गाउँपालिकाद्धारा मेलमिलाप कर्ताहरुलाइ सम्मान


पालिका पत्र

२० असार २०८०, बुधबार १८:०९ मा प्रकाशित

बिजयनगर, असार २० । कपिलवस्तुको बिजयनगर गाउँपालिकाले विभिन्न वडामा कार्यरत मेलमिलाप कर्तालाई सम्मान गरेको छ । तालिममा सहभागि भएका २३ जना लाई गाउँपालिले सम्मान गरेको हो । तालिममा प्रत्येक वडा बाट ३ जनाका दरले र गाउँपालिकाका २ जना गरि २३ जनालई सम्मान गरिएको छ ।

सम्मान कार्यक्रम लाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष गोपाल बहदुर थापाले पलिकाको मुद्दाहरू पलिका भित्रै समाधान गर्न सफल हुनु हुने सम्पुर्ण मेलमिलाप कर्ताहरूलाई धन्यवाद दिए।

यस्तै प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले सम्पुर्ण साथीहरू को सफलताको शुभकामना दिदै मेलमिलाप कर्ता, न्यायीक समिति , जनप्रतिनिधि र कर्मचारीहरू लागेमा एक दिन बिजयनगर गाउँपालिकामा कुनै घटना र झैझगडा मुक्त गाउँपालिका घोषणा हुने कुरामा आफूले बिस्वास लिएको बताए ।

यस्तै न्यायिक समिति संयोजक एंव बिजयनगर गाउँपालिका उपाध्यक्ष लक्षी कुमारी चौधरीले नेपालको संविधान २०७२ ले स्थानीय स्तरमा न्यायिक समिति रहने र न्यायिक समितिको मातहतमा प्रत्येक वडामा मेलमिलाप केन्द्र गठन गर्नुपर्ने ब्यावस्था रहिआएकोले मेलमिलाप कर्ता छनोट गरिएको बताईन् । उनले सबैलाई धन्यवाद दिदै मेलमिलाप कर्ताहरूको लगनसिलताको उच्च मुल्यांकन गरिएको जानकारी दिईन्।

बिजयनगर गाउँ पालिकाको आयोजना रेसुङा ट्रेन्डिङ एण्ड मल्टी प्रपोज कम्पनी तिलोत्तमा रुपन्देहीको व्यवस्थापन र जनहित संरक्षण मंच प्रो (पब्लिक) को सहजीकरणमा कार्यक्रम भएको थियो ।

प्रतिक्रिया दिनुहोस्