गैर आवसिय नेपाली संघ माल्टाको उपाध्यक्षमा बाणगंगाका गौतमको उम्मेद्वारी


पालिका पत्र

९ श्रावण २०८०, मंगलवार १९:१८ मा प्रकाशित


कपिलवस्तु, ०९ साउन ।
गैर आवसिय नेपाली संघ राष्ट्रीय समन्वय परिषद् माल्टाको उपाध्यक्षमा कपिलवस्तुको बाणगंगाका पशुपति गौतम (रोहित) को उम्मेद्वारी परेको छ । गैर आवसिय नेपाली संघ (एन आर एन ए को) २०२३–२०२५ का लागि गौतमले उम्मेद्वारी दिएका हुन् । उनी “निस्वार्थ, निरन्तरता र निष्पक्षता” को नारा लिएर चुनावमा होमिएका छन् । यहि जुलाई ३० तारिखमा माल्टामा हुने चुनावमा आफुलाई अत्यधिक मतका साथ विजयी गराउन गौतमले मतदातालाई आग्रह गरेका छन् । आफुले उपाध्यक्षमा जितेपछि संघको सर्वपरी हुने गरि मतदाताका लागि समय खर्चिने बताए ।

प्रतिक्रिया दिनुहोस्