
बाणगंगा, ०६ जेठ ।
कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरी विद्युतीय अपराध (साइबर क्राइम) मुद्दामा पक्राउ परेका छन् ।
जिल्ला अदालत रूपन्देहीले बलात्कार पीडित युवती र उनको परिवारको गोपनीयता उल्लंघन गरेको अभियोगमा चौधरीलाई पक्राउ गर्न आदेश दिएको थियो ।
आदेशपछि केही दिनसम्म सम्पर्कविहीन रहेका चौधरीलाई मंगलबार बुटवलमा भेटिएपछि इलाका प्रहरी कार्यालय बुटवलले पक्राउ गरेको हो ।
उनलाई अनुसन्धान र म्याद थपका लागि सरकारी वकिल कार्यालयमा पेश गरिएको छ। चौधरी लोसपाबाट निर्वाचित पालिका अध्यक्ष हुन्।