कपिलवस्तुमा अन्तर्राष्ट्रिय संगोष्ठी तथा मुशायरा : ‘गालिबको स्मृतिमा गुञ्जिए उर्दू काव्यका स्वरहरू’


पालिका पत्र

१६ पुष २०८१, मंगलवार १३:०६ मा प्रकाशित

पुष १६ गते । कपिलवस्तु सदरमुकाम तौलिहवामा अन्तर्राष्ट्रिय कवि गोष्ठी तथा मुशायरा कार्यक्रम सम्पन्न भएको छ । उर्दू फाउन्डेशन नेपालको आयोजनामा उक्त मुशायरा कार्यक्रम सम्पन्न गरिएको जनाइएको छ ।

नेपाल र भारतका कविहरूको सहभागिता रहेको मुशायरामा उर्दू फाउन्डेशनका अध्यक्ष सहर महमूदले उर्दू साहित्य क्षेत्रमा ख्यातिप्राप्त कविहरूको उपस्थितिले सांस्कृतिक एवम् साहित्यिक रौनकता थपिएको बताए । यस मुशायराले नेपालको भाषिक पहिचानलाई चिनाउने अवसर सिर्जना गरेको समेत महमुदले बताए।   

“बैन-अल-अक्वामी मुजाकिरा-व-मुशायरा” नामक यो कार्यक्रम गालिब स्मृतिमा आयोजना गरिएको थियो । डा. जावेद कमालको अध्यक्षतामा र डा. उमैर मजहरको संचालनमा रहेको उक्त कार्यक्रममा विभिन्न साहित्यकारहरूको सहभागिता रहको थियो। कार्यक्रममा डा. साकिब हारूनी, रियाज कासिद, शादाब शाबरी, पंकज सिद्धार्थ, शिवसागर सहर, अंसार नेपाली, शम्सहद हस्मत र सिराज नूर जस्ता प्रतिष्ठित कवि तथा साहित्यकारहरूले आफ्ना रचनाहरू प्रस्तुत गरेका थिए ।

एन.ए.ई. नुर आलम इन्टरप्राइजेज, फातिमा ज्वेलर्स, नेओलियन इन्स्टिच्युट अफ ल्याङ्ग्वेजेज प्रा.लि., गाय छाप, सिटी इन्टरप्राइजेज, सरिम हस्पिटल प्रा.लि. र हुदा मोडल स्कूल कार्यक्रमका सह-प्रायोजकका रुपमा रहेका थिए ।

यो कार्यक्रमले नेपालमा उर्दू भाषा र साहित्यको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याएको अपेक्षा गरिएको छ। साथै यसले नेपाल र छिमेकी देशहरूबीचको सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास ब्यक्त गरिएको छ । कार्यक्रमको संयोजन सहर महमूदले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्