दोस्रो मुख्यमन्त्री कपिलवस्तु तिलौराकोट गोल्डकप तयारी तिब्र, फागुन १४ गतेदेखि सुरु हुँदै


३० माघ २०८१, बुधबार १०:४९ मा प्रकाशित

माघ ३० गते । कपिलवस्तु जिल्ला फुटबल संघले आयोजना गर्ने दोस्रो मुख्यमन्त्री कपिलवस्तु तिलौराकोट गोल्डकप नकआउट फुटबल प्रतियोगिता आउँदो फागुन १४ गतेदेखि शुरु हुने भएको छ । कपिलवस्तुको बाणगंगा नगरपालिका, ४ स्थित बुद्ध रंगशालामा हुने प्रतियोगिताको तयारीलाई तिब्रता दिइएको आयोजक कपिलवस्तु जिल्ला फुटबल संघका अध्यक्ष तिलक थापाले जानकारी दिए ।

प्रतियोगितामा ६ वटा ए डिभिजनका क्लब, १ मोफसल र १ वटा बिदेशी टिम गरी कुल ८ टोलीले सहभागिता जनाउने पनि अध्यक्ष थापाले बताए ।

प्रतियोगितामा कपिलवस्तु ११ (कपिलवस्तु), मछिन्द्र फुटबल क्लब (काठमाडौं), हिमालय शेर्पा क्लब (काठमाडौं), संकटा क्लब (एस.बी.एस.सी काठमाडौं), थ्रि स्टार क्लब (ललितपुर), हनामी बीएफसी (भरतपुर), झापा ११ फुटलब क्लब (बिर्तामोड झापा) र बिदेशी क्लब डोजेन्ग्री फुटबल क्बल (सिक्कीम) सहभागी रहनेछन् ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ११ लाख ११ हजार १११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५ लाख ५५ हजार ५५५ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । अन्य विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगिताबारे थप विवरण र जानकारी आयोजकले आधिकारिक रुपमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराइने पनि आयोजक कपिलवस्तु जिल्ला फुटबल संघका अध्यक्ष थापाले बताए । प्रतियोगिताको प्रवद्र्धकका रुपमा एन्फा, प्रदेश खेलकुद परिषद् लुम्बिनी, राष्ट्रिय खेदकुद परिषद् रहेका छन् ।

प्रतियोगिताको संरक्षकका रुपमा बाणगंगा नगरपालिका, शिवराज नगरपालिका, कपिलवस्तु नगरपालिका, कृष्णनगर नगरपालिका, बुद्धभूमि नगरपालिका र विजयनगर गाउँपालिका रहेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्