नेपाल तृतीय भएका सयपत्री क्याम्पसका आशिष बेल्बासे सम्मानित 


पालिका पत्र

८ भाद्र २०८१, शनिबार ०७:३६ मा प्रकाशित

रुविना कडेल, ०८ भदौ ।
नेपालको शैक्षिक क्षेत्रमा एक महत्वपूर्ण उपलब्धि प्राप्त गर्दै कपिलवस्तु जिल्लाको सयपत्री क्याम्पसका छात्र आशिष बेल्बासे सम्मानित भएका छन् । २०८० सालको वि.वि.एस.दोस्रो वर्षको परीक्षामा नेपाल तृतीय भएका छात्र बेल्बासे सहित उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गरिएको हो । बेल्बासे सहित करिब १ दर्जन विद्यार्थीलाई क्याम्पसले एक समारोहका बिच सम्मान गरेको हो । बेल्बासेलाई क्याम्पसले नगद रु २० हजार सम्मानपत्रका साथ सम्मान गरेको थियो । बेल्बासेले मेहनत पछिको प्रतिफल निकै महत्वपूर्ण हुने बताए । उनले विद्यार्थी साथीहरूसंगसँगै मेहनत गरेर नेपाल चिनाउन तर्फ लाग्ने बताए ।


सम्मान कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले कपिलवस्तुको सयपत्री क्याम्पसको नतिजाले आफूलाई प्रफुल्ल मुद्रामा रहेको बताए । उनले खुशीले आशु थाम्न नसकेको बताए । उनले विद्यार्थीहरूले उत्कृष्ट नतिजा ल्याउन अझै मेहनत गर्नुपर्ने बताए । उनले पढाईको सर्टिफिकेट उत्कृष्ट भएर मात्र नहुने भन्दै समाजमा  गरिने काम कृयाकलापले कस्तो शिक्षा हासिल गरियो भनेर मल्याङ्कन हुने बताए । समाजलाई सही ढङ्गबाट डोर्‍याउने वातावरण बनाउन आवश्यक रहेको बताए । फरक प्रसङ्गमा कपिलवस्तु जिल्ला सामाजिक क्षेत्रमा पछाडि परेको बताए । उनले जिल्ला सुधार गर्न एउटा युवा जमात त्यसतर्फ लाग्नु पर्ने बताए । जिल्लालाई सामूहिक प्रयत्न गरेर पछाडि परेका क्षेत्रलाई सुधार गर्न तर्फ लाग्नु पर्ने बताए ।


कार्यक्रममा क्याम्पसका अध्यक्ष राजेन्द्र प्रसाद ध्वजू तथा प्रमुख बासुदेव घिमिरेले नेपाल प्रथम हुनेगरि विद्यार्थी र शिक्षक सबैले थप मेहनत गर्नुपर्ने बताए । उनीहरूले सयपत्री क्याम्पस तथा होराइजन आवशिय माविको इतिहासले जिल्ला चिनाउन सफल भएको बताए ।  कार्यक्रममा शिक्षक तथा अन्य विद्यार्थीहरूलाई सम्मान गरिएको थियो । मायादेवी रिर्सोट भएको कार्यक्रममा संस्थाका सेयर सदस्य, विद्यार्थी, शिक्षक तथा पत्रकारहरूको उपस्थिति रहेको थियो । 

भिडियो

प्रतिक्रिया दिनुहोस्