शितगंगाको कृषिमा जंगली जनावर मुख्य समस्या !


पालिका पत्र

१९ असार २०८०, मंगलवार १८:३९ मा प्रकाशित

शितगंगा, असार १९ । अर्घाखाँचीको शितगंगा नगर क्षेत्रको कृषिमा जंगलि जनावर बाधक बनेको अगुवा कृषकहरुले बताएका छन् । शितगंगा नगरपालिका नगर स्तरीय अगुवा कृषक अन्र्तक्रिया कार्यक्रममा उनिहरुले यस्तो बताएका हुन । शितगंगा नगरपालिका भुगोलका हिसाबले देश कै ठुलो नगरपालिका हो । कृषिको लागि संम्भावना भएको क्षेत्र पनि भएकाले यसलाई कृषि उत्पादन संग कसरि जोड्न सकिन्छ भन्नेमा नगरपालिकाले चासो व्यक्त गरेको छ ।

कार्यक्रममा शितगंगा नगरपालिकाका प्रमुख छविलाल पौडेलले शितगंगाको कृषिका लागि पकेट क्षेत्र निर्धारण गरेर अगाडि बढ्नु पर्ने बताए । उनले माटो परिक्षण गरेर कुन स्थानमा कस्तो बालि लगाउन सकिन्छ, त्यस अनुसारको बालि लगाएमा राम्रो उत्पादन गर्न सकिने जिकिर गरे । नगर प्रमुख पौडेलले प्युठान देखि पाल्पाको सिमा क्षेत्रमा केरा खेति गर्न सकेमा नगरलाई प्रत्यक्ष उत्पादन संग जोड्न सकिने बताएका छन् । उनले अन्य क्षेत्रमा कतै मकै, धान, तथा स्थानिय बालिलाई उत्पादन मुखि बनाउन सकिने बताए ।

यसरि शितगंगा नगरपालिकामा भएका उत्पादित बालिलाई अन्य क्षेत्रमा निर्यात गर्न सकिने र आर्थिक रुपमा नगरलाई प्रत्यक्ष लाभ हुने बताए । पौडेलले कृषिका लागि बाधक बनेका जंगलि जनावरलाई नियन्त्रण गर्न नगरपालिकाले नयाँ कार्ययोजना बनाएर अगाडि बढ्ने बताए ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत झबिन्द्र खनालले कृषकका समस्यामा नगरले नयाँ तथा पृथक खालका कार्यक्रम गर्नुपर्ने बाएका छन् । उनले भने “शितगंगा नगरपालिकाले हरेक बर्ष कृषिमुखी बजेट ल्यएको छ, मात्र भुगोल साथ नदिदाँ केही कमजोरी भएको छ ।” प्रमुख प्रशासकिय अधिकृत खनालले आर्थिक बर्ष २०८०र०८१ का लागि उत्पादनमा आधारीत १ करोड २० लाख रुपौयाँ अनुदान रहेको बताए ।

कार्यक्रममा बोल्ने अगुवा कृषकहरुले शितगंगा नगरपालिकालाई भुगोलले पनि साथ नदिदा कृषिमा थप समस्या भएको बताएका छन् । उनिहरुले नगर क्षेत्रका बासिन्दा बसाई सराई गरेर जाने र जमिन बाजो रहने भएकाले पनि समस्या देखिएको जनाएका छन् । उनिहरुले जनतन कृषकले उत्पादन गरेको कृषि सामग्रिले बजार पाँउन नसकेको गुनासो गरेका छन् ।
शितगंगा नगरपालिकामा मुख्यगरी पानिको समस्या भएकाले पनि राम्रो उत्पादन गर्न नसकिएको कृषकले गुनासो गरे । उनिहरुले उत्पादन मुखि अनुदानमा नगरपालिकाले चासो राख्नु पर्ने बताएका छन् ।

सोमवार नगरको सभाहलमा भएको नगर स्तरीय कृषि अगुवा अन्र्तक्रिया कार्यक्रम नगरपालिकाको अर्थिक सहयोग तथा दाह्री दाईको कृषि तथा पशुपंक्षी फर्मको संयोजनमा सम्पन्न भएको हो । कार्यक्रममा व्यवसायीक रुपमा कृषि पेशामा संलग्न ७० जना कृषकको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्