१४ औं कपिलवस्तु महोत्सवमा डेढ दर्जन राष्ट्रिय कलाकार आउँने


पालिका पत्र

१८ मंसिर २०८०, सोमबार १७:३५ मा प्रकाशित

जितपुर, मंसिर १८ । बाणगङ्गा वेलफेयर सोसाइटीको आयोजनमा यही मंसिर २१ देखि पुष १ गतेसम्म सञ्चालन हुने १४ औं कपिलवस्तु महोत्सवमा राष्ट्रिय स्तरमै चर्चामा रहेका कलाकारहरूको बेजोड प्रस्तुती रहने भएको छ । 

चार नम्बरको बुद्ध रङ्गशालमा ११  दिन सम्म सञ्चालन हुने महोत्सवमा राष्ट्रियसँगै स्थानीय कलाकारहरू, पहिलो पटक अन्तर्राष्ट्रिय खेलाडीहरूसँग रेस्लिङ प्रतियोगिता, १२ औं कपिलवस्तु डान्स आइडलको बेजोड प्रस्तुति रहने महोत्सवका संयोजक राजकुमार खाँणले जानकारी दिए ।

जसमा राष्ट्रियसँगै स्थानीय कलाकारहरूको बेजोड प्रस्तुती रहने महोत्सवका निर्देशक बुद्धि बहादुर रोकाहा (दिनेश)ले जानकारी दिए । 

मंसिर २२ गतेका राष्ट्रिय कलाकारहरुसँगै अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता

मंसिर २२ गते महोत्सवको दोस्रो दिन राष्ट्रिय रुपमा चर्चित आधुनिक गायिका अनु चौधरी, प्रिस लम्साल, संगीता चितौरी, रेशम निर्दोषसँगै स्थानीय कलाकार र १२ औं कपिलवस्तु डान्स आइडलको समेत बेजोड प्रस्तुती रहने छ । यस्तै महोत्सवमा कपिलवस्तु जिल्लामै पहिलो पटक अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता हुने छ ।


मंसिर २३ गतेका राष्ट्रिय कलाकारहरुसँगै अन्तर्राष्ट्रिय रेस्लिङ्ग प्रतियोगिता

महोत्सवको तेस्रो दिन २३ गते राष्ट्रिय रुपमा चर्चित लोक आधुनिक गायक रामजी खाँण, अस्मिता डल्लाकोटी, अफसर अलिसँगै स्थानीय कलाकारहरू र १२ औं कपिलवस्तु डान्स आइडलको बेजोड प्रस्तुती रहने छ । यस्तै महोत्सवमा कपिलवस्तु जिल्लामै पहिलो पटक अन्तर्राष्ट्रिय रेसलिङ्ग प्रतियोगिता हुने छ ।

मंसिर २४ गतेका राष्ट्रिय कलाकारहरू

महोत्सवको चौथो दिन २४ गते राष्ट्रिय रुपमा चर्चित आधुनिक गायिका अस्मिता अधिकारी, श्याम राना, वर्षा थापा, उज्जवल गिरीसँगै स्थानीय कलाकारहरु र १२ औं कपिलवस्तु डान्स आइडलको बेजोड प्रस्तुती रहने छ ।

मंसिर २५ गतेका राष्ट्रिय कलाकारहरू

महोत्सवको पाँचौ दिन २५ गते राष्ट्रिय रुपमा चर्चित लोक आधुनिक गायक खेम सेञ्चुरी, बालचन्द्र बराल, कोपिला न्यौपानेसँगै स्थानीय कलाकारहरु र १२ औं कपिलवस्तु डान्स आइडलको बेजोड प्रस्तुती रहने छ ।

मंसिर २६ गतेका राष्ट्रिय कलाकारहरू

महोत्सवको छैठौ दिन २६ गते राष्ट्रिय रुपमा चर्चित लोक दोहोरी गायिका शान्ति श्री परियार, अलिफ खान, रचना रिमालर, नारायण विपी परियारसँगै स्थानीय कलाकारहरु र १२ औं कपिलवस्तु डान्स आइडलको बेजोड प्रस्तुती रहने छ ।

