छिन-छिन
स्वच्छ हावा स्वच्छ पानी अक्सिजन छैन फसेल
पर्यावरण जोगाउँने साथी पाउनै हम्मे अचेल ।
बन्दैगाछ वायु पनि धुलो मैलो विषयुक्त
कसोगरी होइएला खै यसबाट अब मुक्त
नदी तलाउ खोचँ बेसी महत्व छन् सबको फरक
नबन्दिए हुन्थ्यो मान्छे आफ्नो विनाश आफैँ कारक ।
बढ्दैगाछ तापमान घट्दै हिँउ पानी मुहान
समुद्रको तह बढी परिरहेछ जमिन डुवान
अतिक्रमण बढ्दैगाछ मासिदैछ सिमसार पनि
यस्तो कर्म किन गर्छ मान्छे सधैँ अबुझ बनी ।
जताभावी विनाश गर्नु कमजोरी हो हाम्रो ज्ञानको
हुनुपर्छ संरक्षण सबै जीवको बासस्थानको
हाम्रो जस्तै सबै जीवको बाँच्ने हक छ है जान
पुग्नुपर्छ सबैको नै विकास निर्माण गर्दा ध्यान ।
विपत्तिको कारक हामी किन आफैँ बन्दैगाछौं
जानीजानी भुल गर्दै त्यसै किन मुर्ख भाछौँ
धिक्कार्ने छ सन्ततीले आउँदैन कोही हामीलाई सुन्न
अब पनि गल्ती गरे माफी दिने कोही हुन्न ।
आफ्नो माया जति लाग्छ उस्तै-उस्तै पर्यावरण
सँच्चिएला कि मान्छे भनी गर्दैछु म धैर्यधारण
एउटै विचार एउटै लक्ष हुनुपर्छ अब हाम्रो
जोगाएर पर्यावरण पार्नुपर्छ धर्ती राम्रो ।
(समाप्त)
लेखकः ताराप्रसाद वस्ती