कपिलवस्तुमा फोहोर ब्यवस्थापन : ‘जलाउन सहज मान्छन् नागरिक’


९ बैशाख २०८१, आईतवार ०९:४६ मा प्रकाशित

बैशाख ९ गते । कृषि कार्यबाट निस्किएको फोहोर व्यवस्थापनको मुख्य किसिममा कपिलवस्तुमा सबैभन्दा बढि जलाएर व्यवस्थापन गर्ने गरिएको पाइएको छ । फोहोरमैला जलाउँदा त्यसले पारेको गम्भीर असर बारे यहाँका नागरिक सचेत समेत नभएको पाइएको हो ।

जिल्लाको १० स्थानीय तहमध्ये कृष्णनगर नगरपालिकामा भने कृषिजन्य फोहोर व्यवस्थापनका लागि सबैभन्दा बढि जलाएर गर्ने गरेको हालै सार्वजनिक राष्ट्रिय कृषि गणना, २०७८ अन्तर्गतको सामुदायिक प्रतिवेदनमा उल्लेख गरिएको छ । जलाएर हुने असरका बारे सचेत भने बुद्धभूमि नगरपालिका देखिएको छ ।

फोहोर व्यवस्थापनको मुख्य किसिममा दोस्रोमा कम्पोष्ट बनाएर र त्यसपछि गाडेर व्यवस्थापन गर्ने र क्रमशः फोहोर व्यवस्थापकलाई पठाउने, कुनैपनि व्यवस्थापन गर्ने नगरिएको र अन्य तरिकाबाट व्यवस्थापन गर्ने तथ्याङ्क छ ।

जिल्लाका दश स्थानीय तहका ९१ वटा वडामध्ये बाणगंगाका ९ वटा, बुद्धभूमिका १० वटा, शिवराजका १० वटा, बिजयनगरका ७ वटा, कृष्णनगरका १० वटा, महाराजगंजका ११ वटा वडामा विवरण संकलन गरिएको थियो । यस्तै, कपिलवस्तु नगरपालिकाका १२ वटा, यशोधराका ८ वटा, मायादेवीका ८ वटा र शुद्धोधनका ६ वटा वडामा वडाका अध्यक्ष वा सचिवमार्फत अन्तरर्वार्ता विधिबाट सामुदायिक प्रश्नावली भराएर तथ्यांक संकलन गरिएको थियो ।

शिवराजमा गाडेर फोहोर ब्यवस्थापन गर्ने नागरिक धेरै रहेको पाइएको छ । कपिलवस्तु नगरपालिकामा कम्पोष्ट मल बनाएर ब्यवस्थापन गर्ने गरिएको संख्या धेरे रहेको छ । वातावरण संरक्षण ऐन, २०७६ ले वातावरणमा ह्रास आउने गरी निष्कासन गरिएको तरल, ठोस, ग्यास, लेदो, धुवाँ, धूलो, विकिरणयुक्त पदार्थ वा त्यस्तै प्रकारका वस्तुहरूलाई हानिकारक मानेको छ ।

त्यस्तै, फोहोरमैला व्यवस्थापन ऐन, २०६८ ले फोहोरमैलाबाट निस्कने ठोस, तरल वा ग्यास वस्तुको संयोजनबाट वातावरणमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपले प्रभाव पारी वातावरणमा उल्लेखनीय ह्रास ल्याउने, क्षति पु¥याउने वा वातावरणको लाभदायी वा उपयोगी प्रयोजनमा हानिनोक्सानी पु¥याउने क्रियाकलापलाई प्रदूषण मानेको छ ।

फोहोर जलाउँदा निस्किने धुवाँ निमोनिया र क्यान्सरको कारक रहेकाबारे कपिलवस्तुवासी सचेत देखिदैनन् । यसैबीच विगत ५ वर्षमा कृषि क्षेत्रमा सबैभन्दा बढि प्रमुख विपदको घटना क्रमशः बाढी, आगलागी, खडेरी, रोगकिराको प्रकोप, हावाहुरी, असिना, तुसारो र शीतलहर, पहिरो रहेको तथ्याङ्कमा उल्लेख छ । कृषि कर्मका लागि कपिलवस्तुको महाराजगंजको मुख्य समस्या बाढी र खडेरीबाट बढि क्षति भएको तथ्याङ्क रहेको छ ।

प्रतिक्रिया दिनुहोस्