मंसिर २७ गतेका राष्ट्रिय कलाकारहरू

महोत्सवको सतौँ दिन २७ गते राष्ट्रिय रुपमा चर्चित आधुनिक गायक प्रमोद खरेल, राजु गुरुङ, सपना गाहा, दिपक दर्लामीसँगै स्थानीय कलाकाहरु र १२ औं कपिलवस्तु डान्स आइडलको बेजोड प्रस्तुती रहने छ ।

मंसिर २८ गतेका राष्ट्रिय कलाकारहरू

महोत्सवको आठौँ दिन २८ गते राष्ट्रिय रुपमा चर्चित लोक दोहोरी गायक पशुपति शर्मा, मञ्जु भट्टराई, प्रकाश दुतराजसँगै स्थानीय कलाकारहरु र १२ औं कपिलवस्तु डान्स आइडलको बेजोड प्रस्तुती रहने छ ।

मंसिर २९ गतेका राष्ट्रिय कलाकारहरु

महोत्सवको नवौं दिन २९ गते राष्ट्रिय रुपमा चर्चित लोक आधुनिक गायक रमेशराज भट्टराई, पुष्कल शर्मा, विष्णु श्री पालीसँगै स्थानीय कलाकारहरु र १२ औं कपिलवस्तु डान्स आइडलको बेजोड प्रस्तुती रहने छ ।

मंसिर ३० गतेका राष्ट्रिय कलाकारहरू

महोत्सवको दसौं दिन मंसिर ३० गते देउडा लोक गायक टंक तिमिलसिना, सन्दीप न्यौपाने, सुप्रिम मल्लसँगै स्थानीय कलाकारहरु र १२ औं कपिलवस्तु डान्स आइडलको बेजोड प्रस्तुती रहने छ ।

पुष १ गते समापनसँगै डान्स आइडलको फाइनल

महोत्सवको ११ औं दिन १४ औं कपिलवस्तु महोत्सवको समापन हुनेछ । १२ औं कपिलवस्तु डान्स आइडको फाइनल पनि पुष १ गते नै हुने डान्स आइडल संयोजक खडक बहादुर क्षेत्रीले बताए । महोत्सवमा हास्य कलाकाहहरुको बेजोड प्रस्तुती हुनका साथै ब्याण्डको पनि विशेष प्रस्तुती रहने छ । यस्तै महोत्सवमा थप राष्ट्रिय कलाकारहरु ल्याउनका लागि छलफल चलिरहेको आयोजकले जनाएका छन् ।

महोत्सवमा १२ औैं कपिलवस्तु डान्स आइडल, चर्चित अन्तर्राष्ट्रिय खेलाडीको रेसलिङ प्रतियोगिता, स्थानीय तथा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती, स्थानीय कृषि उत्पादन, घरेलु तथा साना उद्योगको प्रदर्शनी, मुक्तिनाथ मन्दिरको गेट र भिडियो जोन, वक्तृत्वकला प्रतियोगिता, आइटी तथा अटो क्षेत्रको प्रदर्शनी, बाल उद्यान, लुम्बिनीमा रहेको शान्ति दीप, विभिन्न झाँकी प्रदर्शनी तथा अन्य आकर्षकहरु महोत्सवका प्रमुख आकर्षकहरु हुन ।

यस क्षेत्रको उद्योग, व्यापार, पर्यटन, भेषभूषा, कला, संस्कृति, ऐतिहासिक स्थल संरक्षण तथा प्रवद्र्धन गर्न कपिलस्तु महोत्सवले र कला संस्कृति प्रवद्र्धनमा कपिलवस्तु डान्स आइडलले विशेष योगदान गर्दै आएको छ । 
महोत्सवमा तीन सय बढी स्टल रहने जसमध्ये व्यवसायिक १ सय ८०, कृषिका स्टल २० बढी, घरेलुका स्टल ५० बढी र विभिन्न प्रदर्शनका ५० बढी स्टल रहने छन् ।

बाणगंगा वेयलफेर सोसाइटी बाणगंगाको चर्चित र पुरानो सामाजिक कार्यमा क्रियाशील क्लबको रुपमा आफ्नो छुट्टै छवि बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्