बाणगंगा, ०५ मंसिर ।
चाडपर्वको अवसर पारेर हाइलाइट मोबाइलले ”हात खाली जान नपर्ने” विशेष योजना अन्तर्गत उपहार वितरण गरेको छ। योजना अनुसार भाग्यशाली ७ जनाले आकर्षक पुरस्कार जित्न सफल भएका छन्।
प्रथम पुरस्कार वडा सचिव अशोक कुमार चौधरीले रेडमी नोट १३को मोवाइल जितेका छन्। यस्तै दोस्रो पुरस्कार राजेश थारुले हात पारेका छन् । उनले रियलमी नोट ६१ को मोवाइल जितेका छन् । तेस्रो स्थान हासिल गर्ने ५ जनालाई एअरपोड्स प्रदान गरिएको छ।
हाइलाइट मोबाइलका सञ्चालक केशब खनालका अनुसार चाडपर्वमा ग्राहकहरूसँग खुसी साटासाट गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो।
पुरस्कार वितरण कार्यक्रम ठाकुरापुरमा सम्पन्न भएको हो। यस अवसरमा कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष गणेश बहादुर क्षेत्री, उद्योग व्यापार संघ कपिलवस्तुका अध्यक्ष खिमानन्द पौडेल, र मोबाइल व्यवसायी संघका अध्यक्ष माधव बञ्जाडे उपस्थित थिए। पत्रकारहरूको उल्लेखनीय सहभागिता रहेको कार्यक्रममा बिजेताहरूलाई पुरस्कार हस्तान्तरण गरियो।
प्रथम पुरस्कार विजेता अशोक कुमार चौधरीले हर्ष व्यक्त गर्दै योजना प्रति धन्यवाद व्यक्त गरे। यस्तै, दोस्रो पुरस्कार विजेता राजेश थारुले आफूले मोबाइल जितेकोमा खुशी व्यक्त गरे। अन्य विजेताहरूले पनि यस प्रकारको योजनाले ग्राहकहरूमा उत्साह थप्ने बताए।
सञ्चालक खनालले हाइलाइट मोबाइल ग्राहकहरूलाई गुणस्तरीय सेवा र ग्राहक सन्तुष्टिका लागि सदैव प्रतिबद्ध रहेको बताए। चाडपर्वको यस विशेष योजनाले स्थानीय ग्राहकहरूसँग भावनात्मक सम्बन्ध पनि मजबुत बनाएको उनले बताए।