कपिलवस्तुमा हिरोका दुई नयाँ मोटरसाइकल सार्वजनिकः लन्च दिनमै ९ मोटरसाइकल बिक्री


पालिका पत्र

३ पुष २०८१, बुधबार १९:०३ मा प्रकाशित

बाणगंगा, ०३ पौष । कपिलवस्तु, चारनम्बरस्थित श्री सिद्धार्थ ट्रेडर्सले बुधबार हिरो मोटोकर्पका दुई नयाँ मोटरसाइकल सार्वजनिक गरेको छ । युवा पुस्तालाई लक्षित गरेर लन्च गरिएका यी मोडेलहरू एक्स्ट्रिम १६० आर फोरभी (प्रो) र एक्स्ट्रिम १२५ आर अब कपिलवस्तुका ग्राहकहरूको रोजाइमा पर्ने अपेक्षा गरिएको छ ।

लन्च कार्यक्रमकै दिन कपिलवस्तुमा ९ वटा मोटरसाइकल विक्री भएको जानकारी शोरुमका सञ्चालक नारायण पौडेलले दिए। उनले एक्स्ट्रिम १६० आर फोरभी (प्रो) को मूल्य रु ३ लाख ८४ हजार ९००, एक्स्ट्रिम १२५ आरको सीबीएस भेरियन्टको मूल्य रु २ लाख ८९ हजार ९०० र एबीएस भेरियन्टको मूल्य रु ३ लाख ११ हजार ९०० रहेको जानकारी गराए ।

कार्यक्रममा कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष गणेश बहादुर क्षेत्रीले प्रमुख अतिथि रहनुभएको थियो । अध्यक्ष क्षेत्रीले यी मोटरसाइकलमा युवाले खोजेका विशेषताहरू भएको विश्वास व्यक्त गरे ।

कार्यक्रममा कपिलवस्तु उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष उमानाथ पौडेल, नागरिक समाज कपिलवस्तुका निवर्तमान अध्यक्ष दोलखबहादुर पछाई, उद्योग व्यापार संघका अध्यक्ष खिमानन्द पौडेललगायत विभिन्न वक्ताहरूले मन्तव्य राखेका थिए ।

उक्त कार्यक्रम शोरुमका सञ्चालक नारायण पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो । म्यानेजर बाबुराम पौडेलले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन सेल्स इन्चार्ज शिव पौडेलले गरेका थिए । कार्यक्रममा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हुमनाथ पौडेल, निवर्तमान अध्यक्ष डोलकराम घिमिरे, पूर्वअध्यक्ष देवी प्रसाद पाण्डे, सञ्चारकर्मी, विभिन्न शोरुमका पदाधिकारी, र ट्रेडर्सका कर्मचारीहरूको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्