कपिलवस्तु, माघ २१ गते । कपिलवस्तुको सदरमुकाम तौलिहवामा ९ दिवसीय श्रीराम कथा महायज्ञ आयोजना हुने भएको छ । जिल्लामा क्रियाशिल आधा दर्जन बढी हिन्दुवादी संघ संगठनको सामूहिक आयोजनामा कपिलवस्तु नगरपालिका वडा नम्बर २ स्थित श्री बुद्धपद्य मावि तौलिहवाको मैदानमा चैत १६ गतेदेखि २४ गते सम्म महायज्ञ आयोजना गरिने जनाइएको छ ।
महायज्ञमा नेपालकै चर्चित बाचकले राम कथा बाचन गर्ने गरी महायज्ञ आयोजना गर्ने आयोजक बताउँछन् । महायज्ञलाई सफल बनाउनका लागि विरेन्द्र प्रसाद चौधरीको अध्यक्षतामा ३१ सदस्यीय महायज्ञ आयोजक मूल समिति गठन गरिएको छ ।
जसको उपाध्यक्षमा माया ज्ञवाली, अशोक पाण्डेय र बृजेश भट्टराई, सचिवमा राजेश सोनी, कोषाध्यक्षमा सचिनम त्रिपाठी र सहसचिवमा हेमा थापा रहेका छन ।
सदस्यहरुमा काशिनाथ पाठक, राकेश यादव, गिरजेशरण चौधरी, सुचिता श्रीवास्तव, अनिल क्षेत्री, शारदा पराजुली लगायत छन् ।
आयोजक समितिको सल्लाहकारमा अनिल कुमार तिवारी, डाक्टर सतिश उपाध्याय, बिजयलक्ष्मी सिंह, मुकुन्दराज सिग्देल लगायत रहेका छन् ।
वैदिक हिन्दु सनातन धर्म प्रचारका लागि भव्यताका साथ महायज्ञ आयोजना गर्न थालिएकोले जनाउँदै महायज्ञ सफल बनाउन आयोजक समितिका अध्यक्ष चौधरीले सबै सँग आग्रह गरेका छन ।