बुद्धभूमिले ल्यायो १ अर्ब १८ करोड बढीको बजेट


पालिका पत्र

८ असार २०८०, शुक्रबार १९:०६ मा प्रकाशित


बुद्धभूमि, असार ०८ ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको १३ औं नगरसभाले आगामी आर्थिक बर्ष २०८०/0८१ का लागि रु १ अर्ब १८ करोड २२ लाख २७ हजार रुपैयाँ बराबरको कुल आय अनुमान गरी सोही बराबर खर्च गर्ने गरी आय तथा व्ययको अनुमानित बजेट सार्वजनिक गरेको हो ।

नगरपालिकाले भौतिक पूर्वाधार विकास समिति तर्फ २३ करोड (४९.७ प्रतिशत), आर्थिक विकास समिति तर्फ रु १ करोड १९ लाख ५ हजार ४.७ प्रतिशत, सामाजिक विकास समिति तर्फ रु ७ करोड ३० लाख (१५.८ प्रतिशत), बन बतावरण तथा विपद् ब्यवस्थापन समिति तर्फ रु १ करोड ४६ लाख ६८ हजार (३.२ प्रतिशत) बजेट नगरपालिकाका उप प्रमुख मीरा थारुले सार्वजनिक गरेकि हुन ।

गौरवका योजनामा निरन्तरता तथा अधुरा योजनाहरु पुरा गर्न उच्चतम जोड, सामाजिक, आर्थिक तथा भौतिक पुर्वाधारहरु निर्माणसंगै गुणस्तरीयतामा वृद्धि, कृषि तथा पशु विकासको आधुनिकिरण, व्यवसायीकरण र बजारीकरणलाई मुख्य प्राथमिकता दिएर बजेट सार्वजनिक गरिएको हो ।

गुणस्तरीय आर्थिक, सामाजिक, भौतिक पुर्वाधारहरुको निर्माणद्धारा समृद्ध बुद्धभूमि र सुखी बुद्धभूमि भन्ने मुल नाराका साथ नगरपालिकाका प्रमुख केशव कुमार श्रेष्ठले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उत्पादकत्व अभिवृद्धि गर्ने, आन्तरिक रोजगारी प्रवद्र्धन र श्रमको सम्मानमा जोड दिने महत्वपुर्ण योजना सार्वजनिक गरिएको हो ।

त्यस्तै विपदको सम्बोधन र स्वास्थ्य क्षेत्रको सुधारमा जोड दिने, सामाजिक सुरक्षा तथा संरक्षणको प्रत्याभूति दिलाउने, नगर गौरवका योजना, अधुरा तथा निरन्तर योजनालाई प्राथमिकता दिने, सुशासन अभिवृद्धि गर्ने र समन्वय तथा साझेदारी प्रवद्र्धन गर्ने उद्देश्य सहित नीति तथा कार्यक्रम सार्वजनिक भएका छन् ।

यो संगै बुद्धभूमि नगरपालिकाको विनियोजन ऐन २०८०, बुद्धभूमि नगरपालिकाको आर्थिक ऐन २०८०, बुद्धभूमि नगरपालिकाको दररेट ऐन २०८० नगर सभाबाट पारित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्