आर्थिक विपन्न परिवारका ४७ बालबालिकालाई न्यानो कपडा वितरण


पालिका पत्र

२३ माघ २०८१, बुधबार १७:३९ मा प्रकाशित

माघ २३ गते । नेपाल अर्बुुद रोग निवारण संस्था कपिलवस्तु शाखाले विपन्न परिवारका बालबालिकाहरुका लागि न्यानो कपडा तथा स्वास्थ्य सामग्री वितरण गरेको छ । कपिलवस्तु नगरपालिका ३ जमोहरा स्थित श्री राधाचन्द्र आधारभूत बिद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई जाडोयाममा बिद्यालयमा पठनपाठनमा सहजता होस् भन्ने हेतुले उक्त सामग्री बितरण गरिएको हो ।

बिद्यालयमा अध्ययनरत ४७ बालबालिकालाई ज्याकेट तथा बिद्यालयलाई स्वास्थ्य सामग्री वितरण गरिएको आयोजक नेपाल अर्वुद रोग निवारण संस्था कपिलवस्तु शाखाका अध्यक्ष राजेश ज्ञवालीले बताए ।

चिसोको समयमा समेत पातलो कपडा लगाएर विद्यालय जान बाध्य बालबालिकाहरू न्यानो कपडा पाउदा खुसी भएका छन् । न्यानो कपडा अन्तर्गत बालबालिकालाई उपलब्ध गराइएको ज्याकेटले चिसो मौसममा राहत पुगेको बिद्यालयका प्रधानाध्यापक गीता खनालले बताइन् ।

कार्यक्रमका प्रमुख अतिथी रोयल थाई मोनाष्ट्री लुम्बिनीका भिक्षु सुपोत भन्तेले न्यायो कपडा तथा स्वास्थ्य सामग्री वितरण गर्दै आयोजक संस्थाप्रति आभार प्रकट गरे ।

विपन्न बालबालिकालाई न्यानो कपडा उपलब्ध गराएकोमा कपिलवस्तु नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष प्रकाश गैरेले आयोजक संस्थालाई धन्यवाद दिँदै यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे ।

कार्यक्रममा समाजसेवी श्रीराजन खड्का, बलराम घिमिरे, गंगाधर आचार्य, शिवशंकर कान्दु, लगायतको आतिथ्यता रहेको थियो । बिद्यालयका प्रधानाध्यापक गीता खनालको स्वागत मन्तब्य रहेको कार्यक्रमको संचालन इन्दिरा देवकोटाले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्