थाहापाई राखौंः स्थानीय तहको योजना निर्माणका चरणहरू


पालिका पत्र

७ जेष्ठ २०८१, सोमबार २१:५९ मा प्रकाशित


जेठ ०७ ।
चरण १ः पूर्व योजना र बजेटको तयारी
श्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिले आगामी आर्थिक वर्षको लागि व्ययको विस्तृत जानकारी तयार गर्ने ।
चरण २ः स्थानीय तहको श्रोत अनुमान र कुल बजेट सीमा निर्धारण
यो चरण बैशाख १५ गते भित्र गर्नुपर्नेछ । संघीय र प्रदेश सरकारहरू बाट प्राप्त बजेट सिलिङ्ग, आन्तरिक आम्दानी, राजस्व बाँडफाँडबाट प्राप्त हुने रकम र वित्तीय समानिकरणबाट हुने आय, आन्तरिक ऋण र अन्य आयको सन्तुलित रूपरेखा र बजेट सीमा निर्धारण गर्ने ।
चरण ३ः वस्ती / टोल स्तरबाट योजना छनोट
यो चरण बैशाख मसान्त भित्र पुरा गर्नु पर्दछ । स्थानीय सरकारहरूले वडा कमिटीहरू र विषयगत इकाइहरू मार्फत बस्ती स्तरसम्म बजेट सिलिङ्ग पठाई वस्ती र टोल स्तरबाट योजनाहरूको छनोट गर्नुपर्दछ ।
चरण ४ः वडा तहमा योजना छनोट तथा प्राथामिकताहरू
यो चरण ज्येष्ठ १५ भित्र गर्नुपर्दछ वार्ड स्तरियबाट आएका योजनाहरूलाई छनौट गरी पाँचवटा विषयगत क्षेत्रहरूमा प्राथमिकीकरण गर्नुपर्दछ ।
चरण ५ः विषयगत समितिमा छलफल र एकीकृत योजना तर्जुमा 
यो चरण असर ५ गते भित्र पुरा गर्नुपर्दछ । बजेट तथा कार्यक्रम तर्जुमा समितिले वडाबाट आएका योजनाहरूको विषयगत क्षेत्र अनुसार वर्गीकरण र प्राथमिकता निर्धारण गरी एकीकृत योजना तर्जुमा समितिमा पठाउने ।
चरण ६ः कार्यपालिकाको बैठकबाट बजेट तथा कार्यक्रम स्वीकृति गरी सभामा पेश गर्ने 
यो चरण असर १० भित्र सम्पन्न गर्नुपर्दछ । बजेट तर्जुमा समितिले पेश गरेको स्थानीय तहको आर्थिक विद्येयक, वार्षिक नीति, बजेट र कार्यक्रम माथि छलफल र सुझाव सहित मस्यौदा प्रतिवेदन तयार गरी कार्यपालिका बैठकबाट सभा पेश गर्ने ।
चरण ७ः सभाको बैठकमा बजेट तथा कार्यक्रम स्वीकृति
स्थानीय तहले असर १० भित्र आफ्नो नीति, बजेट र कार्यक्रम सभामा प्रस्तुत गर्नुपर्दछ । सभाले आवश्यक छलफल र सुझाव सहित असर मसान्त भित्र बजेट र कार्यक्रमको स्वीकृत गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्