मायादेवीमा पोषण मार्फत जीवन रूपान्तरण परियोजनाः सरसफाइ र पोषणमा ध्यान केन्द्रित


पालिका पत्र

४ आश्विन २०८१, शुक्रबार २०:२१ मा प्रकाशित

कपिलवस्तु, असोज ०४ । कपिलवस्तुको मायादेवी गाउँपालिकामा हालै पालिका स्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समिति र सरोकारवालासँग बैठक सम्पन्न भएको छ। यस कार्यक्रम कालिका सामाजिक स्वावलम्बन केन्द्रको सहकार्यमा, आइडी नेपाल र हेलन किलरको प्राविधिक सहयोगमा तथा मायादेवी गाउँपालिकाको समन्वयमा आयोजित गरिएको थियो।

यो कार्यक्रम “पोषण मार्फत जीवन रूपान्तरण परियोजना” अन्तर्गत सञ्चालन भएको थियो, जसको उद्देश्य गाउँपालिकामा पोषण र सरसफाइका क्षेत्रमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्नु हो। परियोजना निर्देशक अमित मिश्राले यसबारे जानकारी दिएका थिए।

बैठकमा मायादेवी गाउँपालिकाका अध्यक्ष बलिउद्दिन खानले नसर्ने रोगहरूको वृद्धि भए पनि सर्ने रोगहरूमा कमी आएको जानकारी दिए। उनले पोषण अभावबाट उत्पन्न रोगहरूको समाधान गर्न सबै सरोकारवालाहरूले सक्रियता देखाउनुपर्नेमा जोड दिए। साथै, उनले पोषण र सरसफाइमा सञ्चालन गरिने कार्यक्रमहरूको सफलताको शुभकामना व्यक्त गरे।

अध्यक्ष खानले मध्यम शिघ्र कुपोषणलाई कडा शिघ्र कुपोषणमा परिणत हुन नदिन विशेष ध्यान दिनुपर्ने बताए। कार्यक्रमको प्रारम्भमा परियोजनाले पालिकामा के-कस्ता गतिविधि सञ्चालन गर्नेछ भन्ने जानकारी पनि दिइएको थियो। छलफल कार्यक्रममा पोषण प्रवर्द्धनका लागि आगामी दिनमा विशेष योजना प्रस्तुत गरियो ।

प्रतिक्रिया दिनुहोस्