मायादेवी गाउँपालिकामा धम्कीपूर्ण पर्चासहितको शङ्कास्पद बम फेला


पालिका पत्र

१८ जेष्ठ २०८२, शनिबार १०:५६ मा प्रकाशित

कपिलवस्तु, जेठ १७ – कपिलवस्तुको मायादेवी गाउँपालिका–१ पकडीस्थित कृषि विकास बैंकअगाडि सडक छेउमा शङ्कास्पद प्रेसर कुकर बम फेला परेको छ। तारले बेरिएको अवस्थामा फेला परेको उक्त बस्तु शंकास्पद देखिएपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक (एसपी) निरञ्जन दत्त भट्टले बमजस्तो देखिने उक्त वस्तु डिस्पोज गर्न आवश्यक तयारी भइरहेको जानकारी दिनुभयो। नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा परिचालित गरिएको प्रहरीले जनाएको छ ।

शङ्कास्पद कुकरमा ‘दलालहरू, जग्गा लुटपाट गर्ने तिमीहरू सुध्रिएनौ भने यो घरमा पनि लाग्न सक्छ’ भन्ने चेतावनीसहितको पर्चा टाँसिएको छ, जसले घटनाको गम्भीरता झनै बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्