शितगंगा, साउन २० ।
शितगंगा नगरपालिका वडा नम्बर ११ को देबिदेउराली सामुदायिक बनका अध्यक्ष बाबुराम आर्चायले सेटिङमा काठ उपलब्ध गराउने भन्दै ३ लाख रकम ठेकदार सँग लिएको खुलेको छ । सुटुक्क बनको काठ मिलाइदिने भन्दै आर्चायले पोखराका ब्यापारि सँग गत फागुन महिनामै रकम लिएर काठ उपलब्ध गराउन नसके पछि आर्चायको कर्तुत बाहिरिएको हो ।
काठ लिलामको सुचना लुकाएर सुटुक्क दिने भन्दै समितिलाइ समेत जानकारी नगराइ काठ लिलाम गर्न रकम लिएका आर्चायले काठ संकलन गरेको रकम समेत कामदारले नपाएको गुनासो गरेका छन । जंगलबाट काट निकालेर घाटगद्यी सम्मको काम गर्ने कामदारले भने ५ महिना देखि कुनै रकम नपाएको काम गरिरहेका होम बहादुर बिकले गुनासो गरेका छन ।
बनको खातामा समेत रकम हुँदा पनि कामदारको रकम आर्चायले नदिएको समितिका सदस्यहरुको गुनासो छ । आर्चाय समितिको बैठक बसाल्न समेत आनाकानी गर्ने गरेका छन । कामदारको रकम नदिने आर्चायले असार लागे पछि मनोमानी रुपमा सडक खनेर ७ लाख सकिएको भन्दै हिसाव समितिमा दिएका छन । यता वडाका जनप्रतिनिधीले भने मुख्य सडकमा लगानी गर्न भन्दा नमानी मनोमानी रुपमा अध्यक्षले सवारी नै नजाने क्षेत्रमा बजेटको दुरुपयोग गरेको जनप्रतिनिधीको गुनासो छ .
बाबुराम आर्चायको व्याक्तिगत खातामा ठेकेदारले रकम पठाएको बैंक भौचरः