![](https://i0.wp.com/palikapatra.com/wp-content/uploads/2025/02/475993743_2057309511374551_9198412157897695016_n.jpg?fit=1200%2C691&ssl=1)
माघ २५ गते । कपिलवस्तुमा प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ । कपिलवस्तु क्रिकेट संघको आयोजनामा तौलिहवा स्थित बुद्धपदम माविको खेल मैदानमा प्रतियोगिता सुरु भएको हो ।
कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेलले ब्याटिङ गरी प्रतियोगिताको शुभाम्भ गरे । सो अवसरमा उनले क्रिकेट खेलाडिका लागि यो प्रतियोगिता पहिलो चरणको भएकाले उत्कृष्ठ प्रर्दशन गर्न आग्रह गरे । उनले अहिले नेपालमा क्रिकेटको क्रेज बढेकोले युवाहरु समेत यसमा आफनो भविष्य देख्ने गरेको बताए । उनले राम्रो प्रर्दशन गरेर देश बिदेशमा आफ्नो नाम कमाउने अवसर रहेको उनले बताए ।
आफनो पालिकाले समेत केही दिनमा पालिकास्तरीय मेयर कप क्रिकेट आयोजना गर्ने तयारी रहेको प्रमुख पौडेलले बताए । छनौटका लागि ६५ जना खेलाडीले आफ्नो नाम दर्ता गराएका छन् । त्यसै आधारमा ४ टिम निर्माण गरी लिड प्रतियोगिता सुरु गराइएको छनौट समतिका संयोजक विश्वेन्द्र सिंह रावलले बताए ।
२५/२५ ओभरको खेलमा ४ टिमले ४ दिन सम्म ६ वटा लिग खेल खेलाईनेछ । फाईनलमा पुगेका २ टिमबीच सातौ खेल खेलाईने छ । यही टिमबाट १४ खेलाडी छनौट गरी नाम सार्वजनिक गरिने जिल्ला अध्यक्ष प्रकाश गैरले बताए ।
छनौट भएका खेलाडीहरुको कपिलवस्तु टिमले फागुन ३ गतेदेखि १७ गतेको बिचमा भैरहवा र लमहीमा हुने प्रदेशस्तरीय छनौटमा सहभागी हुनेछन् । प्रदेशका ७ जिल्लाका खेलाडीबीच खेल सम्पन्न गरी प्रर्दशनकै आधारमा लुम्बिनी प्रदेशस्तरीय खेल टिम निर्माण हुने बताइएको छ ।
अध्यक्ष गैरेले नेपाल राष्ट्रिय क्रिकेट टोलीको भविष्य निर्माणका लागि यस्तो प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
राष्ट्रिय खेलकुद परिषद राखेपको कार्यक्रम अनुसार नेपाल क्रिकेट संघ ९क्यान०ले आयोजना गर्दै आएको प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको सातौं संस्करण लुम्बिनी प्रदेशमा हुने भएको छ ।
क्यानले प्रादेशिक क्रिकेट संघलाई पठाएको पत्रमा प्रधानमन्त्री कप लुम्बिनी प्रदेशमा फागुन २५ गतेदेखि हुने जानकारी दिएको छ ।