स्थानीय विकास र जनकल्याणमा केन्द्रित हुँदै मानव अधिकार निगरानी समूह


पालिका पत्र

२९ पुष २०८१, सोमबार १८:२७ मा प्रकाशित

पौष २९ गते । मानव अधिकार निगरानी समूह कपिलवस्तुको बैठक तौलिहवामा सम्पन्न गरिएको छ । समूहकी अध्यक्ष पुष्पा रेग्मीको अध्यक्षतामा बैठकले बिभिन्न निर्णय समेत गरेको बताइएको छ ।

बैठकले बजार क्षेत्रको ब्यवस्थापन, स्वास्थ्य, शिक्षा क्षेत्रको अनुगमन र ध्यानाकर्षण गर्ने गराउने लगायतका बिविध बिषयमा छलफल समेत गरेको छ ।

यसैबीच, मानव अधिकार पुस्तक समिक्षामा समूहको प्रतिनिधित्वमा कन्जुस्याई गरेको प्रति बैठकले ध्यानाकर्षण समेत गरेको छ । स्थानीय विकास र जनकल्याणका विभिन्न पक्षहरूलाई समेट्दै समूहले कार्य गरिरहेको अध्यक्ष रेग्मीले बताइन् ।

साथै यसको प्रभावकारी कार्यान्वयनले समुदायको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको इन्सेक सहजकर्ता जुनेद अहमदले जनाए ।

बैठकमा समूहका सदस्यहरु, आमन्त्रित सदस्यहरु लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्