पर्यटकीय क्षेत्र गाभर भ्याली : होमस्टेसँगै सामुदायिक जीन बैंकले चर्चामा


पालिका पत्र

२९ जेष्ठ २०८०, सोमबार १७:२८ मा प्रकाशित

आरती कट्टेल, कोहलपुर, जेठ २९ । बाँकेको कोहलपुर चौराहाबाट आठ किलोमिटर उत्तरमा अवस्थित छ, गाभर भ्याली अर्थात् बाँकेको ‘कान्छो देउराली’ । अहिलेको तराई क्षेत्रको उखरमाउलो गर्मीमा यहाँ पुग्नेहरु जो कोही शितलताको अनुभव गर्दै होमस्टेमा रमाउने गर्छन् ।

बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेको बैजनाथ गाउँपालिका, ३ मा यो क्षेत्र सुन्दर र शान्त वातावरण चारैतिर पहाडले घेरिएको छ । पछिल्लो समय होमस्टेको स्थापनाले गाभर भ्याली चर्चामा छ  । जसका कारण गाभरलाई विशेष बनाएको छ नै त्यसमाथि भ्याली भित्र रहेका मिश्रीत समुदायको वस्ती र जीन बैंक, तराई र पहाडको सांस्कृतिक झल्को एकै ठाउँमा भेटिने भएका कारण यहाँ आन्तरिक तथा बाह्य पर्यटकहरूको संख्या बढ्दो क्रममा रहेको छ ।

कृषि र संस्कृतीको केन्द्र विन्दु भएकै कारण यस क्षेत्रमा पर्यटकहरूको आकर्षणको केन्द्र बन्दै गएको छ । गाभर भ्यालीमा रहेका होमस्टेमा अर्गानिक रैथाने परिकारहरूको स्वाद लिई आफ्नै परिवारका सदस्यलाई जस्तै खानपिन मात्र गराइदैन, यहाँ पुग्ने जो कोहीलाई आफ्नै घरमा पुगेको अनुभुती समेत दिलाउने पर्यटक बताउँछन् ।

यहाँ हरेक घरको फरक–फरक विशेषता रहेको छ  । तर, हरेक होमस्टेमा विषेश थारू परिकारहरु पाइन्छ  । होमस्टेमा थारू समुदायले परापूर्वकाल देखि प्रयोग गर्दै आएको (हेल्का, डेल्या, हलो, जुवा, छट्री, जाल, जब्या, दुना, टपरी, तेल पेल्ने कोल, ढिकी, जाँतो) पौराणिक सामग्री अवलोकन गर्न सकिन्छ  ।

होमस्टेमा माहुरी लगायत विभिन्न कीराफट्याङ्ग्राको संरक्षणका लागि भन्दै पहिलो सामुदायिक जीन बैंक पनि स्थापना गरिएको छ । माहुरी र माहुरी प्रजातिका अन्य जीवका साथै पानीमा पाइने कीराका लागी प्राकृतिक वासस्थानको व्यवस्थापन गरिएको होमस्टे संञ्चालक बताउँछन । त्यस किसिमको वासस्थानमा माहुरी प्रजातीका विभिन्न किराफट्याङ्ग्रा आउन थालिसकेको उनीहरूको भनाई छ ।

जीन बैंक अवलोकन गर्न आउने पर्यटकहरूको संख्या पनि क्रमिक रुपमा बढ्दै गएको संरक्षणकर्मीले बताएका छन् । उक्त क्षेत्रमा होमस्टे संचालक तथा संरक्षणकर्मीले काठ तथा बाँसबाट कीराका लागी विभिन्न खालका कृत्रिम घर बनाइदिएका छन् ।
होमस्टेले वातावरण संरक्षणलाई समेत जोड दिएको छ  । होमस्टे परिसरमा विभिन्न थरीका फलफूलका बोट र बिरूवाको अवलोकन गर्दै आनन्द लिन सकिन्छ  ।

होमस्टे परिसरमा अर्जुन, पारिजात, सतिसाल, विजयसाल, धुपीसाल, सतिवन, कपुर, कदम, मौवा, असना, हर्रो, अमला, मालु, बोतलब्रास, सेरी, कचरी, शीतलचिनी, सुनाखरी, अमलेसो, चमेली, कटहर, लिची, आँप, पिपल, विभिन्न जातका कागती, जामुन, निम, बकाइनो, गुलमोहर लगायत फलफूलका बिरूवाहरू पाइन्छन् ।

गाभर उपत्यकाका लोभलाग्दा दृश्य, प्राङ्गारिक कृषि प्रणाली, जैविक पार्क, मिश्रित परम्परामा आधारित होमस्टेलाई पर्यटकिय क्षेत्रको रूपमा प्रवद्र्धधन तथा विकास गरिएको छ ।

पारिस्थिकिय प्रणाली (इको सिस्टम) सन्तुलन राख्न, जैविक विविधता संरक्षणमा टेवा पु¥याउन, कृषि र पर्यावरणमा आधारित पर्यटन प्रवद्र्धन गर्न राष्ट्रिय कृषि आनुबंशिक स्रोत केन्द्र जीन बैंक (नार्क) खुमलटारको आयोजना तथा रैथाने एग्रि प्रोडक्ट प्रालीको सहकार्यमा मुलुककै पहिलो सामुदायिक जीन बैंकको स्थापना गाभर भ्यालीमा गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्