कपिलवस्तु, असार २३ । अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर १३ को मुसिवान-माझिफाँट जोड्ने पुल बनेपछि सहज भएको छ । लामो समयदेखि समस्यामा रहेका स्थानियलाई पुल बनेपछि आवत जावतमा सहजता भएको हो ।
कुल ६० लाखको लागतमा उपभोत्ता समिति मार्फत पुल निमार्ण सम्पन्न भएको वडा अध्यक्ष दुर्गा बिसीले बताए । पुल निमार्ण सम्पन्न भएपछि शुक्रवार सार्वजनिक लेखा परीक्षण सुनुवाई कार्यक्रम गरिएको छ ।
मुसिवान झोलुङ्गे पुल निमार्ण उपभोत्ता समितिको आयोजनामा पुल निमार्ण स्थानमा सुनुवाई कार्यक्रम गरिएको हो । कार्यक्रममा उपभोत्ता समितिका अध्यक्ष श्याम सुन्दर बिसीले पुल निमार्णको आय व्यय प्रस्तुत गरेका थिए ।
२०७९ साल भदौमा सुरु भएको झोलुङ्गे पुल तोकिएको समयसिमा भित्रै अर्थात समयमै सम्पन्न भएको जानकारी दिइएको छ ।चुनावका वेला वडा अध्यक्ष दुर्गा बिसीले बोलेको वाचा पुरा गरेको स्थानिय घनश्याम क्षेत्रिले बताए । उनले भने “पुल बन्ने हो वा होईन भन्नेमा आशंका थियो, वडा अध्यक्षले पुरा गर्दिनु भो, धन्यवाद !” साथै क्षेत्रिले समयमै पुल निमार्ण भएपछि आफुहरु खुसी भएको बताए ।
कार्यक्रममा उपभोत्ता समितिका पदाधिकारी, वडा कार्यालयका प्रतिनिधी, प्राविधिकहरु तथा वडाका स्थानियको उपस्थिती रहेको थियो ।